ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कृषिलाई व्यावसायिक बनाउँदै राप्ती सोनारी

News Desk by News Desk
९:३० बिहान, फाल्गुन ९, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
406
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका कृषि उपज उत्पादनका लागि पकेट क्षेत्रकै रुपमा परिचित रहेको छ । ९ वटा वडा रहेको राप्ती सोनारी गाउँपालिकाका सबै वडा कृषि उपज उत्पादनका दृष्टिकोणले सम्भावना बोकेका वडाहरु हुन् । त्यसैले पनि पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल बताउँछन् ।

उनका अनुसार राप्ती सोनारी गाउँपालिका अन्न उत्पादनका दृष्टिकोणले मात्र नभएर पशुपालनका क्षेत्रमा पनि उत्तिकै अब्बल र सम्भावनायुक्त पालिका हो । बाख्रा पालनका हिसावले वडा नं.१, २, ८ र ९ पकेट एरिया नै हुन् । गाई र भैसी पालनका हिसावले पनि यी क्षेत्र अनुकूल रहेको उनको भनाइ छ । ‘मासुजन्य र दुग्धजन्य बस्तुको उत्पादनका दृष्टिकोणले यहाँ पर्याप्त सम्भावन छ उनी भन्छन्–‘राप्ती पारीको भुगोलमा धान, गहुँ, मकै राम्रो उत्पादन भइरहेको छ ।’

त्यही भएर पालिकाले व्यवसायिक किसान बनाउनका निमित्त अनुदानका कार्यक्रमहरुलाई प्रभावकारी गराउँदै लगेको उनको भनाइ छ । ‘कृषि तथा पशुपंछीका लागि चालू आर्थिक वर्षमा मात्रै २ करोड २० लाख बजेट विनियोजन गरिएको छ उनले भने–‘वीउविजन, कृषि उपकरण तथा पशुपालनका लागि पनि अनुदानको व्यवस्था स्थानीय सरकारले गरेको छ ।’ पालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने गरी नीति तथा कार्यक्रममै जोड दिइएको उनको भनाइ छ । कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण गर्ने पालिकाको नीति रहेको उनले सुनाए ।

कृषकलाई मल, बीउ, कृषि सामाग्री, सिंचाइँ मिटर वितरण लगायतका कार्यक्रम भइरहेको कृषि शाखा प्रमुख चन्द्र कमारी शाहीले बताइन् । उनले चालू आर्थिक वर्षको ६ महिनामा २५ प्रतिशत प्रगति हासिल शाखाले गरेको पनि जानकारी दिइन् । चालू आर्थिक वर्षका लागि बसन्ते मकै खेतीका लागि कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा पालिकाले साढे १८ क्विन्टल मकैको वीउ वितरण गरिएको छ । वडा नं.९ मा ३० किलो, वडा नं.८ मा ६ क्विन्टल, वडा नं.३ मा ५ क्विन्टल र वडा नं.२ मा ७ क्विन्टल रामपुर हाइब्रेड र अरुण २ जातको मकैको वीउ वितरण गरिएको कृषि विकास शाखाका नायव प्राविधिक सहायक खड्क खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

उनका अनुसार राप्ती सोनारी गाउँपालिका वडा नं.२ स्थित सिर्जनशील दलित कृषक समूहलाई मकै पकेट कार्यक्रमलाई निरन्तरता पनि दिएको छ । पालिकाले मसुरो र गहुँको वीउ वितरण कार्यक्रम पनि सम्पन्न गरिसकेको उनले जानकारी दिए । मसला खेती प्रवर्धनका लागि ५० प्रतिशत अनुदानमा तरकारीको वीउ तथा प्लाष्टिक मलचिङ वितरणको तयारीमा पालिका छ । वडा नं.५ को ललै र वडा नं.१ को जरुपवामा वगर खेतीको लागि अन्तिम तयारी भइरहेको पनि उनले सुनाए ।

यसैगरी वडा नं.९ र ५ मा कम्पोष्ट तथा गड्यौला कार्यक्रम कार्यान्वयनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । राप्ती सोनारी गाउँपालिकाका ९ वटै वडामा माटो परीक्षण शिविर संचालन गर्ने कार्यक्रम पनि यो चालू आर्थिक वर्षका लागि तयार पारिएको छ । आर्थिक वर्ष ०७९÷८० मा पालिकाले कृषि विकास तथा धान प्रर्वधन कार्यक्रम १, मकै पकेट क्षेत्र २, धान पकेट १, तरकारी ब्लक कार्यक्रम १, मकै ब्लक कार्यक्रम १, च्याउ पकेट कार्यक्रम १ र पुष्प प्रवर्धन कार्यक्रम १ वटा संचालन गरेको थियो ।

त्यसैगरी धानको वीउ १ हजार ६० क्विन्टल, गहुँको वीउ ४४२ क्विन्टल, फलपूmलको विरुवा १२ हजार, च्याउको वीउ ८ हजार प्याकेट वितरण गरिएको शाखा प्रमुख शाहीले जानकारी दिइन् । यसैगरी मेशीनरी औजार तर्फ बोरिङ ४० वटा, पम्पसेट २५ वटा, मोटर २०७ वटा, पावर टेलर २२ एचपी १५ वटा, मिनी टेलर ७ वटा वितरण गरिएको थियो । स्प्रे ट्यांकी ५० वटा, इ रिक्सा १ वटा वितरण गरिएको थियो ।

ADVERTISEMENT
Share168Tweet99SendShare
Previous Post

दूधको मूल्य निर्धारणमा बिचौलिया हाबी

Next Post

नेपालगन्ज–बघौडा हुलाकी सडक बन्दै छ फराकिलो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान
कृषि

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

१२:४१ बिहान, अशोज ३०, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित
कृषि

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

३:३५ बिहान, अशोज ११, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
Next Post
नेपालगन्ज–बघौडा हुलाकी सडक बन्दै छ फराकिलो

नेपालगन्ज–बघौडा हुलाकी सडक बन्दै छ फराकिलो

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

दाङमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 31°C
Wind: 14km/h W
Humidity: 54%
Pressure: 1012.53mbar
UV index: 4
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?