ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

News Desk by News Desk
१२:४० बिहान, मंसिर २५, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके मसिंर २५ गते ।
राप्ती नदीको छेउमा फैलिएको यो सानो बस्ती बिहानीपख शान्त देखिन्छ, तर पानी उर्लन थालेपछि यहाँका मानिसहरूका मन पनि नदीकै बहावसँगै अस्थिर बन्छन् । यो गाउँको कथा बाढीपछि पुनः उठ्ने सङ्घर्ष मात्र होइन, राज्यको प्राथमिकताबाट बाहिर परेका नागरिकहरूको लम्बिएको प्रतीक्षाको कथा पनि हो ।

आजभन्दा ५०–६० वर्षअघि स्थापनाको शुरुवात गरेको यो गाउँ नेपाली नक्सामा त देखिन्छ, तर नेपाली राज्यको दृष्टिमा भने कहिल्यै पूरा रूपमा नपरेको अनुभूति यहाँका प्रत्येक बासिन्दाको बोलीमा झल्किन्छ । गाउँ सधैँजसो ‘जोखिम’ र ‘अभाव’ बीच कतै चिरिएको जस्तो देखिन्छ । लालजी यादवको घर अगाडि उभिएर राप्ती नदीतिर देखायो कि उनका आँखामा डर, थकान र आशा–तीनै कुरा एकैसाथ झल्किन्छन् ।

“बाढी आउँदा हामीसँग जाने ठाउँ हुँदैन । पानीले बाटो नै काटिदिन्छ,” उनी भन्छन्, “सडक र तटबन्ध भएको भए चौफेरी आज यस्तो पीडामा रहने थिएन ।” उनका शब्दहरूले गाउँको दशाबन्दी चित्रित गर्छ । एक यस्तो बस्ती, जहाँ नदीको दिशा बदलिँदा बासिन्दाको जीवनका आधार नै हल्लिन्छ । २०७१ सालको बाढीले घर बगाएको दिन सम्झँदा केशवराम मंगताको स्वर अझै भारी हुन्छ । “क्षतिपूर्ति दिने भनेका थिए, तर आधा मात्र आयो, बाँकी अझै आएन,” उनका शब्दहरू सुनिँदा थाहा हुन्छ । चौफेरीका बासिन्दा बाढीको तर्साइमा मात्र छैनन्, राज्यको प्रतीक्षामा पनि बाँधिएका छन् । ऋण लिएर घर बनाएका उनी आज पनि त्यो ऋणले गाँथिएको जीवन बाँचिरहेका छन् ।

गाउँको विद्यालय हेर्दा यहाँका बच्चाहरूको भविष्य कति ठूलो सङ्कुचनमा थुनिएको छ भन्ने सहजै बुझिन्छ । कक्षा ८ सम्म एकै कोठामा खाँदाखाँदै बस्ने बालबालिका—कसैका सपनासँग मेल नखाने दृश्य । “बच्चालाई यस्तै ठाउँमा बसाएर पढाउनु परिरहेको छ,” श्रीकृष्ण यादव भन्छन्, “यसरी कसरी उज्यालो भविष्य देख्न सकिन्छ?” उनका शब्दले राज्यप्रति असन्तोष मात्र होइन, आफ्नो पहिचानका कारण उपेक्षित भएको पीडा पनि बोकेको छ ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

गाउँमा न प्रहरी चौकी छ, न स्वास्थ्य सेवा । राति कसैलाई समस्या प¥यो भने भारततिर लाग्नु नै विकल्प । यस्तो बाध्यताले चौफेरीका नागरिकलाई आफ्नो भूमि नै पराइ बनेजस्तो महसुस गराएको छ । चौफेरीबासीको आवाज सुन्दा लाग्छ—यो गाउँले मागेको त असम्भव केही पनि होइन ।

सुरक्षित बसोबास, स्वास्थ्य उपचार, राम्रो पढाइ, आवतजावतका लागि सडक, अनि राज्यले आफूलाई पनि नागरिकका रूपमा स्वीकार गरिदिएको अनुभूति । तर यिनै आधारभूत कुराहरू माग्दै उनीहरूले आधा शताब्दी बिताइसके । राप्तीको बाढी बगेर फेरि फर्कँदा चौफेरीबासी पनि वर्षैपिच्छे आफूभित्रै उर्लिएका अपेक्षाहरू क्रमशः बगाउँदै आएका छन् ।

चौफेरी कुनै एकान्त बस्ती मात्र होइन । यो त नेपालका थुप्रै गाउँहरूको वास्तविकता देखाउने ऐना हो । जहाँ राज्यको कमजोर नीति र बेवास्ताका कारण सामान्य नागरिकले आफ्नो देशमै हरेक आधारभूत अधिकारका लागि बारम्बार माग गर्नु, धाउनु र गुहारिनुपर्ने बाध्यता छ ।

ADVERTISEMENT

आज यो बस्तीबाट उठेको आवाज एक साधारण माग होइन राज्यका लागि एक गम्भीर प्रश्न हो । “हाम्रो अस्तित्वको स्वीकार कहिले हुन्छ ?” यदि नीति निर्माणकर्ताले चौफेरीको पीडा सुने भने यो केवल एक गाउँको उद्धार मात्र होइन, राज्यले आफ्ना नागरिकप्रति कर्तव्य पूरा गर्न थालेको एउटा ऐतिहासिक क्षण पनि बन्न सक्छ ।

Share155Tweet96SendShare
Previous Post

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

Next Post

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

यस्तो छ आजको मौसम

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

एशियाली देशहरूमा उच्च आयात कर

एशियाली देशहरूमा उच्च आयात कर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?