ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

News Desk by News Desk
१०:३६ मध्यान्ह, कार्तिक २३, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
386
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २३ गते ।
दुई छिमेकी देश पाकिस्तान र अफगानिस्तानबीचको संघर्षविराम वार्ताको तेस्रो चरण शनिबार कुनै सम्झौताबिना सकिएको छ । यही नोभेम्बर ६ देखि टर्कीको इस्तानबुलमा वार्ता भएको थियो ।

सीमापार आतंकवाद नियन्त्रण गर्ने विषयमा वार्ता भंग भएकामा दुवै पक्षले एकार्कालाई दोषारोपण गरेका छन् । टर्की र कतारको मध्यस्थतामा भएको दुईदिने वार्तामा अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गैरजिम्मेवार र असहयोगी अडान लिएको आरोप लगाएको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमा भनेका छन्, “छलफलका क्रममा पाकिस्तानी पक्षले अफगानिस्तानको सुरक्षाका निम्ति वा आफ्नै सुरक्षाका लागि कुनै जिम्मेवारी लिन तयार नभई आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारतिर पन्छाउने प्रयास ग¥यो ।”

पाकिस्तानी अधिकारीका अनुसार, तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)द्वारा अफगान भूमिबाट गरिने हमलाबारे आफ्नो देशको चिन्तालाई सम्बोधन गर्न यो वार्ता गरिएको थियो । तर, टीटीपीविरुद्ध कारबाही गर्ने लिखित प्रतिबद्धता दिन काबुलले अस्वीकार गरेपछि वार्तामा कुनै सफलता प्राप्त हुन सकेन ।

सम्बन्धित समाचार

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले वार्ता अनिश्चितकालका निम्ति स्थगन भएको बताए । उनले एक निजी टेलिभिजन च्यानललाई भने, “पूर्ण रूपमा गतिरोध उत्पन्न भएको छ । वार्ता अनिश्चित चरणमा प्रवेश गरेको छ ।”

उनले थपे, “चौथो चरणको वार्ताका निम्ति कुनै कार्यक्रम छैन ।”

गएको महिना सीमामा भएको भीषण झडपपछि टर्की र कतारको मध्यस्थतामा पाकिस्तान र अफगानिस्तान शान्ति सम्झौता गर्न प्रयासरत थिए ।

ADVERTISEMENT

अक्टोबर ९ मा काबुलमा भएको विस्फोटका निम्ति तालिबानले पाकिस्तानलाई जिम्मेवार ठह¥याएको थियो । त्यसपछि दुई देशबीच घातक सीमासंघर्ष सुरु भएको थियो । तालिबानका अनुसार, पाकिस्तानी सेनाले सहरभित्र र बाहिरका धेरैजसो लक्ष्यमा बमबारी गरेको थियो ।

उक्त संघर्षमा ७० भन्दा बढी मानिसको ज्यान गयो । सयौँ घाइते भए । टर्की र कतारको मध्यस्थतामा युद्धविराम गराइएको छ ।

गएको हप्ता टर्कीले प्रान्तमा शान्ति कायम राख्न तथा सम्झौताका सर्त उल्लंघन भएमा कारबाही गर्न एक निगरानी संयन्त्र स्थापना गरिने घोषणा गरेको थियो ।

वासिङटनस्थित न्यु अमेरिका फाउन्डेसनका विशेषज्ञ तथा सन् २००४ देखि २०११ सम्म क्यानडा र फ्रान्सका निम्ति अफगान राजदूत रहेका ओमर समदले डीडब्ल्यूसँग भने, “अझै पनि धेरै प्राविधिक प्रश्न बाँकी छन् ।”

उनले थपे, “युद्धविरामको पालना कसले सुनिश्चित गर्छ, कुनै तेस्रो देश वा कुनै अन्तर्राष्ट्रिय संस्थाले ? काबुल र इस्लामाबादबीचको गहिरो अविश्वास, पुरानो सीमा विवाद र आतंकवादका फरक–फरक परिभाषाले यी वार्तालाई अझ जटिल बनाउँछन् ।”

पाकिस्तान र अफगानिस्तानले करिब २६ सय किलोमिटर लामो सीमा साझा गर्छन् । कुनै समय यी दुई देश घनिष्ठ साझेदार मानिन्थे । तर, पछिल्ला वर्षमा उनीहरूको सम्बन्ध उल्लेखनीय रूपमा बिग्रिएको छ ।

तालिबान सरकारले टीटीपीलाई आश्रय र सहयोग प्रदान गर्ने गरेको पाकिस्तानको आरोप छ । अफगान तालिबानले यी आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता सम्हालेपछि पाकिस्तानमा हमला र हिंसाका घटना तीव्र गतिमा बढेका छन् । त्यसको प्रतिक्रियास्वरूप पाकिस्तानले गत वर्षदेखि अफगानिस्तानको पूर्वी भागमा टीटीपीका संदिग्ध लक्ष्यमा हवाई हमला सुरु गरेको थियो । तालिबानका अनुसार, सन् २०२४ डिसेम्बरको अन्त्यतिर लडाकु विमान र ड्रोन हमलामा महिला र बालबालिकासहित कम्तीमा ४६ जनाको मृत्यु भएको थियो ।

