जावेद अन्सारी
बाँके पुस १८ गते ।
संघीय सरकारका निवर्तमान सांसद महेश्वर गहतराजले मुलुकको परिवर्तनमा पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । नेपाल पत्रकार महासंघ बाँकेको १२ औं जिल्ला अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै निवर्तमान सांसद गहतराजले लामो सशस्त्र द्धन्द्धलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारहरुले अतुलनिय भूमिका निभाएको बताउनुभयो ।
उहाँले गणतन्त्र स्थापनाका नेपाली नागरिकहरुले ठूलो त्याग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा आपत्ती जनाउनुभयो । उहाँले ७० वर्षको लामो संघर्षपछि प्राप्त गणतन्त्रलाई ओली सरकारले संसद भंग गरेर अनैतिक काम गरेको आरोप लगाउनुभयो । उहाँले केपी ओली र राष्टपति विद्यादेवी भण्डारीले संबिधानमाथि बलात्कार गरेको आरोप पनि लगाउनुभयो ।
अलोकतान्त्रिक र असबैधानिक यो दकमविरुद्ध आफुहरु चुप लागेर नबस्ने बताउनुभयो । प्रचण्ड नेपाल समूहका नेकपा नेता गहतराजले पार्टीभित्रका समस्या पार्टीभित्रै हल गरिनु पर्ने बताउनुभयो । पार्टी भित्रको समस्या समाधान गर्न नसक्ने अनि संसद भंग गर्ने यो के तमासा हो उहाँले प्रश्न गर्नुभएको छ । उहाँले केपी ओलीले संबिधानलाई बलात्कार गरेको आरोप लगाउनुभयो ।
केहीले संघीयता खारेज गर्नुपर्ने बताएकोप्रति उहाँको गम्भीर आपत्ती थियो । उहाँले संसद ज्यूँदै रहेको पनि बताउनुभयो । उहाँले लोकतन्त्र र गणतन्त्रलाई धरापमा पार्न खोजिएको भन्दै पत्रकारहश्र सजग हुन उहाँले आव्हान पनि गर्नुभएको छ । उहाँले संबिधानलाई बलात्कार गर्ने विरुद्ध फेरि एक ढिक्का भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका सचिव उदय जिएमले मुलुकका हरेक परिवर्तनमा पत्रकारहरुले उल्लेखनिय भूमिका रहेको बताउनुभयो । उहाँले लामो समयदेखि पत्रकार महासंघले लोकतन्त्रका लागि सडकमा आन्दोलन गरेको स्मरण गराउनुभयो । उहाँले केपी ओली सरकारले संसद भंगको निर्णयलाई महासंघले अलोकतान्त्रिक भनेको पनि जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाईलगायतले बोल्नुभएको थियो ।
तीन बरिष्ठ पत्रकार सम्मानित
यसैबीच नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका तीन जना बरिष्ठ पत्रकारलाई सम्मानित गरेको छ । १२ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना बरिस्ठ पत्रकारलाई सम्मानित गरेको हो ।साधारण सदस्यका रूपमा रहेर निरन्तर पत्रकारितामा योगदान पुर्याउनु भएको भन्दै महासंघ बाँके शाखाले बाँके शाखा संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी लियाकल अलि, बरिस्ठ पत्रकार पुर्णलाल चुके र गणेश जि सीलाई दोसल्ला, प्रमाण पत्र र नगद तीन हजारले सम्मान प्रदान गरेको छ ।
Discussion about this post