ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खेतबारीमा हालिँदैन प्राङ्गारिक मल, भकारी अट्ने फल्दैन अन्न

News Desk by News Desk
६:२६ मध्यान्ह, कार्तिक ३, २०७९
खेतबारीमा हालिँदैन प्राङ्गारिक मल, भकारी अट्ने फल्दैन अन्न
399
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक ३ गते ।
यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

सन् १९७९ नोभेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको बीसौँ साधारणसभाले विश्व खाद्य सङ्गठनको स्थापना भएको दिनमा मनाउन सुरु गरिएको विश्व खाद्य दिवस नेपालमा समेत मनाउन थालेको चार दशक नाघेको छ ।

यस बीचमा खाना र खेतीपाती जोगाउन विश्वमा धेरै पहल भएका छन् । प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनःजीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ । तर कृषिको उब्जनी बढाउनका लागि न खेतबारीलाई पुग्ने प्राङ्गारिक मल उत्पादन हुन्छ न त उत्पादित अन्नले घरका भकारी नै भरिन्छ ।

नेपालमा विश्व खाद्य दिवस मनाउन थालेको ४० वर्ष बिते पनि खाद्यान्नको अवस्था भने ओरालो झर्दै गइरहेको छ । दुई दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान, कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आँगनमा थाँक्रो देखिन्थ्यो ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ । खाद्यका लागि कृषि अभियन्ता प्रमोद दाहालले कृषि रासायनिक र विषादीका कारण जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै रासायनिक मल र विषादी नरोकिए भावी सन्ततिमा पनि यही कृषि प्रणाली हस्तान्तरण हुने र उनीहरू पनि जोखिममा पर्ने बताए ।

अहिले सहरमा मात्रै होइन ग्रामीण क्षेत्रका घरमा समेत प्राङ्गारिक मल देख्न मुस्किल पर्न थालेको छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले केही वर्ष अन्न उत्पादन बढेजस्तो लागे पनि क्रमशः माटोमा अम्लियपना बढ्दै जाने र अन्न उत्पादन घट्दै गएकाले अन्न भण्डारण गर्ने भकारीसमेत गाउँमा देख्न नपाएको बेनी नगरपालिका–२ का ८९ वर्षीय खड्गबहादुर थापाले बताए ।

“बजारबाट ल्याएको चामलको बोरा र तेलको पोकाबाट बिहान–बेलुकीको भान्छा उम्किन्छ”, ८७ वर्षीय बेदप्रसाद उपाध्यायले भने, “हाम्रो पालामा भकारीबाट धान झिकेर, ढिकीमा कुट्दै एक वर्षसम्म पुग्ने चामल हुन्थ्यो, अहिले खेती गर्नै छाडे, कहाँबाट हुनु भकारीमा धान ।”

ADVERTISEMENT

कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सहसचिव शवनम सिवाकोटीका अनुसार उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिबन्धभन्दा पनि क्रमिकरूपमा घटाउँदै विषादीको सन्तुलित प्रयोगका लागि सचेतना आवश्यक रहेको छ । नेपालमा अहिले पनि अधिकांश घरधुरी कृषिकर्मसँगै माटो खनी खोस्रिएर आफ्ना जिविका चलाउँदैछन् ।

अझै पनि ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष संलग्न छन् । तर खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले जनाउँछ ।

स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउबिजन लोप हुँदै जानु अहिलेको खाद्यान्न व्यवस्थापनको चुनौती हो । संसारका न्यूनतम आर्थिक अवस्था भएका विपन्न वर्गमा कृषक, माछा मार्ने मान्छे र घरपालुवा जनावर पाल्ने छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृति अनि मौसमसम्बन्धी बारम्बार हुने प्रकोपले धेरै दुःख दिने गर्दछ ।

अर्कोतर्फ पृथ्वीको जनसङ्ख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ । बढ्दो जनसङ्ख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यावसायीकरण गर्न जरुरी देखिएको बताइएको छ ।

सन् १९६० को दशकमा नेपाल चामलको निर्यात गर्ने देशहरुमा पर्दथ्यो । विस्तारै नेपालमा कृषि कार्यमा ह्रास हुँदै गयो र आज नेपालले चामललगायत धेरै कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्थामा आइपुगेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए । नेपालीहरू वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जुवामा खिया लाग्न थालेका छन् भने गोठ सुनसान भएको छ ।

भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र बारी बाँझै छन् । ती खेतबारीको उचित प्रयोग गर्न सक्ने प्रविधि, पूँजी र सीप भएमा नेपाली विदेशिन नपर्ने उहाँको भनाइ छ ।

विद्यालयको पाठ्यक्रममा पूर्वव्यावसायिक शिक्षाका रूपमा कृषि कार्य र औजारबारेमा शिक्षा दिने विषय हटाइएकाले विद्यार्थीलाई कृषिकार्यप्रति उत्सुकता जगाउन र ज्ञान बढाउन नसकिएको सेवानिवृत्त शिक्षक धनबहादुर घिमिरेले बताए ।

कृषि क्षेत्रमा देखिएको बिचौलिया प्रवृत्तिको अन्त्य, कृषक र उपभोक्ताबीचको पारदर्शी सम्बन्ध, भूमिको न्यायपूर्ण वितरण, सिँचाइको सुविधा र समयानुकूल हुने गरी बजार व्यवस्थापन नभएसम्म खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर हुन नसक्ने सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ ।

सुरक्षित खाद्यका विषयमा सबैलाई जानकारी भए पनि नतिजा भने आउन नसकेको पाइएको छ । अनुदानका लागि कृषि फार्म खोल्ने परिपाटी बढेकाले वास्तविक किसान पीडित बन्दै गएको अधिकांश कृषकको गुनासो छ । राज्यले नै साना किसानलाई पेलेर विदेश जान बाध्य बनाउने नीति लिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले तुलनात्मकरूपमा परम्परागत रैथाने खाद्यान्न बाली बढी स्वस्थकर हुने बताए ।

उन्नत जातका खाद्यान्नमा कार्बोडाइड्रेडको मात्रा बढी हुने तर परम्परागत रैथाने खाद्यान्न सन्तुलित हुने उनको भनाइ छ । तथापि पछिल्लो समय उन्नत खेती प्रणालीका नाममा रैथाने जात लोप हुँदै गएको र नेपाल बीउमा परनिर्भर बन्दै गएको पनि उनले बताए । रासस

Share172Tweet95SendShare
Previous Post

मनसुनी वर्षाले दाङमा ४ हजार ७ सय परिवार प्रभावित

Next Post

पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post

पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

अलपत्र आयोजनाको विवरण  बुझाउन ठेकेदारलाई निर्देशन

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

कर्णालीमा भएको यातायात तथा हवाई सेवाको असुविधाबारे मानव अधिकार आयोगको ध्यानाकर्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?