ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बैंकको ब्याजदर नघटाए सरकार ढाल्ने बाँके र बर्दियाका ब्यापारीको चेतावनी

News Desk by News Desk
९:२८ मध्यान्ह, पुस ७, २०८०
बैंकको ब्याजदर नघटाए सरकार ढाल्ने बाँके र बर्दियाका ब्यापारीको चेतावनी
430
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
बैंकको चर्को ब्याजदर नघटाए सरकार ढाल्ने चेतावनी बाँके र बर्दियाका ब्यापारीले दिएका छन् । बैंकले बढाएको ब्याजको विरोधमा आन्दोलन गर्ने केहिदिन अघिको घोषणा अनुसार यहाँका ब्यापारीले शनिवार नेपालगन्जमा विरोध सभा गरेर बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघको अगुवाईमा भएको विरोध सभामा बर्दिया र सुर्खेतका उद्योगी, ब्यवसायीले समेत ऐक्यवद्धता जनाउँदै बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सरकारलाई असहयोग गर्ने स्पष्ट पारे ।

धम्बोझी चोकमा भएको विरोध सभामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल रावतले उद्योगी, ब्यवसायीसँग सरकार ढाल्ने ताकत भएको बताउँदै समयमै समस्या समाधान नगरे सरकारलाई समस्या हुने धारणा राखे । ‘हामीसँग सरकार बनाउने र ढाल्ने शक्ति छ । सरकारले बेलैमा ब्याजदर नघटाए आन्दोलनको आँधिबेहरी मार्फत सरकार ढाल्ने छौँ,’ उनले भने ।

उनले नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले जुन ब्याजदरमा ऋण लिएको हो सोही दरमा ब्याज कायम गर्नुपर्ने बताए । उनले उद्योगी ब्यवसायीले ऋण मिन्हा गर्न माग गरेको नभई पहिलेकै दरमा ब्याज लिन माग गरेको जिकिर गरे । ‘पहिले ८ प्रतिशत ब्याज लिने गरि ऋण दिएका बैंकले बढाएर १६ प्रतिशत पुर्याउँदा धेरै उद्योगी, ब्यवसायीले ऋण तिर्न नसकेर बन्द भएका छन्,’ उनले भने, ‘बैंकको ब्याज तिर्न नसकेर कतिपयले हात्महत्या गर्न परेको छ । ब्याज नघटाए नेपालगन्जबाट सुरु भएको आन्दोलनलाई देश ब्यापी बनाएर सरकारलाई अप्ठ्यारो बनाउँछौँ ।’

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

मधुवन उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा रिमालले बैंकले ब्याजदर बढाउँदा उद्योग, ब्यापार धरासायी भएको बताउँदै सरकारले यस विषयमा नसोँचे अझ भयावह अवस्था आउने जिकिर गरे । उनले बैंकको ब्याजदर समायोजन गर्न सरकारले बेलैमा ध्यान नदिए राज्यमा आर्थिक संकट आउने दावी गरे । उनले भने, ‘बैंकको ब्याज तिर्न नसक्दा धेरै उद्योगी, ब्यापारीले पसल र उद्योगमा ताला लगाउनु परेको छ । सरकारले बेलैमा नसोँचे अझैँ भयावह अवस्था आउने छ र यसबाट सरकारलाई ठूलो नोक्सान हुने छ ।’

विरोध सभामा कोहलपुर उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटाले कोरोनाको बेला ब्यापार, ब्यवसाय बन्द गर्न लगाएको सरकारले ऋणको ब्याजदर बढाएर ब्यापारीको घाउमा नुन, चुक लगाएर झनै घाइते बनाएको बताए । उनले सुरुमा जुन ब्याजदरमा ऋण दिएको हो सोही दरमा ब्याज कायम गर्नुपर्ने बताए । ‘हाम्रो यो सिनेमको टेलर मात्र हो । पूरै सिनेमा बाहिर आए उद्योगी, ब्यवसायीको तुफाने सरकार छिनभरमै ढल्ने छ,’ उनले भने, ‘उद्योगी, ब्यवासीको आँधिबेहरी आए सरकारलाई बचाउन कोहि बाहिर आउने आँट गर्ने छैन । बचाउन हार गुहार गरे पनि कसैले साथ दिने छैन ।’

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले बैंकको ब्याजले उद्योगी, ब्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुग्दासमेत सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्य भएको धारणा राखे । उनले ब्यापारीहरुले दिएको चन्दाले राजनीतिक दलहरु चलेको बताउँदै सरकारले बेलैमा ब्याजदर नघटाए आन्दोलनको आँधिबेहरीले सरकारलाई बढार्ने दावी गरे । उनले भने, ‘उद्योगी, ब्यापारीको आन्दोलनलाई कम नआक्ने मेरो आग्रह छ । ब्यापारी, उद्योगीको करले देश र राजनीतिक दल चलेका छन् । समयमै ब्याजदर समायोजन नभए सरकारलाई बढार्ने आँधिबेहरी सिजर्ना गर्छौँ ।’

ADVERTISEMENT

बर्दियाका उद्योगी, ब्यवसायीको समेत सहभागिता रहेको विरोध सभामा ब्यवसायिक सरोकार मंच बाँके अध्यक्ष देवानन्द अर्यालले पनि ब्याजदर समायोजन नभए सरकारलाई असहयोग गर्ने र सरकार गिराउने आन्दोलन गर्ने चेतावनी दिए ।

Share182Tweet103SendShare
Previous Post

खेल सामाग्री हस्तान्तरण पछि राप्ती सोनारी ७ का खेलाडीमा उत्साह

Next Post

विपन्न किसानलाई साना सिंचाई सुविधा प्रदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
Next Post
विपन्न किसानलाई साना सिंचाई सुविधा प्रदान

विपन्न किसानलाई साना सिंचाई सुविधा प्रदान

पर्यटकीय गन्तव्यको ब्राण्डिङ गर्ने योजनामा पालिकाहरु

पर्यटकीय गन्तव्यको ब्राण्डिङ गर्ने योजनामा पालिकाहरु

सहकारी ठगीको अन्तिम सुनुवाइ सुरु

सहकारी ठगीको अन्तिम सुनुवाइ सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?