ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेका बाढीपीडित किसानले पाएनन् सरकारी क्षतीपूर्ति

News Desk by News Desk
२:१३ मध्यान्ह, असार १४, २०७९
बाँकेका बाढीपीडित किसानले पाएनन् सरकारी क्षतीपूर्ति
467
सेयर
451
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
बाँकेका बाढीपीडित किसानको खातामा पैसा पुग्न सकेको छैन् । किसानले पेन्सन, सामाजिक सुरक्षा भत्ताको खाता नम्बर दिएका छन् । तर यसमा बैंकले पैसा जम्मा गर्न मानेको छैन ।

गत कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति पुर्यायो । जिल्ला विपद व्यवस्थापन समितिले यहाँका पालिकाबाट लिएको तथ्यांक अनुसार बेमौसमी वर्षाले ३८ करोड ४१ लाख ८६ हजार १६५ रुपैयाँ बराबरको धानबालीमा क्षति पुर्याएको थियो ।

केही पाकेर काटिसकेको र काट्ने तयारी गरेको धानलाई लगातार वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका बाढीपीडित किसानलाई खुसी बनाउन सरकारले राहत दिने घोषणा गर्यो ।

३८ करोड नै माग गरेर राहत मागिए पनि जिल्लामा १० करोड रुपैयाँ आइपुग्यो ।त्यो १० करोडमध्ये एक जना किसानलाई क्षतिको ३६ प्रतिशत पहिलो किस्ता दिने निर्णय गरेर बैंक खाता मागियो ।

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

निर्देशिकाले पनि सोझै बाढीपीडित किसानको खातामा पैसा पठाउन भनेको छ । आठ वटै पालिकाबाट किसानको बैंक खाता मागियो ।सुरुमा डुडुवा गाउँपालिकाका किसानको खातामा पैसा पठाइयो । विभिन्न कारणले बाढीपीडित किसानले पैसा पाइसकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत किसानको खातामा पैसा जम्मा गर्न दौडिरहेका छन् ।किसानको खातामा पैसा पुर्याउन सकस भएको छ । किसानले पेन्सन, सामाजिक सुरक्षा भत्ताको खाता नम्बर दिएका छन् ।

यसमा बैंकले पैसा जम्मा गर्न मानेको छैन । कतिपय बाढीपीडित किसानले खाता नम्बर त दिएका छन्, केवाइसी भरेका छैनन् ।कतिपय बैंक मर्ज भएका छन् । बाढीपीडित किसानले मर्ज भइसकेपछि बनेको नयाँ बैंकमा गएर खाता भेरिफाइ गरेका छैनन् । केहीले पीडित किसानमा आफ्नो नाम भरेका छन्, बैंक खाता नम्बर श्रीमतीको दिएका छन् ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालयले धेरै जनाको नाममा एउटै चेक काटेको छ । तीमध्यमा एक जनाको मात्रै खाता नम्बर नमिल्दा कसैको पनि पैसा जम्मा हुन सकेको छैन । बैंकले चेक फिर्ता गर्ने गरेको छ । यी कारणहरूले गर्दा किसानको खातामा पैसा जम्मा हुन सकेको छैन ।डुडुवामै यस्तो समस्या देखिएपछि अरू सातवटा पालिकालाई किसानको खाता भेरिफाइ गरेर पठाउन निर्देशन दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले प्राविधिक कारणले गर्दा किसानको खातामा पैसा पुर्याउन गाह्रो भइरहेको बताए ।विपक्षी ठूला पार्टीले बाढीपीडितको राहत रकमलाई इस्यू बनाएर आन्दोलन गरिरहँदा जिल्ला विपद व्यवस्थापन समितिले स्वयं किसान र बैंकको कारणले गर्दा किसानको खातामा पैसा पुर्याउन सकेको छैन ।बाँकेमा ३९ हजार ४८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो ।

खजुरा गाउँपालिकामा ५ हजार ३१० किसानको ९७ हजार ४३४ कठ्ठामा धानबाली क्षति भएको थियो । खजुराले ५ करोड ६७ लाख ६४ हजार ४४८ रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो ।

नेपालगन्ज उपमहानगरमा ५ हजार ९२२ किसानले ८९ हजार ५४१ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख १ हजार २५७ रुपैयाँ माग गरेको थियो भने बैजनाथ गाउँपालिकाले ४ हजार १५ किसानले लगाएको १३ हजार ४६७ कठ्ठामा लगाएको धानबालीमा नोक्सानी भएको भन्दै १ करोड ६९ लाख ५० हजार ९४९ रुपैयाँ माग गरेको थियो ।

यसैगरी, जानकी गाउँपालिकाले ४ हजार ३८६ किसानको ५९ हजार ८११ कठ्ठाको धान नोक्सान भएको भन्दै ४ करोड ३४ लाख ११ हजार ९२७ रुपैयाँ माग गरेको थियो ।

कोहलपुर नगरपालिकाले २ हजार १९४ किसानको १४ हजार ४५२ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १ करोड १५ लाख १८० रुपैयाँ माग गरेको थियो ।

यस्तै, राप्तीसोनारी गाउँपालिकामा ४ हजार ६८३ किसानको ६९ हजार ३२७ कठ्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३४३ रुपैयाँ माग गरिएको थियो ।

नरैनापुर गाउँपालिकामा ७ हजार ५६८ किसानको १ लाख ९ हजार १३० कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २७५ रुपैयाँ माग गरिएको थियो ।

डुडुवा गाउँपालिकाले ५ हजार ४०४ किसानको ६४ हजार ४४९ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ३ करोड ४१ लाख ५३ हजार २१६ रुपैयाँ माग गरिएको थियो ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके जिल्ला आत्मनिर्भर रहेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

Share196Tweet113SendShare
Previous Post

अमेरिकाको टेक्सासमा एक लरीमा कम्तीमा ४६ आप्रवासीको शव फेला

Next Post

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
Next Post
नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

किसानलाई समयमा मल उपलब्ध गराउन माग

किसानलाई समयमा मल उपलब्ध गराउन माग

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?