ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै

News Desk by News Desk
११:४३ बिहान, साउन २६, २०८०
पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै
417
सेयर
373
VIEWS
ShareTweetSendShare

गलकोट साउन २६ गते ।
रु ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ ।

पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए । तर भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न छ स्थानमा पाइप फुस्किएको छ । परीक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ ।

पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ । खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको स्थानीय रुद्र महतले बताए ।

आयोजनामा अहिले डिआइ पाइप प्रयोग गरिएको छ जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट कङ्क्रिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट दुई सय ५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डिआइ पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताए । हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत उक्त पाइप पटक–पटक फुस्केर दुःख दिइराखेको अनुभव रहेको र लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मतसम्भार गर्नसमेत पछि समस्या पर्ने उनी बताउँछन् ।

“लिफ्ट आयोजना सम्पन्नताको चरणमा पुगिसकेको थियो, परीक्षणका लागि पानी सञ्चालनसमेत गर्यो, लिफ्ट चलाएको पाँच–दश मिनेटमै पाइप लाइन जोडेको स्थानबाट वासरसहित फुस्किएर क्रङ्क्रिटको पोल नै भत्काउँछ”, शर्माले भने, “छ पटकसम्म पाइप फुस्केपछि हामीले पूर्वानुमान गरेजस्तै भयो, हाम्रो माग स्टिल पाइप थियो तर डिजाइनमा भएको पाइप निर्माण व्यवसायीले हाल्नुभयो, अहिले उक्त पाइप लाइनबाट पानी चल्न छोड्यो ।”

उपभोक्ता संस्थाको तदर्थ समितिका अध्यक्ष जयराम भारीले डिआइ पाइप पटक–पटक फुस्केका कारण वैकल्पिकरूपमा सानो जिआइ पाइप जोडेर खानेपानी रातमाटा पुर्याइएको जानकारी दिए । बागलुङकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइप लाइनमा त्रुटि देखिँदा आम उपभोक्तामा पुनः निराशा छाएकाले वैकल्पिकरूपमा सानो पाइपबाट भए पनि पानी वितरण गर्न थालेको भारीले जानकारी दिए ।

ADVERTISEMENT

विसं २०७५ असार ३१ गते कन्काइ जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले चारपटक म्याद थप्दासमेत आयोजनास्थलको भौगोलिक कठिनाइ र कोरोना त्रासका कारण निर्माणमा ढिलाइ भएकोे दाबी गर्दै आएको छ ।

लिफ्ट आयोजनाको लागत अहिले बढेर रु ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताए । अधिकारीले विभागले दिएको डिजाइनअनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दासमेत पाइप लाइन पटक–पटक फुस्किँदा पानी माथि पुर्याउन नसकिएको बताए ।

“निर्माण व्यवसायीले विभागले दिएको डिजाइनअनुसार खानेपानी आयोजना निर्माण गर्ने हो, हामीले खानेपानीको प्रशोधन कक्ष, विद्युतीय जडान र खानेपानी ट्याङ्कीसहित पाइप लाइनसमेत विस्तार गरिसकेका थियौँ” उनले भने, “परीक्षणका क्रममा पटक–पटक खानेपानीको फाइप लाइन फुस्किएर पानी तान्न सकेन, विभागले समस्याको विषयमा अध्ययन गर्न पठाएको थियो, आयोजना निर्माण भइसकेको छैन, निर्माण व्यवसायीले डिजाइनमा दिइएको पाइप जडान गरेका थियौँ तर पाइप लाइनमा समस्या देखियो, अध्ययन प्रतिवेदन र विभागको सुझाव आएपछि काम अगाडि बढ्छ ।”

सङ्घीय खानेपानी तथा ढल व्यवस्था आयोजना कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले लिफ्ट खानेपानी आयोजनाको पाइप लाइनमा देखिएको समस्याका विषयमा अध्ययन भइरहेको बताए ।

उनले विभागले विज्ञ समूहलाई खानेपानीको पाइप लाइन र भौगोलिक अवस्थाको अध्ययन गर्न दुई हप्ताअघि पठाएको बताए । विभागले खटाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदनअनुसार मुख्य समस्या थाहा हुने उनले बताए । तत्कालै आयोजनाको काम अगाडि नबढ्दा उपभोक्तालाई पानी पुर्याउन वैकल्पिक व्यवस्था खानेपानी तथा सरसफाइ उपभोक्ताले गरेको छ । उक्त आयोजनाको ८८ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति रहेको छ । रासस

Share193Tweet93SendShare
Previous Post

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Next Post

अछाममा अरिङ्गालले चिलेर एक पुरुषको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
अछाममा अरिङ्गालले चिलेर एक पुरुषको मृत्यु

अछाममा अरिङ्गालले चिलेर एक पुरुषको मृत्यु

१५ लाख नक्कली नोटसहित भक्तपुरबाट ९ जना पक्राउ

१५ लाख नक्कली नोटसहित भक्तपुरबाट ९ जना पक्राउ

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?