ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

News Desk by News Desk
३:१७ मध्यान्ह, कार्तिक ३, २०८०
डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ
386
सेयर
376
VIEWS
ShareTweetSendShare

ढोरपाटन कात्तिक ३ गते ।
केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो ।

दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ ।

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताए । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोलि गाउँमा पिङ हाल्न छोडिएको थापाले बताउनुभयो । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताछन् पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उनको भनाइ छ । थापाले दसैँ आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताए ।

“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो (बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन”, उनले भने, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच÷छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन् ।”

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताए। दसैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उनको भनाइ छ । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउनुहुन्छ । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाए। पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उनको भनाइ छ ।

“दसैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच÷छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उनले भने ।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरुप बनाएको बताए। अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उनको भनाइ छ । रासस

ADVERTISEMENT
Share160Tweet94SendShare
Previous Post

ब्राउन सुगरसहित युवक पक्राउ

Next Post

घट्यो भारतबाट फर्किने नेपालीको संख्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
घट्यो भारतबाट फर्किने नेपालीको संख्या

घट्यो भारतबाट फर्किने नेपालीको संख्या

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

मिर्गौला पीडित बिरामीलाई लाइफलाइन हस्पिटलले दियो निशुल्क तालिम

मिर्गौला पीडित बिरामीलाई लाइफलाइन हस्पिटलले दियो निशुल्क तालिम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:20 am5:46 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 94%
Pressure: 1013.21mbar
UV index: 0
MonTueWed
30°C / 17°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?