ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उपमहानगरको महत्वाकाक्षी ३९ करोडको योजना ६ महिनामै बन्द

जावेद अन्सारी by जावेद अन्सारी
१२:०५ मध्यान्ह, पुस १६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके पुस १६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको महत्वकाक्षी योजना मध्ये एक डम्पीङ साइटको फोहोर प्रशोधन केन्द्र निर्माणको ६ महिनामै बन्द देखिएको छ । सरकारी उदासिनता र उपमहानगरपालिकाको लापरवाहीका कारण यसको उचित व्यवस्थापन हुन सकेको छैन । यसले यो लक्ष्य अनुसार अघि बढ्न नसकेको स्थानीय नागरिक बताउँछन । ६ मनिामै योजना बन्द्य भएपछि करिब ३९ करोडको लागत रकम वालुवामा पानी सरह भएको छ ।

फोहोरबाट गल्ने वस्तुबाट मल बनाउने र नगल्ने वस्तु बिक्री गरी आर्थिक उपार्जन गर्ने योजनासहित सञ्चालनमा आएको नेपालगन्जको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ६ महिनामै बन्द भएको छ । प्रशोधन केन्द्रका मेसिन बन्द हुँदा फोहोर पनि जथाभावी फाल्न थालिएको छ ।

एसियाली विकास बैंक (एडिबी) को साझेदारीमा ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँमा फोहोर प्रशोधन केन्द्र निर्माण भएको हो । गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई प्रशोधन केन्द्रमा व्यवस्थापन गरिँदै आएको थियो । गल्ने फोहोरबाट मल बनाउन र नगल्ने वस्तुलाई बिक्री गर्ने अवधारणाअनुसार सञ्चालन भएको थियो ।

फोहोरबाट मलसँगै आर्थिक उपार्जन गर्ने उद्देश्यले निर्माण भएको प्रशोधन केन्द्रमा जडान भएका मेसिन बन्द छन् । ०७६ भदौमा उद्घाटन गरिएको प्रशोधन केन्द्र चैतदेखि बन्द रहेको छ ।

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

केन्द्रमा दैनिक २४ टन फोहोर भण्डारण गर्ने क्षमता छ । नेपालगन्जमा अहिले दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ । संकलन भएको फोहोरलाई प्रशोधन केन्द्रको चारवटा सेलमा राखेर कुहिने, नकुहिने र कडा खालका फोहोर छुट्याइने गरिएको थियो ।

पहिलो चरणमा कुहिने खालको फोहोरबाट कम्पोस्ट मल तयार गरिन्छ । इँटा, ढुंगालगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्यापिने गरिएको छ, तर अहिले कुहिने, नकुहिने (प्लास्टिक, इँटा, ढुंगा) छुट्याउने मेसिन सञ्चालनमा नआएपछि सबै फोहोर एउटै खाडलमा फाल्ने गरिएको छ ।

जनशक्तिको अभावमा मेसिन सञ्चालनमा नआएको नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा सरसफाइ शाखा प्रमुख प्रकाश डिसीले बताए । ‘एकातिर जनशक्तिको अभाव छ भने अर्कोतर्फ मजदुरलाई काममा लगाउँदा भीडभाड हुने र त्यसले कोरोना संक्रमण फैलिन सक्ने खतरा देखियो,’ शाखा प्रमुख डिसीले भने, ‘लकडाउन सुरु भएको दिनदेखि बन्द भएको काम अझै सुचारु भएको छैन ।’ पहिले ५० जना कार्यरत प्रशोधन केन्द्रमा अहिले ३० जना मात्र काम गरिरहेको उनले बताए ।

ADVERTISEMENT

अर्कातिर, उपमहानगरवासीले पनि सघाएका छैनन् । उपमहानगरले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरेको छ । तर, उपमहानगरवासीले फोहोर मिसाउने गरेको उनले बताए । ‘ल्यान्डफिल साइटमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भए पनि मेसिन सञ्चालन नहुँदा जैविक फोहोर पनि डम्पिङ साइटमा पुर्ने गरिएको छ,’ डिसीले भने ।

नेपालगन्ज उपमहानगरकी उपमेयर उमा थापामगरले पनि कोरोनाका कारण फोहोर छुट्याउने मेसिन सञ्चालनमा आउन नसकेको बताइन् । उद्देश्यअनुसार काम हुन नसकेपछि सबै फोहोर एउटै खाल्डोमा पुर्ने गरिएको उनको भनाइ छ । ‘फोहोरको वर्गीकरण गर्ने मेसिन सञ्चालनमा नआएकोले जैविक फोहोर र नगल्ने फोहोर छुट्याउन गाह्रो भएको छ,’ उपमेयर मगरले भनिन् ।

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्न नगरका हरेक घरमा बाल्टी र बोरा वितरण गरिएको छ । ‘स्थानीयलाई कुहिने फोहोर संकलन गर्ने बाल्टी र नकुहिने फोहोरका लागि बोरा निःशुल्क बाँडेका छौँ,’ उनले भनिन् । तैपनि, स्थानीय बासिन्दाले दुवै फोहोर मिसाइदिँदा समस्या भएको उपमहानगरले जनाएको छ ।

फोहोर प्रशोधन केन्द्र १३ बिघा पाँच कठ्ठामा निर्माण गरिएको छ । यसमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने जनाइएको छ । प्रशोधन केन्द्र निर्माणअघि बिडिए नेपालले सन् २०१४ मा गरेको अध्ययनअनुसार नेपालगन्जको फोहोरमा सबैभन्दा बढी अर्गानिक कुहिने फोहोर ६९ दशमलव ५५ प्रतिशत थियो ।

फोहोर वर्गीकरण गरी सड्नेबाट प्रांगारिक मल उत्पादन गरी बिक्री गर्ने र प्लास्टिक, फलामलगायत कवाडी सामान बेचेर भएको आम्दानीबाट प्रशोधन केन्द्रको सम्पूर्ण सञ्चालन खर्च व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो । यसको व्यवस्थापनका लागि मासिक कम्तीमा २७ लाख ५० हजार र वार्षिक तीन करोड ३० लाख रुपैयाँ खर्च हुन्छ ।

फोहोर डम्पिङ गर्न चारवटा सेल छन् । एउटाले कम्तीमा आठ वर्ष धान्ने लक्ष्य थियो । यो अवधिको डम्पिङको अवस्था हेर्दा एउटा खाल्डोले चार वर्ष पनि नथेग्ने देखिन्छ । चार वर्षमा एउटा खाल्डो भरिँदा १६ वर्षमै प्रशोधन केन्द्रका सबै खाल्डा भरिने भएको छ । साभार: नयाँ पत्रिका

Share147Tweet92SendShare
Previous Post

सल्यानमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

Next Post

लकडाउनमा पनि मानव वेचविखन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
Next Post

लकडाउनमा पनि मानव वेचविखन

राजापुर नगरपालिकाद्वारा वास प्लान कार्यान्वयनको सुरुवात

वाग्मतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइलनमा, कविता जोशीको ह्याट्रिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?