बाँके भदौ १ गते ।
ट्राफिक नियमको पूर्णपालना तथा दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले सरप्राइज चेकिङ अभियानलाई तीब्रता दिएको छ ।

कागजपत्र नबोकी सवारी साधन चलाउने र मापसे समेत गर्ने गरेको पाइएपछि सरप्राइज चेकिङ अभियान अघि बढाइएको हो ।

नेपालगन्जको त्रिभुवन चोकमा सोमवार साँझ गरिएको चेकिङमा २५ जनालाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो ।

भण्डारी आफै खटिएको चेकिङमा त्रिभुवन चोकका चारै नाकालाई घेराबन्दीमा पारेर सवारीसाधन तथा मापसे गरे–नगरेको जाँच गरिएको थियो ।

वडा प्रहरी कार्यालयसँगको समन्वयमा चेकजाँच गरिएको पनि प्रमुख भण्डारीले बताउनुभयो । यस्तै अभियान जिल्लाका शहरी क्षेत्रका विभिन्न ठाउँमा गर्ने गरिएको उहाँको भनाइ छ ।







Discussion about this post