ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा, चार विधेयक पारित

News Desk by News Desk
१:१४ मध्यान्ह, पुस १९, २०८०
लुम्बिनी प्रदेश सभा बैठक स्थगित
373
सेयर
372
VIEWS
ShareTweetSendShare

घोराही पुस १९ गते ।
लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा गरेको छ । यो एक वर्षको अवधिमा ३५ वटा बैठक बसेका छन् । पहिलो अधिवेशनको १० र दोस्रो अधिवेशनको २५ वटा गरी ३५ बैठक बसेका छन् । सो बैठकमा ५७ घण्टा ३३ मिनेट छलफल भएको देखिन्छ । प्रदेश सभाले सो अवधिमा एउटा मूल विधेयक बनाउन सफल भएको छ र आठ वटा विधेयक प्रस्तुत भएका छन् ।

ती विधेयकमध्ये चार वटा पारित भएको संसद् सचिवालयले जनाएको छ । त्यसै गरी सालबसाली विधेयक दुई वटा, संशोधन विधेयक एउटा प्रदेश सभाले पारित गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेश सभाले आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो ।

पहिलो प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको थियो । पाँच वर्षको अवधिमा प्रदेश सभाबाट मूल विधेयक ५० वटा, सालबसाली विधेयक १०, संशोधन विधेयक १२ वटा प्रदेश सभाबाट पारित भएर ऐनको रूपमा लागु भएको थियो । प्रदेश सभाको दोस्रो कार्यकालको ३५ वटा बैठकमा प्रदेश सभाका सभामुखसहित आठ जना प्रदेश सभा सदस्य मात्रै ३५ वटा बैठकमा नियमित सहभागी हुनुभएको छ । बाँकी भने बैठकमा नियमित देखिँदैनन् ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रदेश सभा सचिवालयको हाजिरी तथ्याङ्कका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ३५ बैठकमध्ये २४ वटा बैठकमा सहभागी हुनुभएको छ । अर्थमन्त्री धनबहादुर मास्की प्रदेश सभाका ३४ बैठकमा सहभागी भए  । उनी पहिलो अधिवेशनका १० बैठकमध्ये १० वटा र दोस्रो अधिवेशनमा बसेका २५ बैठकमध्ये २४ वटा बैठकमा सहभागी भएका थिए  ।

गृहमन्त्री सन्तोषकुमार पाण्डे ३१ वटा बैठकमा सहभागी भए । स्वास्थ्यमन्त्री राजु खनाल पहिलो अधिवेशनमा आठ र दोस्रो अधिवेशनमा २१ वटा गरेर २९ वटा बैठक, कृषि भूमि व्यवस्थामन्त्री भण्डारीलाल १० बैठकमध्ये नौ र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये २१ वटा बैठकमा उपस्थित भए । प्रदेश सभाको एक वर्षको अवधिमा बसेका ३५ बैठकमध्ये सबैभन्दा बढी सभामुख तुलाराम घर्तीमगरसहित आठ प्रदेश सभा सदस्य ३५ वटै बैठकमा सहभागी भए  ।

सभामुख घर्तीमगर, सांसदहरू खड्ग बस्नेत, इन्द्रकुमारी गहतराज, सीता शर्मा, भगवती अधिकारी, यमबहादुर नेपाली सार्की, भूवनेश्वर चौधरी र सुशीला बादी ३५ वटै बैठकमा सहभागी भएको प्रदेश सभाको सचिवालयले जनाएको छ । यसै गरी संसद् बैठकमा सबैभन्दा कम सहभागी हुने प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र सीता गुरुङ रहनुभएको छ । एक वर्षको अवधिमा बसेका प्रदेश सभाका ३५ बैठकमध्ये प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र सीता गुरुङ १६÷१६ वटा बैठकमा सहभागी भएका थिए ।

ADVERTISEMENT

सांसद अनुराग खड्का ३५ बैठकमध्ये पहिलो अधिवेशनका क्रममा सात वटा र दोस्रो अधिवेशनका १० वटा बैठकमा मात्रै सहभागी भए । अर्का प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने पनि ३५ बैठकमध्ये १७ वटा बैठकमा मात्रै सहभागी भए । प्रदेश सभा सदस्य सायरा बानो पहिलो अधिवेशनमा बसेका छ वटा बैठक र दोस्रो अधिवेशनका क्रममा बसेका १३ बैठकमा सहभागी हुनुभएको छ भने आदेशकुमार अग्रवाल प्रदेश सभाका ३५ बैठकमध्ये १९ बैठकमा सहभागी भएका छन्  । उनी पहिलो अधिवेशनमा बसेका आठ र दोस्रो अधिवेशनका क्रममा बसेका ११ बैठकमा सहभागी हुनुभएको संसद् सचिवालयको हाजिरी तथ्याङ्कले देखाएको छ ।

Share150Tweet93SendShare
Previous Post

साईगाउँ नाकामा मौलाउँदै तस्करी, लाइन उठाउँदै घुमुवा प्रहरी चौधरी

Next Post

तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
Next Post
तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

तरकारी खेतीमा जयेन्दु बाल सुधारगृहका बालबन्दीहरु

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

सवारी चालकलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितद्वारा सडक अवरुद्ध

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?