ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो

News Desk by News Desk
१०:३२ बिहान, असार २४, २०८१
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
379
सेयर
376
VIEWS
ShareTweetSendShare

टीकापुर असार २४ गते ।
लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।

स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् ।

“निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्”, उनले भने, “कतिपय आफन्तकोमा बसिरहेका छन् ।” बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिनुभयो । “बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ”, उनले भने, “वडा वडामा रहेका विपद् व्यवस्थापन समिति र पालिकाले तालिम दिएका स्वयंसेवक खोज तथा उद्धारका लागि समुदायमा परिचालन गरेका छौँ ।” कर्णाली नदीमा पानीको सतह बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् ।

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएको जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताए ।

जानकीका अधिकांश वडा जलमग्न भएका छन् भने केही घरपरिवा विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेका बताए । “वडा नं ४ को गिरधरपुरमा ११ परिवार बसेका छन् । वडा नं ७ को फरेलामा १५ परिवार बसेका छन्”, जैसीले भने, “जवलपुरमा पनि दुई घर उच्च घरमा सारेका छौँ । जानकीका दर्जनौँ बस्ती जलमग्न छन् ।”

बस्तीमा बाढी पस्न थालेपछि यस क्षेत्रका पालिकाहरूले नाला सरसफाइजस्ता कार्यमा तीव्रता दिएका छन् । जमेका ढल खोल्ने, डुबान क्षेत्रमा पानीको निकास गर्नेलगायतका कार्यमा खटेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएका र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएका बताए ।

ADVERTISEMENT

“सङ्कटासन्न क्षेत्र पहिचान गरेर ती ठाउँमा सुरक्षाकर्मी र उद्धार टोली तयारी अवस्थामा खटाएका छौँ”, उनले भने, “विपद्मा एक अर्कामा सहकार्य गर्न सघाउन पालिकालाई पनि निर्देशन दिएका छौँ । विषयगत शाखालाई तयारीमा राखेका छौँ । सबैसँग समन्वय भइरहेको छ ।”

आइतबार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १० दशमलव ५ पुगेको थियो । अहिले बिहान ६ बजेको मापनअनुसार कर्णालीमा जलसतह तह घट्दै गएको छ । कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ५७ मा झरेको छ । कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई चेतावनी, १० दशमलव ८ पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।

सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएकोछ ।

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको उहाँको भनाइ छ । रासस

Share153Tweet94SendShare
Previous Post

वनमा च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट ३ महिला घाइते

Next Post

प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
लागूऔषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ, लुम्बिनीमा ४४.४ प्रतिशत मात्रै

ब्राउनसुगरसहित दुई जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित बाँकेका दुई युवक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?