ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

को बन्ला नेपालगन्जको मेयर ? मिश्र र राइको उम्मेदवारी कन्फर्म, अरु दलमा ढुलमुल

News Desk by News Desk
१०:३२ बिहान, चैत्र २३, २०७८
को बन्ला नेपालगन्जको मेयर ? मिश्र र राइको उम्मेदवारी कन्फर्म, अरु दलमा ढुलमुल
933
सेयर
877
VIEWS
ShareTweetSendShare

बाँके चैत २३ गते ।
स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा पनि उम्मेदवारको चर्चा परिचर्चाले बजार तताएको छ ।

यहाँका चोक र चिया पसलमा समेत उम्मेदवारको चर्चा हुने गरेको छ । कुन दलको कुन उम्मेदवारले उम्मेदवारी पाए कति मतले जित्ने आँकलन समेत सर्वसाधारणले गर्न थालेका छन् । उम्मेदवारी मनोनयनका लागि झण्डैै एक महिना बाँकी रहेका बेला कुन दलले कसलाई उम्मेदवार बनाउँछ भन्ने सर्वसाधारण मतदाताले चासोका साथ हेरेका छन् ।

बाँकेका आठ वटै पालिकामा मुख्य दलले चुनावी गतिविधिलाई तीब्र पारेका छन् । आठ पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा कुन दलबाट को उम्मेदवार बन्लान् भन्ने सर्वत्र चासोको विषय बनेको छ । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगन्जको आगामी कार्यकालका लागि मेयर बन्न मुख्य दलका दर्जन बढी नेता दौड्धुपमा छन् ।

आ–आफ्नो दलको आधिकारिक उम्मेदवार बन्ने दाउमा नेताहरु लागेका छन् । पाँच दलिय सत्ता गठबन्धन दलले आवश्यकताको माधारमा तल्लो तहमा तालमेल गर्ने सहमति गरे पनि नेपालगन्जमा सवै दलले आ–आफ्नो दावी छोड्ने संकेत देखिएको छैन ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

देशको सवैभन्दा ठूलो दल नेकपा एमालेले दुई महिना अघि नै केन्द्रिय सदस्य पशुपति दयाल मिश्रलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनलाई नै एमालेले मेयरको उम्मेदवार बनाउने निश्चित भए पनि एमाले नेपालगन्ज उपमहानगर अध्यक्ष दत्तप्रसाद आचार्यले पनि मेयरको दावी गर्दै आएका छन् । उनले एमालेको तर्फबाट आफू सवैभन्दा बलियो उम्मेदवार भएको दावी समेत गर्दै आएका छन् । तर, उनले टिकट पाउने सम्भावना एकदमै कम छ । ‘एमालेको तर्फबाट नेपालगन्जको मेयरको उम्मेदवार मिश्र बाहेक अरुको चान्स एकदमै न्यून छ,’ एमाले उच्च स्रोतले भन्यो ।

अघिल्लो संसदीय निर्वाचनमा सूर्य चिन्ह लिएर प्रतिष्पर्धा गरेका मिश्र केही समय अघि दलबलसहित एमालेमा प्रवेश गरेका थिए । प्रवेश गर्ने बेला नै एमालेले उनलाई नेपालगन्जको मेयरको उम्मेदवार बनाउन सुनिश्चित भएको एमालेका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

नेपाली काँग्रेसका आधा दर्जन नेताले मेयरमा आकांक्षा देखाएका छन् । तर, तीन जना बीच मुख्य प्रतिष्पर्धा देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरमा पराजित डा। सुरेशकुमार कनोडिया, हालकी उपमेयर उमा थापा मगर र नगर सभापति प्रशान्त विष्ट बलियो दावेदारको रुपमा देखिएका छन् ।

ADVERTISEMENT

तै पनि व्यापारिक पृष्ठभूमीका अच्युतप्रसाद प्रसाईं र ललितकुमार रौनियार पनि बलियो दाबेदारको रुपमा अगाडी आएका छन् । काँग्रेस स्रोतका अनुसार, लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल, महासमिति सदस्य निरन्जनसिंह सिजापति र राजकुमार बर्माले पनि मेयरमा लड्ने इच्चा जनाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट नन्दलाल बैश्य र आदेशकुमार अग्रवालको चर्चा छ । यी दुवै व्यापारिक पृष्ठभूमीका माओवादी नेता हुन् । उनीहरुसँंगै नवीन शर्माको चर्चा पनि उत्तिकै छ ।

जनता समाजवादी पार्टीले पार्टीका बाँके अध्यक्ष मोहम्मद कमरुद्दिन राईलाई मेयरको उम्मेदवार बनाउने निश्चित भएको छ । अघिल्लो निर्वाचनमा उनी नेपालगन्जको मेयरमा प्रतिष्पर्धा गरेका थिए । उनी उक्त निर्वाचनमा चौथो स्थानमा थिए । उनले आफू मेयरको एकल उम्मेदवार भएको दावी गरेका छन् ।

यसैगरि, नेकपा एकीकृत समाजवादीबाट नेपालगन्जका पूर्व उपमेयर समसुद्धिन सिद्धिकीलाई उमेदवार बनाउने निश्चित छ । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मेयरमा लडेका थिए । राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना र अभयकुमार बस्नेतले मेयरमा दाबी गरेका छन् ।

यी बाहेक लोकतान्त्रिक समाजबादी पार्टी, राप्रपा नेपाल लगायत साना र स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिनेको संख्या पनि बढ्दो छ । नेपालगन्जका मेयर राप्रपाका महामन्त्री डा धवल शमशेर राणाले मेयरमा नलड्ने निर्णय गरेपछि राप्रपाले एमालेलाई मेयरमा सघाउने र संसदीय निर्वाचनमा एमालेले राप्रपालाई सहयोग गर्ने गरी छलफल भइरहेको छ ।

यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा महामन्त्री राणासँग एकचरणको छलफल गरिसकेका छन् । नेपालगन्जको एक होटलमा ओली र राणा वीच करिव डेढ घण्टा छलफल भएको थियो ।

Share407Tweet219SendShare
Previous Post

बैंगलोरको दोस्रो जित

Next Post

नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा गठबन्धन आवश्यक छैनः राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
Next Post
नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा गठबन्धन आवश्यक छैनः राई

नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा गठबन्धन आवश्यक छैनः राई

मोटरसाइकलले ठक्कर दिँदा सल्यानमा पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

धनुषामा गहुँ खेतमा भेटियो युवकको शव

गठबन्धन सरकार कुहिसकेको छ, आफैं झर्छ : अध्यक्ष ओली

गठबन्धन सरकार कुहिसकेको छ, आफैं झर्छ : अध्यक्ष ओली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?