ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

वैदेशिक रोजगारीका लागि बाँकेबाट गएका १७७ जना नेपालीको मृत्यु

News Desk by News Desk
४:५० बिहान, असार २७, २०८१
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके असार २७ गते ।
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला छन् ।

आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको हो ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाँकेका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले नेपालमा सामी कार्यक्रम सञ्चालन भए यता आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका नागरिकको विदेशी भूमिमा मृत्यु भएको बताए । यसवर्ष मात्र २३ जनाको मृत्यु भएको छ ।

अधिकृत वलीका अनुसार वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाको १८ जना, खजुरा गाउँपालिकाका २५, वैजनाथ गाउँपालिकाका १५, कोहलपुर नगरपालिकाका १८, राप्तीसोनारी गाउँपालिकाका ५, नरैनापुर गाउँपालिकाका ५, डुडुवा गाउँपालिकाका ६ र जानकी गाउँपालिकाका ६ गरी ९८ जनाको ठेगाना उल्लेख छ ।

सम्बन्धित समाचार

बालन्याय कार्यान्वयन कमजोर : नौबस्तामा बालबन्दीको गुनासो

ईदको पूर्वसन्ध्यामा बाँकेका कैदीबन्दीलाई नयाँ लुगा वितरण

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

बाँकी ७९ जना बाँकेकै भए पनि कुन पालिकाका हुन भन्ने उल्लेख नभएको जानकारी दिए । वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायताका लागि बाँकेबाट उक्त सङ्ख्याका मृतकका परिवारले निवेदन दिएका छन् ।

सबैभन्दा बढी मलेसियामा ६१ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसपछि साउदी अरबमा ५४ जना, कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरब इमिरेट्समा ६ जना, कुवेतमा ४ जना, बहराइनमा ३ जना, नेपालमा २ जना, क्रोसियामा २ जना, र अफ्गानिस्तानमा १ जनाको मृत्यु भएको उनले बताए । नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक हुन् ।

क्यान्सर, कोभिडलगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना, अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट ८ जना र मृत्युको कारण थाहा नभएका २ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

पछिल्लो समय आत्महत्या गर्ने सङ्ख्यामा वृद्धि हुँदैगएको पाइएको उनले बताए । फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमा नेपालबाट विदेश काम गर्न गएका नेपाली दाजुभाइ र घरमा रहेका उनीहरुका परिवारका बारेमा नकारात्मक सन्देश फैलाउने भएकाले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ ।

पर्याप्त सूचना अभावका कारण विदेशमा मृत्यु भएका, घाइते भएका तथा घरमा रहेका उनीहरुका घरपरिवारले प्राप्त गर्ने सेवा सुविधाबाट अधिकांश नागरिक वञ्चित छन् । सूचना पहुँच पुगेपछि सेवा सुविधा लिने नागरिकहरु बढ्दै गएको उनले बताए ।

वैधानिकरुपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपाली नागरिकको मृत्यु भएमा सात लाख रुपियाँ वैदेशिक रोजगार बोर्ड र १४ लाख रुपैयाँ बिमा कम्पनीबाट उनका परिवारले क्षतिपूर्तिवापत पाउने व्यवस्था रेहेको वलीले जानकारी दिए । श्रम स्वीकृति लिएर गएका तर म्याद समाप्त भएकाको हकमा भने केवल २५ हजार रुपैयाँ मात्र पाउने व्यवस्था रहेको उनले बताए ।

उनका अनुसार काम गर्ने क्रममा कामदारलाई कुनै रोग लागेर विरामी भएमा वा अन्य कारणबाट घाइते भएमा सात लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाउने सुविधा छ । त्यसैगरी विदेश गएका नागरिकको नेपालमा रहेका घरका सदस्य बिरामी भएमा औषधी उपचार खर्च पाउने व्यवस्था छ ।

विदेश गएका नागरिकका नेपालमा रहेका घरपरिवारका सदस्यलाई क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर र पार्किन्सन गरी पाँचवटा रोग लागेमा ५० हजार रुपियाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था रहेको वलीले जानकारी दिए ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराउने गरेको छ ।

Share159Tweet99SendShare
Previous Post

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

Next Post

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

बालन्याय कार्यान्वयन कमजोर : नौबस्तामा बालबन्दीको गुनासो

७:२५ बिहान, चैत्र ६, २०८२
ईदको पूर्वसन्ध्यामा बाँकेका कैदीबन्दीलाई नयाँ लुगा वितरण
मुख्य समाचार

ईदको पूर्वसन्ध्यामा बाँकेका कैदीबन्दीलाई नयाँ लुगा वितरण

१:४८ बिहान, चैत्र ६, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

१:३२ बिहान, चैत्र ६, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

१:२९ बिहान, चैत्र ६, २०८२
लुम्बिनी र कोशीका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी
मुख्य समाचार

लुम्बिनी र कोशीका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी

८:२२ बिहान, चैत्र ५, २०८२
राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश
मुख्य समाचार

राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश

७:३० बिहान, चैत्र ५, २०८२
हुलाक सेवाको प्रभावकारिता बढाउन नेपालगञ्जमा अन्तरक्रिया
मुख्य समाचार

हुलाक सेवाको प्रभावकारिता बढाउन नेपालगञ्जमा अन्तरक्रिया

७:२० बिहान, चैत्र ५, २०८२
बाँकेका वन क्षेत्रमा डढेलो रोक्न विशेष अभियान सुरु
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो रोक्न विशेष अभियान सुरु

७:०९ बिहान, चैत्र ५, २०८२
Next Post
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

भारतबाट आएका जङ्गली हात्तीको आतंक

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हट्याे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?