ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा डिएपी मलको माग उच्च

News Desk by News Desk
१०:४० मध्यान्ह, कार्तिक ३०, २०८१
बाँकेमा डिएपी मलको माग उच्च
406
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १ गते ।
गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै बाँकेमा डिएपी (रासायनिक मल)को माग उच्च भएको छ । माग अनुसार डिएपी मल वितरण हुन नसक्दा किसानले आवश्यक डिएपी मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जमा अन्य रासायनिक मलको मौज्दात भए पनि डिएपी मलको भने अत्यन्तै न्यून मात्रामा मौज्दात रहेकाले किसानले आवश्यकता अनुसार डिएपी मल पाउन नसकेका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले गहुँको सिजन सुरु हुन लागेका कारण डिएपी मलको माग उच्च भए पनि मौज्दात अत्यन्तै न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको बताए । “बाँकेमा करिब पाँच हजार मेट्रिक टनभन्दा बढी डिएपी मल आवश्यक हुन्छ, यस आर्थिक वर्षमा हाम्रो लक्ष्य र माग २५ सय मेट्रिक टनको थियो, जम्मा ६८५ मेट्रिक टन प्राप्त भयो ।” शाखा प्रबन्धक श्रेष्ठले भने, “यति कम मात्रामा रहेको मलले कसरी माग अनुसार पु¥याउन सकिन्छ ? त्यही पनि सबै सहकारी संस्थालाई बराबर गरेर वितरण गरिरहेका छौँ ।” “गहुँ छर्ने सिजन सुरु हुन लागेको छ, माग ह्वात्तै बढ्दो छ, हाम्रोमा मात्र हैन देशैभरी डिएपीको माग बढी नै छ, तर मौज्दात न्यून हुँदा माग अनुसार परिपूर्ति गर्न सकिएको छैन ।” श्रेष्ठले भन्नुभयो, “हाम्रोमा त अलिअलि भएका कारण त्यसैलाई वितरण गरिरहेका छौँ, अन्य जिल्लामा त त्यो पनि छैन, यस वर्ष बाँकेमा सिक्टा सिँचाइका कारण सिँचित क्षेत्र बढेका कारण पनि अन्य वर्षमा भन्दा यस वर्ष बढी नै माग देखिन्छ ।”

नेपालमा मल ल्याउने जिम्मा पाएको आइपीएलले समय मै डिएपी नल्याउँदा देशैभर डिएपी मलको अभाव जस्तो देखिएको उनले बताए । “नेपालमा मल ल्याउने जिम्मा पाएको आइपीएलले डिएपी नल्याउँदा जताततै समस्या देखिएको छ, कुनै प्राविधिक कारणले डिएपी नेपालमा आउन नसकेको हुन सक्छ, हामीले ल्याउने ठाउँ मै डिएपी छैन, मङ्सिरको अन्तिमसम्म आइपुग्छ कि भन्ने अपेक्षा गरेका छौँ,” उनले भने । कम्पनीको नेपालगन्ज कार्यालयमा डिएपी मलको मौज्दात अत्यन्तै न्यून रहे पनि युरिया र पोटासको भने मौज्दात रहेका कारण माग अनुसार परिपूर्ति गर्न सकिने कार्यालयले जनाएको छ ।

शाखा प्रबन्धक श्रेष्ठका अनुसार यस वर्ष ६ हजार मेट्रिक टन युरिया, २५ सय मेट्रिक टन डिएपी र तीन सय मेट्रिक टन पोटासको लक्ष्य र माग गरिए पनि युरिया ४०२०.५०० मेट्रिक टन, डिएपी ६८५ मेट्रिक टन र पोटास ७५ मेट्रिक टन प्राप्त भएको जानकारी दिए । हालसम्म युरीया २९४९.९०० मेट्रिक टन, डिएपी ९८५.८५० मेट्रिक टन र पोटास ६६.२०० मेट्रिक टन बिक्री वितरण भइसकेको छ । गत वर्षबाट अल्या गरी युरिया ३५७.९०० मेट्रिक टन, डिएपी ४२४.४५० मेट्रिक टन र पोटास ३.२०० मेट्रिक टन यस वर्षका लागि ल्याइएको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

उनका अनुसार कात्तिक २८ गतेसम्म कम्पनीको गोदाममा युरिया १४२८.५०० मेट्रिक टन, डिएपी १२३.६०० मेट्रिक टन र पोटास १२ मेट्रिक टन छ । गत आर्थिक वर्षमा २८२०.७५० मेट्रिक टन युरिया, २१०५ मेट्रिक टन डिएपी र १२३ मेट्रिक टन पोटास प्राप्त भएको कार्यालयले जनाएको छ । जसमध्ये, युरीया २७५६.१०० मेट्रिक टन, डिएपी १८०१.७०० मेट्रिक टन र पोटास ११९.८०० मेट्रिक टन बिक्री वितरण भएको थियो । बाँकेमा रहेका आठ स्थानीय तहमा सूचीकृत सहकारी संस्थाहरुले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजाने र किसानहरुलाई बिक्री वितरण गर्दै आएका छन् । जिल्लाको नेपालगन्जमा २६ वटा, कोहलपुरमा चार वटा, नरैनापुरमा तीन वटा, राप्तीसोनारीमा १५ वटा, डुडुवामा २५ वटा, बैजनाथमा १२ वटा, खजुरामा २३ वटा र जानकीमा १७ वटा गरी कुल १२५ वटा सहकारीले मल बिक्री वितरण गर्ने गरेका छन् ।

ADVERTISEMENT
Share165Tweet101SendShare
Previous Post

देशका केही भू–भागमा वर्षाको सम्भावना

Next Post

६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
Next Post
६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

यी दुई प्रदेशमा वर्षाको सम्भावना

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?