ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

News Desk by News Desk
६:३० बिहान, फाल्गुन ७, २०८२
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित
404
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् । राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।

पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं.२, ५ र ९ का विभिन्न वस्तीमा भएको छ । वडा नं.२ को माछेबासमा काँग्रेस वडा कार्यसमितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गौडेलले स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए । ‘बाटोघाटो, पुलपुलेसा जस्ता विकास निर्माणका विषयहरु यहाँका दाजुभाइ–दिदीबहिनीहरुले उठाउनुभएको छ उनले भने–‘यी मागहरु स्वाभाविक छन् र म निर्वाचित भएमा यिनलाई सम्बोधन गर्न पहल गर्छु ।’ उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधार विकासका केही काम अघि बढाइरहेको उल्लेख गर्दै केन्द्रबाट नीतिगत सुधार आवश्यक रहेको धारणा पनि राखे । आफु निर्वाचित भएर प्रतिनिधिसभामा पुगे नीति निर्माण तहमा आवाज उठाउनु नै आफ्नो मुख्य प्राथमिकता हुने उनको भनाइ छ । राप्तीसोनारी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँका बासिन्दा वर्षौँदेखि वन्यजन्तुको आतंकसँग जुधिरहेका छन् । खेतबारीमा वन्यजन्तुले अन्नपात खाएर क्षती पुर्याइरहेका छन् भने बाघ, हात्ती लगायतका जनावरले असुरक्षा बढाइरहेका छन् । गौडेलले यस विषयलाई आफ्नो अभियानको मुख्य एजेन्डा बनाएको बताए । उनले भने–‘यो समस्या भाषण गरेर समाधान हुँदैन, ऐन नै संशोधन गर्नुपर्छ । मलाई जिताएर संसद पठाउनुहोस्, म त्यहाँबाट यो ऐन संशोधनका लागि बोल्छु ।’ गौडेलको यो भनाइले स्थानीयमा केही आशा जगाएको देखिन्थ्यो । स्थानीय भीमा ओलीले भनिन्–‘हामीले धेरै पटक नेताहरुलाई यो कुरा सुनाएका छौँ, तर समाधान भएको छैन । यसपटक गौडेललाई जिताउने हो भने साँच्चै काम हुन्छ कि भन्ने आशा लागेको छ ।’

चुनावी व्यस्तताका कारण प्रत्येक मतदाताको घरमा व्यक्तिगत रुपमा पुग्न सम्भव नहुने कुरा गौडेलले खुलेर स्वीकारेका छन् । तर उनले स्थानीय पार्टी नेता–कार्यकर्तालाई ‘स्वयं उम्मेदवार’ बनेर जनतासम्म पुग्न आग्रह पनि गरेका छन् । ‘हामी सबै मिलेर जनताको घरदैलोमा पुग्नुपर्छ । तपाईँहरु पनि आफैँलाई उम्मेदवार ठानेर सबैको घरमा पुग्नुहोस् र काँग्रेसको पक्षमा मत माग्नुहोस्’–उनले कार्यकर्तालाई निर्देशन दिए । भेलामा तरुण दलका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, टोपबहादुर खड्का, होमराज अधिकारी, दिलबहादुर बस्नेत, शेरबहादुर ओली लगायतले उम्मेदवार गौडेल समक्ष स्थानीय समस्याहरु सुनाएका थिए ।

गौडेलले ती समस्या सम्वोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफू सधै तत्पर रहेको विश्वास दिलाए । घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, अग्रज नेता हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी, प्रदेश ‘क’ का सभापति अमर बुढाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विहीबार वडा नंं ५ का जुरपानी, बनजरिया, गोभारपुर, वडा नं.२ का माछेबास, मधुवा, शम्शेरगन्ज, राजपुर र वडा नं.९ को ढकेरीमा घरदैलो कार्यक्रम गरिएको छ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

ADVERTISEMENT
Share172Tweet97SendShare
Previous Post

बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

Next Post

यी तीन प्रदेशका केही स्थानमा हुनेछ वर्षा र हिमपात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
Next Post
आज यी स्थानमा वर्षा र हिमपातको संभावना

यी तीन प्रदेशका केही स्थानमा हुनेछ वर्षा र हिमपात

बर्दियामा बिरामि पाटेबाघको उद्धार

निकुञ्ज क्षेत्रमा पाटेबाघ देखिएपछि स्थानीय त्रसित

निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिन सशस्त्र प्रहरीलाई निर्देशन

निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिन सशस्त्र प्रहरीलाई निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?