ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विकासमा फट्को मार्दै खजुरा गाउँपालिका

जावेद अन्सारी by जावेद अन्सारी
१२:४४ मध्यान्ह, जेष्ठ २८, २०७८
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके जेठ २८ गते ।
बाँकेको खजुरा गाउँपालिकाले स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा समग्र जिल्लाको मात्रै नभएर देशकै उदाहरणिय कार्य गर्दै आएको छ । भौतिक निर्माणको क्षेत्रमा समेत खजुराले उल्लेख कार्य गरेको पालिका अध्यक्ष किष्मत कक्षपतिले जानकारी दिनु भयो ।

सडक निर्माण, सडकको स्तर उन्नति, मर्मत तथा नाली निर्माण जस्ता कार्यमा उलेख्य कार्य गर्दै आएको खजुराका अधिकाश दुर दराजका सडकहरुले मुहार फेर्दै गएका छन् ।खजुरा गाउँपालिका साबिकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाउँ बिकास समितिहरु मिलि बनेको गाउँपालिका हो । स्थानियतह निर्माण संगै विभिन्न चुनौती र काम भए पनि समग्र बिकास संगै खजुराले भौतिक पुर्वाधार निर्माणमा उल्लेख कार्य गरेको स्थानियको बुझाई छ ।

खजुरा गाउँपालिकाले सरदरमा प्रत्यक बर्ष १६ किलोमिटर पक्की सडक निर्माण गर्दै हालसम्म ४८ सम्पन्न गरेको छ भने प्रत्यक बर्ष ४० किलोमीटर बाटो स्तर उन्नति ग्राभेल गर्ने कार्य गर्दै आएको छ । त्यस्तै खजुरा गाउँपालिकामा ३ वटा चिल्ड्रेन पार्क र एउटा जेष्ठ नागरिक पार्क निर्माण गरिसकेको छ । खजुरामा जेष्ठ नागरिककै लागि एउटा खुसियाली घर निर्माण सम्पन्न भैसकेको छ भने एउटा भने निर्माणाधिन अवस्थामा रहेको छ ।

खजुरालाई खेलकुदको हबको रुपमा बिकास गर्न र बिगत लामोसमय देखि जिल्लामा खजुराले खेलकुदमा राखेको बर्स्चश्व कायम गर्न र खेलकुदको गिरिरहेको स्थानियको चासोलाई कम गर्न गाउँपालिकाले खजुरा वडा नम्बर चारमा मिनि रंगशाला निर्माण कार्य समेत उदाहरणिय बनेको छ ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नेपालगन्ज गोल्डकप समेत आयोजना सम्पन्न गरेको उक्त रंगशालाले खजुरामा खेलकुदको संभावनालाई समेत जिवित राख्न सफल भएको छ । त्यस्तै खेलकुदकै क्षेत्रमा खजुरा वडा नम्बर दुइमा खेलकुद ग्राम स्वीकृत भैसकेको र सोको निर्माण कार्य आरम्भ भएको छ ।

जनतालाई प्रत्यक्ष सरोकार राख्ने बाटो पुल पुलेसा मात्रै होईन समग्र गाउँपालिकाबासीको लागि आवश्यक पर्ने कृषि र अन्य क्षेत्रमा समेत उपयोगी रहने भौतिक पुर्वाधार निर्माणका लागि खजुराले योजना तयार गरेर निर्माण गर्दै आएको छ । खजुरा गाउँपालिकाले खजुराको कृषी क्षेत्रको बिकासको लागि र कृषकको प्रत्यक्ष सरोकार राख्ने १ हजार ५ सय मेट्रीक टनको शीत भण्डार निर्माण कार्य हुँदै छ भने ५ सय जना क्षमताको बहुउद्देश्यीय सभा हलप समेत निर्माणाधिन अवस्थामा छ ।

खजुरा गाउँपालिका वडा नम्बर तीन बि गाउँ स्थित खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण स्थलको ६ बिगाह १० कठ्ठा जमिनको दर्ता प्रक्रिया सम्पन्न गरिसकेको र पालिकाको प्रशासनिक भवन निर्माणका लागि प्रारम्भिक कार्य सम्पन्न भैसकेको छ भने चालू आव देखि निर्माण प्रक्रियामा रहेको छ ।

ADVERTISEMENT

उसो त खजुरा गाउँपालिका कृषि, स्वास्थ्य, खेलकुदको लागि मात्रै परिचित होईन , शिक्षा तथा रोजगारको लागि समेत भौतिक तथा सामुदायिक बिकासको काममा अगाडी रहेको छ, सोही अनुरुप खजुरामा औधोगिक ग्राम निर्माणको लागि प्रक्रिया पूरा गरेको छ भने सोको लागि आवश्यक पर्ने जमिन खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित पुरैनिमा हालसम्म १६ बिगाह जमिनमा तारबार लगाउने कार्य समेत सम्पन्न गरिसकेको छ ।

खजुरा गाउँपालिकाले निर्माणको क्षेत्रमा गरेको उलेख्य कार्य र योजनाले मुर्तरुप लिनेमा स्थानिय आशाबादी समेत छन् । जनताको आशा र भरोसामा खरो उत्रेको खजुराले अझै केही बाटो तथा पुल पुलेसामा लगानी गर्नुपर्ने देखिन्छ । खजुरा वडा नम्बर तीन स्थित तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको धौलागिरी- बि गाउँ जोड्ने पुल बिगत चार दशक देखि जिर्ण रहेको छ ।

सो पुल हुदै गौघाट र बर्दियालाई जोड्ने काम गर्दछ । पुल निर्माण हुँदा हाल निर्माणको क्रममा रहेको गाउँपालिकाको प्रशासनिक भवन सम्म पुग्न धौलागिरी र एक नम्बरलाई समेत सहज हुने छ ।

Share152Tweet95SendShare
Previous Post

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Next Post

बागेश्वरीको समाचार प्रमुखमा ढकाल नियुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post

बागेश्वरीको समाचार प्रमुखमा ढकाल नियुक्त

खनाल-नेपालको भान्सा घरमा २७ दिनमा ८ हजारले खाना खाए

माओवादी निकट कर्मचारी महासंघद्धारा ५० जना मजदुरलाई राहत सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:14 am5:57 pm +0545
Feels like: 24°C
Wind: 5km/h WNW
Humidity: 87%
Pressure: 1012.87mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
30°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?