ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नाका अस्तव्यस्त, नागरिकलाई सास्ती, सशस्त्र र तस्कर मालामाल

स्थानीय प्रशासन मुकदर्शक

News Desk by News Desk
१२:२२ मध्यान्ह, भदौ २३, २०८०
807
सेयर
762
VIEWS
ShareTweetSendShare

बाँके भदौ २३ गते ।
नेपालगन्जको जमुनाह नाका अस्तव्यस्त बनेको छ । भन्सार कार्यालयले भारतबाट सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याउने सामानमा कडाइ गरेपछि नाका अस्तव्यस्त बनेको हो । यसको फाइदा नाकामा खटिने सशस्त्र प्रहरीलाई र तस्करलाई भएको छ भने नागरिकहरुले सास्ती पाएका छन् ।

भन्सारले एक सय रुपैयाँ भन्दा बढीको भारतबाट सामान आयात गर्नेलाई कर लगाउने गरेको छ । तर नाकामा चेकजाँचमा खटिने सशस्त्र प्रहरीले भने तस्करसँगको सेटिङमा भारी परिमाणका सामाग्रीहरु भित्र्याउन सहयोगी भूमिका खेल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । सशस्त्र प्रहरीसँग सेटिङमा सामान भित्र्याउनेहरुले नाकामा रहेका पसलमा रकम बुझाउने गरेको खुलेको छ । त्यहीबाट सशस्त्र प्रहरीले रकम भागबन्डा गर्ने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रहरी र भन्सारले नाकामा हुने अस्तव्यस्तलाई समेत व्यवस्थित गर्न सकेका छैनन् ।

संघीय सांसद धवलशमशेर राणाले पनि नाकामा गरिएको कडाइले जनताले दुख पाएको बताए । ‘पुरानो ऐन कानुनलाई टेकेर भन्सार कार्यालयले नाकामा गरेको कडाई स्वभाविक छैन उनले भने, ‘यसलाई परिमार्जन गरेर नाकामा नागरिकले पाइरहेको सास्ती हटाउनु पर्छ ।’
उनले भारतबाट दैनिक उपभोग्य बस्तुको किनमेल गर्ने नागरिकहरु निम्न र मध्यम वर्गका भएकोले दुख नदिन पनि आग्रह गरे । ‘यहाँ एउटा गन्जी र अन्डरवेयर एक सय रुपैयाँमा आउँदैन । अव सय रुपैयाँको सामानको कर लगाउनु स्वभनिय भएन,’ उनले भने, ‘भन्सार नाकामा नागरिकलाई दुख दिने काम गर्नु हुदैन । अर्थमन्त्रालय, बाणिज्य मन्त्रालय र सरकारको ध्यान जानु पर्छ ।’

सम्बन्धित समाचार

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

भन्सार नाकामा गरिएको कडाइले ठूला तस्करीलाई भने मालामाल नै भएको छ ।

ठूला तसकरहरुले विहान पहिलो लटमै भन्सार गरेको प्रमाण देखाएर दिनभरी अवैधरुपमा सामान भित्र्याउने गरेका छन् । सामान्य नागरिकले साँझ विहान खाने एक बोरा चामल ल्याउन खोज्दा पनि रोक्ने सशस्त्र प्रहरीले ठूला तस्करीलाई भने खुलेयाम छाड्ने गरेको गुनासो आम स्थानीयको छ ।

गएको भदौ १४ गते राती भएको घटनामा पनि सशस्त्र प्रहरीले स्थानीयबासीलाई धरपकड गर्दा झडपको अवस्था सिर्जना भएको थियो । सशस्त्र प्रहरीको बन्दुकको नालले लागेर १४ वर्षीय बालकले आँखा गुमाएका छन् । नाकामा अस्तव्यस्त हुँदा पनि जिल्ला प्रशासन कार्यालयले भने कुनै एक्सन लिन सकेको छैन ।

ADVERTISEMENT

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया, भज्जुपुरुवा, नयाँ वस्ती, जयसपुर, पचपोखरा, साइगाउँ, बढैया, सैनिकलगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् । नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरीलाई दिएको छ । राज्यले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अवैध ओसारपसार गर्ने सशस्त्र प्रहरी नै असुली धन्दामा लागेपछि नाकाबाट अवैध ओसारपसार मौलाउँदै गएको छ ।

नाकामा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटिने गरेको छ । तर यि दुवै प्रहरी निकाय बीचमा समन्वय र सहकार्यको समेत अभाव देखिएको छ । यसको असर भन्सार राजश्व असुलीमा परेको छ । अधिकांश सामानहरु अवैध रुपमा भित्रिने गरेका कारण भन्सार कार्यालयको राजश्व घटेको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको साउन पहिलो महिनामै लक्ष्य भन्दा निकै कम राजश्व संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ ।

Share350Tweet191SendShare
Previous Post

प्रहरीमाथि आक्रमण गरेर लुटियो हतियार र गोली

Next Post

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
कारले ठक्कर दिँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

भारतको दिल्लीमा जि-२० सम्मेलन सुरु

भारतको दिल्लीमा जि-२० सम्मेलन सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?