ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

News Desk by News Desk
५:५२ बिहान, भदौ २१, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
394
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २१ गते ।
प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा उद्धारमा सहयोग पु¥याउन ‘मस्जिदबाट राहत सहायता अभियान’ सञ्चालन गरिएको छ। अभियानले राहत संकलन र वितरणसँगै देशभरका मस्जिद, मदरसा, सामाजिक संस्था तथा मुस्लिम समुदायलाई मानवीय सेवामा सक्रिय बनाउने उद्देश्य राखेको छ।

अभियानका सक्रिय अभियन्ता तथा समाजसेवी मेराज अहमद हिमालयका अनुसार भदौ ११ गतेदेखि अभियान सुरु गरिएको हो। २०७२ सालको भूकम्पका बेला नेपाली मुस्लिम समुदायले राहत तथा मानवीय सेवामा गरेको योगदानको अनुभवलाई आधार बनाएर यसपटक पनि विपत्तिको सुरुवाती चरणमै समुदायलाई परिचालन गर्ने उद्देश्यले अभियान थालिएको उनले बताए।

‘हाम्रो उद्देश्य आफैँले ठूलो मात्रामा राहत संकलन गरेर वितरण गर्नेभन्दा पनि समुदायलाई आफ्नो ठाउँबाट सेवामा जोड्नु हो,’ हिमालयले भने, ‘मस्जिद, मदरसा, सामाजिक संस्था र व्यक्तिहरूले आफ्नो क्षमता र पहुँचअनुसार सहयोग गरून् भन्ने हाम्रो प्रयास हो।’

उनका अनुसार विपत्तिमा सरकारको भूमिका महत्वपूर्ण भए पनि नागरिक समाज र समुदायको जिम्मेवारी पनि उत्तिकै हुन्छ। यही सन्देशसहित अभियानले विभिन्न ठाउँमा आवश्यकताअनुसार सूचना, परामर्श र समन्वयको काम गरिरहेको छ।

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनको पहलमा केही सक्रिय व्यक्तिहरूलाई जोडेर अभियान सुरु गरिएको हिमालयले बताए। अभियानमा पत्रकार, युवा, व्यवसायी तथा समाजसेवीहरू प्रत्यक्ष रूपमा जोडिएका छन्। उनीहरूबीच जिम्मेवारी बाँडेर सामाजिक सञ्जाल, ह्वाट्सएप तथा सञ्चार माध्यममार्फत अभियानको सन्देश फैलाउने काम भइरहेको छ।

‘कहाँ सहयोग आवश्यक छ, कसरी सहयोग गर्ने र सम्बन्धित निकायसँग कसरी समन्वय गर्ने भन्ने जानकारी पनि दिइरहेका छौँ,’ उनले भने।

अभियानप्रति विभिन्न ठाउँबाट उत्साहजनक प्रतिक्रिया आइरहेको हिमालयको दाबी छ। विशेषगरी मस्जिद तथा मदरसाका प्रतिनिधिहरूले राहतमा कसरी जोडिन सकिन्छ भनेर जानकारी मागिरहेको उनले बताए।

ADVERTISEMENT

‘हामीलाई दैनिक धेरै फोन र सन्देश आउने गरेका छन्। धेरैले आफ्नो ठाउँबाट के गर्न सकिन्छ भनेर सोध्नुहुन्छ,’ उनले भने, ‘यसले समुदायमा मानवीय सेवाप्रतिको इच्छाशक्ति बलियो रहेको देखाउँछ।’

अभियानले अहिलेसम्म संकलन गरेको राहत वा आर्थिक सहयोगको औपचारिक विवरण भने सार्वजनिक गरेको छैन। हिमालयले अभियानको प्राथमिकता रकमको हिसाब देखाउनु नभई बढीभन्दा बढी मानिसलाई मानवीय सेवामा जोड्नु रहेको बताए।

‘हामीले आर्थिक हिसाबकिताबलाई अभियानको मुख्य उपलब्धि मानेका छैनौँ। विभिन्न ठाउँका मानिस आफैँ राहत संकलन र सहयोगमा जोडिनुभएको छ। यही नै अभियानको उपलब्धि हो,’ उनले भने।

अभियानमा सीमित व्यक्तिलाई मात्र प्रत्यक्ष रूपमा जोडिएको विषयमा पनि उनले स्पष्ट पारे। धेरै व्यक्ति सार्वजनिक रूपमा जोडिँदा एउटै विषयमा फरक–फरक सन्देश जाने सम्भावना भएकाले अभियानको सार्वजनिक धारणा र सूचना प्रवाहलाई व्यवस्थित बनाउन केही जिम्मेवार व्यक्तिलाई मात्र प्रत्यक्ष भूमिकामा राखिएको उनको भनाइ छ।

‘यसको अर्थ अरूलाई अभियानबाट टाढा राख्नु होइन,’ उनले भने, ‘देशभरबाट आफ्नो ठाउँमा सहयोग गरिरहेका सयौँ साथीहरू नै अभियानको वास्तविक शक्ति हुनुहुन्छ।’

अभियानलाई लिएर केही ठाउँमा विरोध तथा भ्रम सिर्जना गर्ने प्रयास भएको विषयमा भने हिमालयले विवादमा नफस्ने बताए। लोकतान्त्रिक समाजमा आलोचना स्वाभाविक भएको उल्लेख गर्दै उनले अभियानको ध्यान आरोप–प्रत्यारोपभन्दा मानवीय सेवामा केन्द्रित रहेको बताए।

‘हामी कसैसँग विवाद गर्न चाहँदैनौँ। अहिलेको प्राथमिकता विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु हो,’ उनले भने।

उनले मस्जिदलाई धार्मिक गतिविधिको केन्द्रसँगै आवश्यक पर्दा सामाजिक तथा मानवीय सेवाका लागि समुदायलाई एकताबद्ध गर्ने माध्यमका रूपमा विकास गर्न सकिने बताए।

‘मस्जिद केवल नमाज पढ्ने स्थान मात्र होइन। आवश्यक पर्दा समाज र मानवताको सेवाका लागि समुदायलाई जोड्ने केन्द्र पनि बन्न सक्छ,’ हिमालयले भने।

अभियान तत्कालीन राहतमा मात्र सीमित नरहने उनको भनाइ छ। विपत्तिपछि प्रभावित परिवारको पुनःस्थापनासम्म समुदायको भूमिका आवश्यक हुने भएकाले राहतपछि पुनःस्थापनाका काममा समेत सहकार्य गर्ने योजना रहेको उनले बताए।

‘आज राहत चाहिएको छ, भोलि पुनःस्थापना चाहिन्छ। त्यसैले हाम्रो सोच पनि दीर्घकालीन हुनुपर्छ,’ उनले भने।

उनले नेपाली मुस्लिम समुदायसहित सबै नागरिकलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग गर्न आग्रह गरेका छन्। नगद, खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गर्नुका साथै स्वयंसेवकका रूपमा समय दिन सकिने उनले बताए।

‘सहयोगको आकारभन्दा भावना र आवश्यकता महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘विपत्तिमा परेका परिवारको साथमा उभिनु अहिलेको आवश्यकता हो।’

अभियान कुनै एक व्यक्ति वा समूहको नभई मानवीय सेवाका लागि समुदायलाई परिचालन गर्ने साझा प्रयास भएको हिमालयले बताए। राहत, उद्धार र पुनःस्थापनाका काममा राज्यसँगै समुदायको सहभागिता आवश्यक रहेको उनको भनाइ छ।

Share158Tweet99SendShare
Previous Post

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?