काठमाडौें, असोज २० गते ।
जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंलाई असार १२ गते नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गरी उनका छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो ।
उजुरीपछि प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको थियो ।










Discussion about this post