काठमाडौं, असोज ९ गते ।
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम भएपछि उडान प्रभावित भएको हो ।
उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू थुप्रिएका छन् । मौसम प्रतिकूल भएपछि पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडान हुन नसकेको बताइएको छ ।
निरन्तरको वर्षा र कम भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या भएको विमानस्थल स्रोतले जनाएको छ ।










Discussion about this post