बाँके पुस १० गते ।
कोभिड महामारीका कारण नेपाल भारतसँग सीमानाका सील छ । नेपागन्जको जमुनाह नाकामा पछिल्ला दिनमा केही कडाइ गरेको देखिएको छ । तर सेटिङवालालाई भने सीलको कुनै प्रभाव छैन् । उनीहरु मुख्य नाका छलेर प्रहरीको सहयोगमा अवैध धन्दा चलाइरहेका छन् । दुई चार किलो तरकारी, एक दुई पीस कपडा समात्ने प्रहरीले ठूला तस्करलाई भने समातेको रेर्कड छैन् । सूर्ति बोराका बोरा आइरहेका छन्।
आटो पार्ट्स, कोरेक्स लगायतका सामानहरु उस्तै भित्रिरहेको छ ।
इलेक्ट्रोनिक्स सामान पनि उस्तै परिमाणमा भित्रिरहेका छन् । ‘तर उनीहरुलाई प्रहरीले पक्राउ गरेको खोइ ? जयसपुरका एक स्थानीयबासीले प्रश्न गर्दै भने–‘यो सिडियो र एसपीको संरक्षणमा नभएर कसरी सम्भव भयो ?’ ठूला माछा नदेख्ने प्रहरी प्रशासनले साना माछा पक्राउ गरेर ठूलो वहादुरी कमाएको नाकामा प्रत्यक्ष अवैध धन्दा देखेका भुक्तभोगी स्थानीयहरु बताउँछन् ।
प्रहरी र तस्करबीचको सम्बद्ध तोड्न महाभारत रहेको उनको भनाइ छ । नाम उल्लेख नगर्ने सर्तमा ती स्थानीय भन्छन्–‘नाकामा आउने जतिसकै इमान्दार प्रहरी भएपनि तस्करले सन्जालले त्यसलाई घुसखोरी बनाइदिन्छ बनेन् भने दुई महिना पनि टिक्दैन् ।’ बाँकेको कुन क्षेत्रमा तस्करहरुको गतिविधि हुन्छन् भन्नेमा जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र सशस्त्र प्रहरी बेखबर छैन ।
तर, घोषित रुपमा सञ्चालित ती क्षेत्रहरुमा सम्पुर्ण तिन ओटा सुरक्षा निकायहरुको संरक्षण छ । तस्कर गतिविधि हुने ती क्षेत्रहरु जिल्ला प्रहरी र घुमुवाका साथै सशस्त्र प्रहरीका घुमुवाको पनि कमाइ खाने भाडोका रुपमा प्रयोग हुने गरेका छन् । प्रहरी संरक्षणमा घोषित रुपमा नै तस्करी भईरहेको छ । पछिलो समय नेपालगञ्जको मुख्य जमुनाह नाकामा कडाइ गरिएपपछि तस्करहरुले अन्य नाकाबाट खुलेआम अबैद्य तस्करी भैरहेको छ । यसको रोकथाम र नियन्त्रणमा बाँकेका सिडिओ र प्रहरी प्रशासन उदासिन देखिएको छ ।
तर बाँकेका तस्करी अझै रोकिएको र गतिलै सुशासन कायम भएको झुटो नारा लगाउँदै सामाजिक सन्जालमा फोटो हालेर सस्तो लोकप्रियता कमाउन बाँके प्रमुख जिल्ला अधिकारी सिडिओ राम बहादुर कुरुम्वाङ व्यस्त छन । आफुलाई चर्चित बनाउन केही साता अघि उनै सिडियो कुरुम्वाङले तस्करलाई देखे गोली हान्न मातहतलाई निर्देशन दिएको विषय मिडियामा भाइरल बन्यो । बाँके जिल्लाको खुला सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा अवैध धन्दा चलिरहेको छ । नेपाल भारतको सीमावर्ती यो क्षेत्रमा वारी पारी रोटीबेटीको सम्बन्ध छ । यहाँका अधिकांश चेलीको विवाह पारी र पारीका चेलीहरुको विवाह वारी हुने गरेको छ ।
तर विहेवारीमा समेत नाकाबाट सहज आवागमन नपाउनेहरुले तस्करले भने सहजै र सजिलै आउजाउ गर्ने गरेका छन्। माघमा फेरी विवाहको मौसम छ, वारिपारि बिहावारी चल्छ । तर, आवागमन सहज नहुँदा सम्बन्ध–जोड्नेहरुले पनि सास्ती खेप्नु परेको छ । स्थानीय प्रशासनको तजबिजी हैकम अचाक्ली बढेको छ । ठूलाबडालाई कुनै नियमले छेकबार लगाउन सक्दैन, उनीहरू चाँदीको चाकुले दुलो बनाउन सफल हुन्छन् । समस्या त सामान्यजनलाई हुन्छ । सीमा सिलका कारण सामाजिक, आर्थिक र शैक्षिक सम्बन्ध तथा जनस्वास्थ्य र जीविकामा दीर्घकालीन असर परेको छ ।
Discussion about this post