ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उफ् नेपालगञ्जको गर्मी : भोलिसम्म अत्यधिक गर्मीको सम्भावना

News Desk by News Desk
५:११ मध्यान्ह, जेष्ठ ३०, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
469
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
मंगलबार अपराह्न नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुग्दा काठमाडौँको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र थियो । तर तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी ।

गर्मीको तात्तातो चर्चा काठमाडौँमै बढी देखिन्छ । ‘उफ् गर्मी पनि कति साह्रै बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौँ उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ ।

ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरेले भनिन्, “गर्मी पनि कति साह्रै बढेको हो ? यसो बाहिरै नै निस्कन सकिँदैन । घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने । पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो ।”

काठमाडौँ बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ । “४० वर्ष भइसक्यो काठमाडौँ बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,” उनले भनिन्, “अत्यार नै लाग्दो गर्मी पनि । अझै तराईमा कस्तो होला ?” उनीहरु मात्रै होइन । सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ । “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिङ्गटा नै लाग्छ,” उनको भनाइ छ, “पहिलापहिला त काठमाडौँ आउँदा पङ्खा नै नलगाई बस्न सकिन्थ्यो, यो पटक त पङ्खाले पनि गर्मी छेक्नै सक्दैन ।”

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरुलाई गर्मीले अत्याएको छ । त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला ? घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला र ? घामको प्रवाह नगरी काम गर्नेहरुलाई कति गाह्रो भएको होला ?

चितवन क्षेत्रपुरकी मीरा धिताललाई पनि पहिला पहिलाको भन्दा यसपटक गर्मी अलि बढेको अनुभव भएको छ । “गर्मीका कारण आएको पसिनाले लुगा नै निथु्रक्कै भिजाउँछ, एकदमै गाह्रो बनाएको छ,” उनले भनिन्, “दिउँसोको समयमा त बाहिर निस्कन र काम पर्दा समेत हिँड्डुल गर्न नै मुस्किल पर्छ । बच्चाहरु समेत गर्मीले गर्दा टाउको दुख्यो भनेर पढ्नै सक्दैनन् ।”

गर्मीले साल्लाघारीको जङ्गल पनि उत्तिकै तात्छ । अन्य बोटबिरुवाले जस्तो सालको बिरुवाले शीतलता दिँदैन । त्यसमाथि ४२ डिग्री सेल्सियससम्मको तापक्रमले तातिएको मौसम । तर तातो मौसम भनेर काममा नगई बस्ने छुट हुँदैन, सुदूरपश्चिम, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई । तातो मौसममा फिल्ड हिँड्दा निकै गाह्रो हुने र तातोले टाउको दुख्ने समस्या हुने उनी बताउँछन् । “तातो छ भनेर मन्त्रालयभित्र मात्रै बस्ने छुट कहाँ छ र ? फिल्ड हिँड्नु पनि पर्छ । फिल्ड खटाउँदा कर्मचारीहरु बिरामी पर्नुहुन्छ । नखटाएर पनि भएन,” उनले भने, “सरकारी सेवामा खटिने शपथ खाएर आएको हौँ गर्मी भयो भनेर बस्न पनि भएन नि ।”

ADVERTISEMENT

जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मी समेत बढेको जानकारी दिइन् ।

पोखरेलले जलवायु परिवर्तनले मौसमी अवस्थामा पारेको असर, अगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिम, तापक्रमको प्रक्षेपणलगायतका विषयमा जानकारी दिने गरी अध्ययनसमेत भइरहेको जानकारी दिइन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तातो हावाको लहर ’लू’ र यसबाट बच्ने उपाय गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ’लू’ भनिन्छ । यो एक प्रकारको प्राकृतिक प्रकोप हो । प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले खासगरी नेपालको तराई क्षेत्रमा धेरै गर्मी भएको समयमा तातो हावाको लहर ‘लू’ चल्न सक्ने र यसले स्वास्थ्यमा असर गर्ने भन्दै सचेत हुनुपर्ने जानकारी दिए ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ्ग पहँेलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण) देखिन सक्छ ।

लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चिसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पङ्खाले हम्कने गर्नुपर्छ । भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने गर्न समेत सुझाव दिइएको छ ।

जलवायुविद् डा धर्मराज उप्रेतीले समुन्द्री सहतको तापक्रममा फेरबदले (एल निनो टू ला नीना) भएकाले नेपाललगायत एसिया प्रशान्त क्षेत्रमा औसतभन्दा बढी तापक्रम र बढी वर्षा हुने क्रम बढिरहेको भन्दै समयमा नै सतर्कता अपनाउन जरुरी रहेको बताए ।
प्रशान्त महासागरको पूर्वमध्य उष्ण भागको सतहको पानी औसतभन्दा उल्लेख्य धेरै तातेर बन्ने मौसमी प्रवृत्तिलाई अल निनो भनिन्छ । अल निनो सक्रिय भएको समयमा यसले संसारभरिकै वर्षाको स्वरूप र मौसमलाई असर गर्छ र तापमान वृद्धि गर्छ ।

एल निनो नामक मौसमी प्रक्रियामा अस्वाभाविक रूपमा तापमान वृद्धि भएको हुन्छ भने ला निनामा अस्वाभाविक रूपमा तापमान घट्छ । ला निना भूमध्य रेखामा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा हुने गर्छ । एल नीनोले जस्तै यसले पनि संसारभर वर्षा तथा वायुमण्डण्डलीय चापलाई प्रभावित गर्छ ।

जनस्वास्थ्यविद् डा समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म नै अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपाउन भन्दै विज्ञप्ति नै जारी गरेको छ । विभागको अनुसार मङ्गलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

Share193Tweet115SendShare
Previous Post

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

Next Post

गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द

दैलेखका बस्ती रित्तिँदै, खेतबारी बाँझै

दैलेखका बस्ती रित्तिँदै, खेतबारी बाँझै

रुकुमपूर्वका मगर बस्तीमा भुमेको रमझम

रुकुमपूर्वका मगर बस्तीमा भुमेको रमझम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?