अफगान राजनीतिक विश्लेषक अहमद सईदले चेतावनी दिए, “यदि, वार्ता असफल भयो भने दुई देशबीच पूर्ण युद्धको जोखिम पनि हुनसक्छ ।”

उनले थपे, “टीटीपीले अफगान तालिबानप्रति वफादारीको शपथ लिएको छ र दुवैले एउटै विचारधारा पालना गर्छन् ।”

यद्यपि, तालिबान शासन टीटीपीका लडाकु पाकिस्तानी सरकारविरोधी भएको र उनीहरूसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्छ ।

सन् २०२१ अगस्टमा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गर्दा पाकिस्तानले ‘न्यानो’ स्वागत गरेको थियो । पाकिस्तानले तालिबान आफ्नो घनिष्ठ सहयोगी बन्ने अपेक्षा गरेको थियो । तर, त्यो न्यानोपन लामो समय टिकेन ।

सईदले भने, “तालिबान सत्तामा आएपछि पाकिस्तानलाई लागेको थियो कि उसले तालिबानमाथि आफ्नो प्रभाव कायम राख्न सक्छ । तर, तालिबान आफ्नो स्वतन्त्र पहिचान कायम गर्न र भारतजस्ता अरू देशहरूबाट मान्यता पाउन प्रयासरत छ । त्यसैले उसले टीटीपीलाई – जसले कुनै समय अमेरिका र अफगान सरकारविरुद्ध लडेको थियो – आतंकवादी संगठनका रूपमा मान्यता दिन चाहँदैन ।”

यी सबै तनावबीच पाकिस्तानमा बसोबास गरिरहेका आमअफगान नागरिकमाथि दबाब निकै बढेको छ । प्रहरीले अफगानहरूको व्यापारिक प्रतिष्ठान र भाडाका घरमा लगातार छापा मारिरहेको छ । यो कारबाही सीमा क्षेत्रमा मात्र सीमित नरही इस्लामाबाद तथा अरू ठूला सहरमा पनि फैलिएको छ ।

आफ्नो पहिचान नखुलाउने सर्तमा एक अफगान नागरिकले डीडब्ल्यूसँग भने, “हामी लुकेर बसिरहेका छौँ । यसले हाम्रो परिवारलाई छिन्नभिन्न बनाएको छ । गिरफ्तारी र प्रहरी हिंसाको डरले कोही पनि स्थायी रूपमा एकै ठाउँमा बस्न सकिरहेका छैनन् । हाम्रा काम रोकिएका छन्, बालबालिकाले विद्यालय छाडिसकेका छन् । र, अब के गर्ने भन्ने अनिश्चितता छ ।”

धेरै अफगान नागरिकलाई उनीहरूको भाडाका घरको सम्झौता नबढाइने र भिसा प्रक्रियामा पनि समस्या आउने डर छ ।

अफगानिस्तान–पाकिस्तान सीमा दुई सातायता बन्द छ । सीमा केवल अफगान नागरिकलाई फिर्ता पठाउन खुला गरिएको छ । तालिबान अधिकारीका अनुसार, गएको हप्ताको अन्त्यसम्म करिब आठ हजार अफगान नागरिकलाई स्पिन बोलदक सीमानाका हुँदै कन्दहार प्रान्त पठाइएको छ ।

Share162Tweet93SendShare
Previous Post

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

Next Post

जेनजी आन्दोलनको क्रममा तोडफोड गर्ने नौ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:२७ बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म
अन्तर्राष्ट्रिय

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

८:५५ मध्यान्ह, भदौ १२, २०८२
अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार
अन्तर्राष्ट्रिय

अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

१०:५९ मध्यान्ह, भदौ ११, २०८२
कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो
अन्तर्राष्ट्रिय

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

१०:५२ मध्यान्ह, भदौ १, २०८२
कुवेतमा रहेका नेपालीलाई घातक पेय पदार्थबाट टाढा रहन दूतावासको आग्रह
अन्तर्राष्ट्रिय

कुवेतमा रहेका नेपालीलाई घातक पेय पदार्थबाट टाढा रहन दूतावासको आग्रह

६:४२ बिहान, साउन ३२, २०८२
उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ
अन्तर्राष्ट्रिय

उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ

१२:०० बिहान, साउन २२, २०८२
Next Post
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

जेनजी आन्दोलनको क्रममा तोडफोड गर्ने नौ जना पक्राउ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Partly Cloudy
6:57 am5:24 pm +0545
Feels like: 13°C
Wind: 3km/h ESE
Humidity: 98%
Pressure: 1018.96mbar
UV index: 1
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?