ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

जावेद अन्सारी by जावेद अन्सारी
११:२२ बिहान, मंसिर २१, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाण्डाै मंसिर २१ गते ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयपछि कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो।

त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधि अपनाइनेछ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर पेशल दाहालका अनुसार पालिकाको स्वीकृतिमा भौतिक रुपमा उपस्थित भएर क्याम्पस सञ्चालन गर्न पाइन्छ । तर कोरोनाको जोखिम भएमा अनलाइनलगायतका वैकल्पिक विधिलाई निरन्तरता दिनुपर्छ ।

‘कोरोनाको जोखिम नभएका ठाउँमा भने वैकल्पिक माध्यमबाट पढाउनुपर्ने आवश्यकता नै रहँदैन । भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्छ । जसरी भए पनि नियमित कक्षा भने सञ्चालन गर्नैपर्छ । त्यही भनेर देशभरका क्याम्पसलाई निर्देशन दिएका हौँ’ दाहालले भन्नुभयो ।

अहिले पनि जुम्ला, भोजपुर, इलाम, तेह्रथुमलगायतका ठाउँमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन् । ती ठाउँमा पालिकाहरुले स्कुल समेत सञ्चालनका लागि अनुमति दिएका छन् । अन्य पहाडी भेगमा पनि कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ । त्यस्ता ठाउँमा पालिकासँग स्वीकृति लिएर भौतिक रुपमा नै कक्षा सञ्चालन गर्न सकिन्छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ आज भोलिमै पालिकासँग समन्वय गरेर, सार्वजनिक सूचना निकालेर कक्षा सञ्चालन गरिहाल्न उहाँको अनुरोध छ । कोरोना सुरु हुनुभन्दा पहिला जसरी सामान्य अवस्थामा पढाइ हुन्थ्यो, त्यसैगरी कक्षा सञ्चालन गर्न भनिएको उहाँले बताउनुभयो । तर स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने कुरालाई ख्याल गर्नुपर्छ । सरकारले तोकेको सबै सुरक्षा मापदण्ड अपनाएर मात्रै कक्षा सञ्चालन गर्न पाइन्छ ।

‘क्याम्पस सञ्चालनका लागि थप समय आवश्यक छैन । डेस्क, बेन्च छँदैछन् । शिक्षकहरु यसअघि नै क्याम्पसमा हाजिर भइसक्नुभएको छ । विद्यार्थीहरु पनि पढ्नका लागि तयार छन् भने किन ढिलाइ गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।

कोरोनाको जोखिम बढे फेरि बन्द गर्न सकिने

ADVERTISEMENT

अहिले कोरोनाको जोखिम कम भयो भनेर कक्षा सञ्चालन गरिएको ठाउँमा पछि फेरि जोखिम नै हुँदैन भन्ने होइन । भौतिक रुपमा शिक्षक र विद्यार्थी दुवै उपस्थित भएर कक्षा सञ्चालन गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ ।

स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । सावधानी अपनाउँदा, अपनाउँदै पनि कोरोना संक्रमण भएमा पालिकाले आफ्नै निर्णयमा सके र सम्भव भएमा भौतिक रुपमा उपस्थित भएर र नसके अथवा सम्भव नभए वैकल्पिक माध्यमबाट अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले सहुलियत दरमा इन्टरनेट लगायतको सुविधा उपलब्ध भएकाले कुनै पनि बहानाबाजी गर्न नहुने उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका केही परीक्षा छठपछि सञ्चालन गरेको छ । बाँकी परीक्षा आउँदो २८ गतेदेखि सुरु गर्ने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न लागिएकोे जानकारी दिएको छ ।

२८ मंसिरमा विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन संकायको चौथो वर्षका परीक्षा हुँदैछन् । पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने कार्यालयले जनाएको छ।

Share147Tweet92SendShare
Previous Post

सुर्खेत विमानस्थल धावनमार्ग विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिँदै

Next Post

ईपीएलमा चेल्सी शीर्ष स्थानमा पुग्यो, लिड्स युनाइटेड ३-१ गोलले पराजित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

ईपीएलमा चेल्सी शीर्ष स्थानमा पुग्यो, लिड्स युनाइटेड ३-१ गोलले पराजित

४ वटा बैंक लुटेपछि लुटेराहरुले पुलिसको बाटो छेक्न बाटोभरी पैसा छरिदिए

सिक्टा सिँचाइको पानी खेतमा पुग्दा किसान दंग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?