ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सातजनालाई गोवद्ध मुद्दा लगाइयो, जनप्रतिनिधीमाथि अनुसन्धान हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
६:५९ बिहान, भदौ १६, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

खोजखबर संवाददाता

बाँके भदौ १६ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो। जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा कृष्णबहादुर बिसीलाई गोवधमा अनुसन्धान गर्न म्याद दिएको हो। यस्तै नगरपालिकाका एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सुर्खेतको धुलियाबिट र कटकुवा क्षेत्रको भीरबाट खसालेर गाई मारेको अभियोगमा गोवध मुद्दा दायर गरेका छौं,’ प्रहरी नायब उपरीक्षक रवि रावलले भने, अनुसन्धानका लागि सम्मानित अदालतले सात दिनको म्याद दिएको छ। नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्। उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो। सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो। त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।
गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सातजनालाई पक्राउ गरेको थियो। प्रहरीले तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहितलाई खोजिरहेको छ। स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्। उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ। प्रहरीले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको ‘चौपाया व्यवस्थापन सम्बन्धमा’ भन्ने बेहोराको मात्रै पत्र प्राप्त गरेको छ। ‘उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिएको पत्र, सुर्खेतमा छोडिएका गाईहरुको निरोगिताको प्रमाणपत्रलगायतका कागजात पनि खोजी गरिरहेको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख पूर्णचन्द्र जोशीले गौहत्यासँगै पशु ढुवानी मापदण्डलाई पनि आधार मानेर अनुसन्धान हुने बताए। जोशीले भने, ‘गाई ढुवानीसँग जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउँछौं। अधिकारकर्मीहरु गौहत्या घटनामा कर्मचारीमाथि मात्रै नभएर जनप्रतिनिधिमाथि पनि अनुसन्धान गर्नुपर्ने बताउँछन्। अधिवक्ता एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले सामूहिक गौहत्यालाई गम्भीर रुपमा लिएर अनुसन्धान थाल्नुपर्ने बताए। ‘अहिले ट्रकका चालक र सहचालकलाई मात्रै पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘यो गम्भीर घटना हो। यस्ता कार्यमा साना कर्मचारीले निर्देशन पालनामात्र गरेका हुन्। निर्देशन दिने र निर्णयकर्तादेखि सबैलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ। ’ उनले कर्मचारी एक्लैले यस्तो गम्भीर विषयमा निर्णय गर्न नसक्ने भएकाले उपमहानगर कार्यपालिकाका सबै पदाधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए।
प्रदेशको छुट्टै छानबिन समिति नेपालगन्ज उपमहानगरपालिकाबाट कर्णालीमा भित्रिएका चौपायाका विषयमा कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि छानबिन सुरु गरेको छ। प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा गठित तीनसदस्यीय समितिले कर्णाली प्रदेशमा भित्रिएका चौपायाका बारेमा अनुसन्धान गर्नेछ। ‘गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्छ, प्रदेशले गठन गरेको समितिले प्रहरी चेकपोस्ट तथा सम्बन्धित युनिटहरुबाट केका आधारमा भित्रिए भन्ने पाटोलाई मात्रै हेर्छ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख जोशीले भने, ‘यो आन्तरिक छानबिन हो, कोही दोषी पाइएमा विभागीय कारबाही प्रक्रिया अघि बढाउँछौं। मापदण्डविपरीत ढुवानी पशु ढुवानी मापदण्ड–२०६४ अनुसार पशु–चौपायालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र, उपचार सामग्री, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्नेलगायतका प्रावधान मापदण्डमा छन्। नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पु¥याउने भन्दै ल्याइएका गाई र अन्य चौपायामा त्यो मापदण्ड लागू गरेको देखिँदैन। ‘कानुन कार्यान्वयन गराउने स्थानीय सरकारले नै यस्तो लापराही गर्नुलाई सामान्य रुपमा लिनु हुँदैन’, वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले भने, ‘राष्ट्रिय जनावार गाईमाथि अन्याय गर्नेहरुलाई कारबाही गर्नुपर्छ। ’ मापदण्डअनुसार एउटा गाईका लागि ट्रकमा ०।८४ देखि १।२७ वर्गमिटर ठाउँ छुट्याउनुपर्छ। यस हिसाबले नेपालगन्ज उपमहानगरपालिकाले पठाएको एउटा ट्रकमा आठदेखि १० वटा गाई राख्नुपर्ने थियो। ‘तर एउटै ट्रकमा २५ देखि ३५ वटा गाई राखेर ल्याएको पाइयो’, न्यौपानेले भने, ‘सबैभन्दा पहिलो गल्ती यहींनेर भयो। ’
केही दिनदेखि भोकै रहेका गाईलाई नगरपालिकाले एउटै ट्रकमा क्षमताभन्दा धेरै राखेर पठायो। ‘बाटोमा ल्याउँदाल्याउँदै ट्रकमै गाई मरेको भए नजिकको प्रहरी युनिट, स्थानीय सरकार र सरोकारवालालाई जानकारी गराइनुपथ्र्यो’, पशु चिकित्सक न्यौपानेले भने, ‘जहाँजहाँ भीर छ, त्यहीं–त्यहीं लगेर खसाल्नु भनेको अपराध हो। ’ कटकुवा र धुलियाबिट क्षेत्रमा मारिएका गाईको न्यौपाने नेतृत्वको टोलीले पोस्टमार्टम गरेको थियो। पोस्टमार्टमका क्रममा गाईहरुका खुट्टा भाँचिएका, मस्तिष्क र मुटुमा गम्भीर चोट देखिएको, मलद्वार बाहिर निस्केको पाइएको उनले बताए। वीरेन्द्रनगर नगरपालिकाले मरेका गाईको भिसेरा संकलन गरेर परीक्षणका लागि प्रदेश पशुपक्षी प्रयोगशालामा पठाएको छ।
साभार ः नागरिक न्यूज डटकम

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

छाडा गाईसग ठोक्किएर फोर्स गाडी पल्टियो, गाईको मृत्यु, चालक घाइते

Next Post

पत्रकारलाई दस लाख जरिवाना हुने कुरा मिडिया काउन्सिलबाट हटाईदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post

पत्रकारलाई दस लाख जरिवाना हुने कुरा मिडिया काउन्सिलबाट हटाईदै

गाेली प्रहार गरेर फरार अपराधी पक्राउ

राप्ती नदि किनारमा गाेही छाेडिएकाेमा स्थानीयद्वारा विराेध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?