ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

रुसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा

News Desk by News Desk
५:२७ मध्यान्ह, चैत्र १०, २०८०
रुसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा
389
सेयर
377
VIEWS
ShareTweetSendShare

मस्को चैत १० गते । 
मस्कोस्थित कन्सर्ट हल ९क्रोकस सिटी हल० मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रुसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।

आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रूसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी रूसी सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् ।

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा आजको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

गुटेर्रेसले रुसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रूसीसरकारप्रति भावपूर्ण समवेदना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रूसी सरकार र अन्य अधिकारीहरूसँग आतङ्कवादका यी निन्दनीय कार्यहरूका दोषी र समर्थकहरूलाई जबाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ ।

ADVERTISEMENT

“सुरक्षा परिषद्का सदस्यहरूले जघन्य र कायरतापूर्ण आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

रूसी नेता पुटिनले यस आक्रमणबारे समाचार तयार पार्दासम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस जघन्य आतङ्कवादी आक्रमणको भर्त्सना गर्दै भन्नुभएको छ,, “दुःखको यस घडीमा भारत सरकार रूसी महासङ्घका जनतासँग ऐक्यबद्धताका साथ उभिएको छ ।”

जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायाशी माकीले आक्रमणको निन्दा गर्दै जापानले शोक सन्तप्त रूसी नागरिकप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइते जनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

त्यसैगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रूसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीनले सबै प्रकारका आतङ्कवादको विरोध गर्ने, आतङ्कवादी आक्रमणको कडा निन्दा गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका लागि रूसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने कुरामा जोड दिनुभएको छ ।

विगत दुई वर्षदेखि रूसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेख्नुभएको छ, “युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन ।”

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले ‘मस्कोमा भएको आतङ्कवादी हमला पुटिनको आदेशमा रुसी विशेष सेवाहरूको योजनाबद्ध र सुनियोजित उक्साहट भएको’ बताउँदै युक्रेनसँगको युद्धलाई थप चर्काउने र विस्तार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भन्नुभयो, “यस भयानक गोलीकाण्डका पीडितहरूप्रति हाम्रो समवेदना छ । ‘घटनास्थल र वरपरका तस्बिरहरू भयानक छन् र हेर्न गाह्रो छ ।”

ह्वाइट हाउसका अनुसार अमेरिकाले मार्चको सुरुमा रुसका अधिकारीहरूलाई मस्कोमा हुने ‘ठुलो जमघट’लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन (ईयू) ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ ।

“इयूले नागरिकमाथि हुने कुनै पनि आक्रमणको निन्दा गर्दछ । प्रभावित सबै रूसी नागरिकप्रति हाम्रो समवेदना छ,” ईयूका प्रवक्ताले बताउनुभयो ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इस्लामिक स्टेट (आइएस)ले रुसमा गरेको आतङ्ककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताएका छन् ।

“फ्रान्सले पीडित, उनीहरूका प्रियजन र सम्पूर्ण रुसी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछ,” फ्रान्सको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।

“मस्को नजिकैको क्रोकस सिटी हलमा निर्दोष मानिसहरूमाथि भएको भयानक आक्रमणका चित्रहरू भयानक छन् । घटनास्थल र पृष्ठभूमिको छिट्टै अनुसन्धान हुनुपर्छ,” जर्मनीको विदेश मन्त्रालयद्वारा एक्स (ट्विटरमा)मा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई ‘आतङ्कवादी कार्य’ भन्नुभएको छ ।

“मस्कोमा निर्दोष नागरिकको नरसंहारको भयावहता अस्वीकार्य छ,” मेलोनीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ”, “प्रभावित जनता र पीडित परिवारप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।”

मेक्सिकोको विदेश मन्त्रालयले नागरिकको जीवनविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधिलाई अस्वीकार गर्ने जनाएको छ । रासस/एएफपी

Share163Tweet94SendShare
Previous Post

सत्ताइस प्रतिशत नागरिकमा मात्रै गुणस्तरीय पानीको पहुँच

Next Post

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २२, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:०० बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
Next Post
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

आईपीएल क्रिकेटमा कोलकाता र पञ्जावको विजयी शुरुवात

आईपीएल क्रिकेटमा कोलकाता र पञ्जावको विजयी शुरुवात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?