ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

News Desk by News Desk
८:५८ बिहान, कार्तिक १, २०८०
जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती
508
सेयर
491
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १ गते ।
सुर्खेतका दिपक थापा भारतबाट आउँदै थिए । उनले दसैँका लागि भारतबाट थोरै सामान ल्याउँदै थिए । उनलाई नेपालगन्जको जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले रोक्यो । उनले अनेक विन्ति विसाए । घर खर्चका लागि भएको भन्दै छोडिदिन हारगुहार गरे । भन्सार शुल्क तिर्नसमेत तयार भए, तर जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले उनको विन्तिभाउलाई लत्याउँदै सामान उठाएर जवरजस्ती गाडीमा हाले र भन्सार कार्यालय पुर्याए ।

सुर्खेतका थापा एउटा प्रतिनिधि पात्र मात्र हुन् । काम गरेर फर्किदै गरेका सयौँ नेपाली नाकामा खटिएका सशस्त्र प्रहरीबाट दैनिक सास्ती खेप्न बाध्य छन् । जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले हात्तीको देखाउने दाँत जस्तै जमुनाह नाकामा सर्वसाधरण नागरिकमाथि कडाई गरेको देखाएर तस्करीको सामान भित्र्याउन मद्दत गरिरहेको छ ।

‘मुख्य नाकामा कडाई गरेको देखाएर तस्करसँग मिलेर सशस्त्र प्रहरीले ठूलो परिमाणको सामान भित्र््याइरहेको छ । नेपालगन्जबाट गएको अवैध चिनी सुर्खेतमा बरामद हुनु पनि नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले तस्करीलाई प्रश्य दिइरहेको छ भन्ने प्रष्ट हुन्छ,’ नेपालगन्जका एक ब्यापारीले भने, ‘सशस्त्र प्रहरीले हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै मुख्य नाकामा सर्वसाधारणलाई तर्साएर तस्करसँग मिलेमतो गरेर सामान तस्करी गराइरहेको छ । सशस्त्र प्रहरी अवैध चोरी पैठारी नियन्त्रणभन्दा कमाउ धन्दामा छ भन्ने ठोकुवा गर्न सकिन्छ ।’

जमुनाह नाकामा सशस्त्र प्रहरीले छोरी कुटेर बुहारी त्रसाएको नाटक गरिरहेको एक प्रत्यक्षदर्शीले बताए । उनले घर खर्चका लागि ल्याउने सर्वसाधारण नागरिकलाई दुख दिएर गृह मन्त्री र सशस्त्र प्रहरीका आइजीको आँखामा छारो हाल्ने काम बाहेक अरु नगरेको बताए । ‘सर्वसाधारणको सामान जफत गरेको देखाएर सशस्त्र प्रहरीले सेटिङमा ठूलो परिमाणको सामान भित्र्याउन सघाइरहेको छ । जमुनाह नाकामा छोरी कुटेर बुहारी त्रसाए जस्तै गरेर जनतामा भ्रम छर्ने काममात्र भएको छ,’ ति प्रत्यक्षदर्शीले भने ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

सशस्त्र प्रहरीले कमिसनका लागि सर्वसाधारणको सामान खोसेर भन्सार पुर्याउने गरेको पीडित बताउँछन् । भन्सार गराउनका लागि जमुनाह नाकामा सशस्त्र प्रहरी खटिएको छ । भारतबाट ल्याउन लागेको अवैध सामान नियन्त्रणमा लिएर भन्सार गराउने उद्देश्यले सरकारले सशस्त्र प्रहरीलाई त्यहाँ खटाएको हो, तर पक्राउ गरिएको सामान लिलाम गराउँदा आफूलाई कमिसन आउने भएकोले सशस्त्र प्रहरीले सर्वसाधारणको सामान भन्सार गर्न नदिएर जवरजस्ती भन्सार कार्यालय पुर्याउने गरेको सर्वसाधारणको गुनासो छ ।

सर्बसाधारण नागरिकसँग सय रुपैयाँ भन्दा बढी सामानको भन्सार शुल्क लिए पनि आफन्त र चिनेजानेकाहरुलाई सशसत्र प्रहरीले हजारौँ रुपैयाँ बराबरको सामान निर्वाध रुपमा लैजान दिने गरेको प्रत्यक्षदर्शी बताउँछन् । सर्बसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सिमापारीबाट सेटिङमा भने करोडौं मुल्यका सामान भित्र्याउने गरेको नाम नबताउने शर्तमा एक जना तस्करले बताए । उनका अनुसार सशस्त्र प्रहरीले एक जना तस्करसँग मासिक तीन लाख रुपैयाँ लिदै आएको छ ।

नेपालगन्जस्थित नेपाल–भारत सिमाक्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आधा दर्जनबढी चेक पोष्टहरु राखिएका छन् । यिनै चेकपोष्ट भएर भन्सार कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणको सामान भित्र्याउने गरेका छन् । भन्सार सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी बललाई विशेष जिम्मेवारी दिएको छ ।

ADVERTISEMENT

नेपालगन्ज भन्सार सुरक्षाका लागि डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालित छन् । यस्तै बाँकेको विभिन्न सिमाक्षेत्रमा सशस्त्र प्रहरीका बिओपी स्थापना छन् । तर यिनै सशस्त्र प्रहरीहरु तस्करसँगै मिलेर सामान तस्करीमा संलग्न हुने गरेको स्थानीयको गुनासो छ ।

भारतबाट अबैध रुपमा सामान भित्रिरहँदा यहाँका उद्योगी, ब्यवसायी समेत निराश भइरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सिमा क्षेत्रमा थरी–थरीका चेकपोष्ट हुँदा पनि ठुलो परिमाणको सामान अबैध रुपमा भित्रिनु लज्जाको विषय भएको बताउँछन् । ‘चोरी निकासी पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं, तर पनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ‘अबैध रुपमा सामान भित्रिदाँ निजी क्षेत्रले जसरी घाटा ब्यहोर्नु परेको छ, सरकारले पनि ठुलो परिमाणमा राजस्व गुमाइरहेको छ ।’

कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो बिना सिमापारीबाट अबैध रुपमा सामान भित्रिनै नसक्ने उनको जिकिर छ । पछिल्लो समयमा बाँकेका विभिन्न अबैध नाकाबाट समेत तस्करले अबैध रुपमा सामान भित्र्याउने क्रम चलिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाको नरैनापुर, डुडुवा, जानकी, खजुरा गाउँपालिका अन्र्तगत पर्ने अबैध सिमा नाकाबाट पनि सुरक्षाकर्मीको मिलेमतोमा सामान भित्रिने क्रम चलिरहेको बताइएको छ । सिमापारीबाट अबैध सामान भित्रिरहेको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुखको फोन उठेन । भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले भन्सार नियम अनुसार सामान जाँचपास गरेर भन्सार शुल्क लिने गरिएको दाबी गरे ।

Share213Tweet123SendShare
Previous Post

दसैँमा घर जाने सैनिक तथा परिवारलाई हवाई तथा स्थल यातायात सुविधा

Next Post

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद  एक व्यक्ति पक्राउ

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

निगमका सबै जहाज सञ्चालनमा

निगमका सबै जहाज सञ्चालनमा

अझैँ रोकिएन सशस्त्र प्रहरीका घुमुवाको असुली धन्दा, सेटिंगमा आएको चामल र चिनी बरामद

अझैँ रोकिएन सशस्त्र प्रहरीका घुमुवाको असुली धन्दा, सेटिंगमा आएको चामल र चिनी बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?