ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती

News Desk by News Desk
८:५४ मध्यान्ह, फाल्गुन १७, २०८०
बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती
393
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके फागुन १७ गते ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र छ– एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन ।

भौतिक पूर्वाधारका ठूला–ठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् । उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू बताउँछन् । स्थानीय सरकार आएपछि आफ्नो गाउँको स्वरुपमा केही परिवर्तन हुन्छ भन्ने आशा पलाएको बताउँछन् आशाराम चमार । “अबको समय पहिलाको जस्तो छैन ।

हामीलाई स्थानीय सरकार बनेपछि केही हुन्छ कि भन्ने ठूलो आशा थियो तर आजसम्म पनि हाम्रो गाउँ जस्ताको त्यस्तै छ ।” आशारामले भने, “हाम्रो गाउँमा आवतजावतका लागि सामान्य बाटो त बन्न सकेको छैन बाँकी अरु विकासको के कुरा गर्नु ?” एकै ठाउँमा गुजुमुज्ज परेको बस्तीमा वडाको ४० प्रतिशत बसोबास रहेको छ । किङगरियनपुर्वा बस्तीमा प्रवेश गरेपछि हिँड्ने बाटोबाहेक चौडा बाटो देखिँदैन । उक्त गाउँमा बाटोको समस्याले स्थानीयवासीलाई वर्षौँदेखि सास्ती व्यहोर्नु परिरहेको सायद किङगरियाले बताए । “गाउँघरसम्म ठूला गाडी आउन सक्दैन ।

बस्तीभित्र साँघुरो हिँड्नेबाहेक अन्य चौडा बाटो छैन”, उनले भने, “हाम्रो गाउँमा बस्ती बाक्लो छ तर बाटोको समस्याले गाउँमा ठूला सवारीसाधन आउन सक्दैन । गाउँघरमा विवाह भयो भने गाउँबाट टाढै बस, ट्रयाक्टर राख्नुपर्छ ।” आशाराम र सायदले जस्तै नसिब किङगरियाले पनि आफ्नो गाउँको विकासमा स्थानीय सरकारको ध्यान नजाँदा वर्षौँदेखि सास्ती सहँदै आएको गुनासो गरे । नसिबको भनाइअुनसार किङ्गरिया बस्तीमा कसैको घर बनाउनुपर्यो भने इँटा, माटो, सरिया, सिमेन्टजस्ता गह्रौँ सामान लैजानपर्यो भने गाउँदेखि धेरै परबाट मानिसले काँधमा बोकेर लैजानुपर्छ । बस्तीभित्र सवारीसाधन जानका लागि फराकिलो बाटो नभएकै कारण आफूहरूले वर्षौँदेखि समस्या झेलिरहेको उनले बताए ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

उक्त बस्तीमा कोही बिरामी पर्दा घरसम्म एम्बुलेन्स आउन नसकेको गुनासो गर्दै अर्का स्थानीय रामप्यारी चमारले बाहिर पर बाटोसम्म बिरामीलाई बोकेर लैजानुपर्ने गुनासो गरे । “महिला सुत्केरी हुँदा होस् या वर्षायाममा सर्पले टोक्दा होस् हामीलाई लिन आएको एम्बुलेन्स पनि गाउँभन्दा पर उभिएको हुन्छ”, रामप्यारीले ििभनन्, “बस्तीमा न बाटोको सुविधा छ न नालाको नै । बस्तीभरि नै फोहर छ ।” गर्मीयाम सुरु हुनैलाग्दा किङगरियनपुर्वामा भएको फोहरले स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको स्थानीयको भनाइ छ ।

वर्षायाममा बस्तीभरि पानी जमेर हिँड्न सकिँदैन । उक्त बस्तीमा एम्बुलेन्स, दमकल, ट्रयाक्टर, बस पुग्नु त परको कुरा हो । किङगरियनपुर्वमा एक हजार घरधुरी छन् भने वडामा छ–सात हजार जनसङ्ख्या रहेको छ । वडाध्यक्ष अब्दुल गफ्फार हल्वाईले वडाभित्र बाटो चौडा गर्ने योजना बारम्बार ल्याउँदा स्थानीयवासीको असहमतिले बाटो निर्माण हुन नसकेको बताए ।

“वडाभित्र रहेको बस्तीमा बाटो र सरसफाइलाई पहिलो प्रथामिकतामा राखेका छौँ । किङगरियनपुर्वामा पनि बाटोका लागि पहल नभएको होइन तर यहाँका स्थानीयले बाटोका लागि सहमति नगर्दा निकास खोज्न गाह्रो भएको छ”, वडाध्यक्ष हल्वाईले किङगरियनपुर्वाको विकासका लागि चाँडै नै निकास खोज्ने बताए । रासस

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

कांग्रेस बाँकेले सम्झियो संस्थापक नेता सुबर्णलाई

Next Post

नेपालगन्ज १८ मा अर्को सडक शिलान्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
Next Post
नेपालगन्ज १८ मा अर्को सडक शिलान्यास

नेपालगन्ज १८ मा अर्को सडक शिलान्यास

कोहलपुरमा चरेश सहित २ जना पक्राउ

कोहलपुरमा चरेश सहित २ जना पक्राउ

मेरो कोरियन साथि शब्दकोष बिमोचन

मेरो कोरियन साथि शब्दकोष बिमोचन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 28°C
Wind: 11km/h W
Humidity: 63%
Pressure: 1012.53mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?