ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अनुशासित बनौँ, अटेरी होइन

जावेद अन्सारी by जावेद अन्सारी
५:०७ मध्यान्ह, भदौ १, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

अनुशासित बनौँ, अटेरी होइन किनकी अनुशासित बने कोरोनालाई सजिलै जित्न सकिन्छ अटेर गरे कोरोनाको महामारीमा फसिन्छ

सरला सुबेदी, कोहलपुर

बाँके भदौं १ गते ।
साच्चै हामिले कहिले पनि सोचेका थिएनौ होला आज यसरी मान्छेदेखी मान्छे डराएर टाढा हुनु पर्छ भनेर कस्तो दिन आयो मान्छे सङ्ग मान्छे डराएर एकलकाटे भएर बस्नु परेको छ । अझै अनुशासनमा नरहहे झन जटिल दिन आउन सक्नेछ।
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी सिङ्गो मानवजातिकै लागि ठूलो चुनौती बनिरहेको छ । यस भाइरसको संक्रमणले भौगोलिक सीमा, जातजाति, वर्ग र धर्म नभनी सबैलाई कायल बनाएको छ ।

हालसम्म विश्वभर दुई करोड १० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने सात लाख ५७ हजार बढीले ज्यान गुमाइसकेको स्थिति छ । आठ महिनाअघि चीनको वुहान सहरमा देखा परेको यस भाइरसको संक्रमण घट्नुको साटो झनै व्यापक बन्दै गइरहेको छ । दैनिक औसत दुई लाख ८० हजार मानिस संक्रमित भइरहेका छन् भने दैनिक सात हजार मानिसले ज्यान गुमाएका छन् । यसबाट के प्रस्ट हुन्छ भने कोरोना भाइरसको संक्रमण विश्वको कुनै भागमा अस्तित्वमा रहुञ्जेल यसले दुःख दिइरहने छ । नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै गएको छ ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा दैनिक सयौँको संख्यामा संक्रमित थपिनुले पनि कोरोना समुदायमा फैलिसकेको प्रमाणित हुन्छ । सुरूवाती चरणमा विदेशबाट आएका र क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण देखिँदै आए पनि अहिले दर्जनौँ घनाबस्तीहरुमा संक्रमणको दर बढ्नुले थप सङ्कटको स्थिति आउन सक्ने पूर्वाभास हुन थालेको छ ।
हाम्रोजस्तो साधनस्रोत कमजोर भएको मुलुकले कोरोना महामारी थेग्न सक्दैन । हामीले गर्न सक्ने भनेकै संक्रमण थप फैलिन नपाओस् भनेर पूर्वसतर्कता अपनाउनेमात्र हो ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

सरकारले क्वारेन्टाइनकै व्यवस्थापनमा ध्यान दिन सकेन । फलस्वरुप, क्वारेन्टाइनबाट सम्पर्कविहीन भएका संक्रमितहरुको हालसम्म पनि पहिचान हुन सकिरहेको छैन । सरकारले संक्रमितलाई व्यवस्थित आइसोलेसनमा राखेर रोगमुक्त हुन र संक्रमण समुदायमा फैलन रोक्ने उपाय अवलम्बन गर्न नसक्दा संक्रमण दर बढ्दै गएको छ ।

पछिल्लो समय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, मन्त्री, सांसद्, जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी तथा सर्वसाधारण कोही पनि सुरक्षित देखिएका छैनन् । चार महिना लामो लकडाउन खुलेयता कोरोना नै अन्त्य भएजसरी मानिसहरुको अनावश्यक भीडभाड र भेटघाट तीव्र भयो । यसमा राजनीतिक दलदेखि सर्वसाधारणसम्म कसैले पनि न्यूनतम सावधानी अपनाएनन् ।

त्यसमाथि सार्वजनिक यातायात खुलेसँगै न सीमा नाकामा कडाइ गरियो न संक्रमित क्षेत्रबाट आउनेहरुकै निगरानी । यस विषम परिस्थितिमा हामी सबै एकजुट भएर कोरोनाविरूद्ध लड्नुपर्नेमा यस भाइरससँग दिनहुँ निहुँ खोज्दै हिँडिरहेका छौँ । कोरोना कहरले बहुआयामिक क्षेत्रमा प्रभाव पारिसकेको यथार्थलाई बुझेर पनि बुझपचाउँदा कोरोना व्यापक हुँदै गएको छ ।
स्थानीय प्रशासनले बिनाकाम घरबाहिर ननिस्कन, निस्कनै परे मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न, बजारमा किनमेल गर्दा अनिवार्य सामाजिक दूरी कायम राख्न, अनावश्यक भीडभाड नगर्न पटकपटक सूचना जारी गर्दै आएको छ ।

ADVERTISEMENT

त्यसबाहेक प्रहरीले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगर्नेलाई जरिवाना गर्ने, होटल तथा किराना पसल समयमै बन्द गर्न लगाउनेजस्ता कारबाही गर्दै आएको छ । तर, सर्वसाधारणले ती सबै सावधानीका उपाय प्रहरी स्वयंकै लागि जस्तो गरेर अटेरी गर्दै आएका छन् । मास्क चिउँडोमा लगाउने वा हातमा बाँध्ने, सामाजिक दूरीको पर्वाह नगर्ने, भीडभाड गर्ने, लुकीछिपी भोजभतेर र पार्टीमा रमाउने गतिविधि भइरहेका छन् ।

नागरिकको सुरक्षा गर्ने पहिलो जिम्मेवारी राज्यको भए पनि यस सङ्कटबाट जोगिन नागरिकको अनुशासन अझै बढी महत्त्वपूर्ण हुन आउँछ । महामारीको समयमा पनि अनुशासनमा नबस्ने र सरकारको निर्देशन पालना नगर्ने हो भने पक्कै पनि समाज र देशले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसर्थ, कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिएर सबै आआफ्नो क्षेत्रमा अनुशासित र जिम्मेवार बन्नैपर्छ ।

कुनै पनि बहानामा संक्रमण फैलाउने छूट कसैलाई छैन । रोग लागेपछि उपचारमा हुने समस्या र ज्यानै जान सक्ने जोखिमलाई मध्यनजर गर्दै सबैले आफ्नो बानीव्यवहारमा सुधार गरौँ, अटेरी नबनौँ, रोगसँग खेलाँची नगरौँ । हामिले अनुशासित भएर साबधानी अपनाए चाडै कोरोनाबाट मुक्ति पाउनेछौ । कोरोनाले सबैलाई पिरोलेको छ यसले कसैलाई काखा कसैलाई पाखा गरेको छैन त्यसैले हामिले कोरोना सङ्ग लढ्न अनुशासित बन्नै पर्छ तब मात्र कोरोनालाई परास्त गर्न सकिन्छ।

Share148Tweet93SendShare
Previous Post

बाँकेका ४ र बर्दियाका ९ जना संक्रमित थपिए

Next Post

नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post

नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो

भारतीय पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था गम्भीर

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?