ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेन्टिलेटरको रकम फ्रिज गराएर उल्टै धम्की नदिन पुर्वमन्त्री राईद्धारा राणालाई चुनौती

जावेद अन्सारी by जावेद अन्सारी
७:४७ मध्यान्ह, भदौ १२, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके भदौ १२ गते ।
संघिय साँसद तथा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्ज उपमहानगरले आफ्नो सम्पर्क मन्त्रालयको निर्देशनलाई ठाडै बेवास्ता गरेर भेरी अस्पतालका लागि दिइएको डेढ करोड रुपियाँ जानी जानी फ्रिज गराएको दावी दोहोर्याउनु भएको छ । आफ्नो कुरा पुष्टि गर्न नसके राजनितिबाट सन्यास लिने घोषणा पुन दोहोरयाँदै उहाँले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको डेढ करोड रुपियाँ मेयरकै कारण फ्रिज भएको प्रष्ट पार्नु भएको छ ।

उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपमहानगरलाई २०७७।०३।०७ गते पठाएकोे चलानी नं ५६८ को पत्रको बुंदा नम्बर १ को कार्यान्वयनमा उपमहानगरले जानी जानी बेवास्ता गरेको कुरा बाटै अस्पताललाई दिएको रकम फ्रिज गराउन खोजेको प्रमाणि भएको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा मिति २०७७।०३।०७ गते देशभरिका सबै स्थानीय तहलाई पठाइएको चलानी नं ५६८ को पत्रको बुंदा नम्बर १ मा लेखिएको छ –“प्रमुख प्रशाकीय अधिकृतले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो गाउँपालिका तथा नगरपालिकामा विनियोजन भएको रकम मध्ये बचत हुने रकम यकिन गरि कार्यक्रम निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने ।”

खर्च नभएको रकमका बारेमा जानकारी गराउनु भनि मन्त्रालयले असार ७ गते पठाईएको पत्रलाई बेवास्ता गरेर उपमहानगरले बचत भएको रकमको बारेमा जानकारी नगराउनु बाटनै सो रकम फ्रिज गराउने षडयन्त्र रहेको कुराको पुष्टि गरेको सांसद राईले बताउनुभयो ।
यसैगरि मन्त्रालयको सोही पत्रको बुंदा नम्बर ३ मा लेखिएको छ –“कार्यक्रम निर्देशक समितिका संयोजकले निनर्देशक समितिका अन्य सदस्यहरुसंंग समन्वय गरि कोभिड १९ को रोकथाम, नियन्त्रण निदान र उपचारका लागि गर्नुपर्ने क्रियाक्लाप र उपलब्ध हुने बजेट उल्लेख गरि सम्बन्धित गाउँपालिका, नगरपालिका र जिल्ला ससमन्वय समितिलाई लिखित रुपमा जानकारी दिने ।”

सम्बन्धित समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

पुर्वमन्त्री राईले आफुले मन्त्रालयको निर्देशनको पालना गर्दै बचत भएको रकम निर्देशक समितिबाट कुन क्रियाक्लापमा खर्च गर्ने हो र बजेट कति हो त्यस्को निर्णय गरेर उपमहानगरलाई लिखित जानकारी गराएपनि मेयरले संयोजकले त्यस्तो गर्ने अधिकार नरहेको बताएर झनै जनतालाई गुमराह गर्न खोजेको बताउनुभयो ।

उहाँले असार ८ गते प्रकाशित राजपत्रको आधा सुचना वितरण गरेर स्थानीय नागरिकलाई झुक्याउन खोजेको बताउँदै पुरा सुचना अध्ययन गरेपछि सबै कुरा प्रष्ट हुने भएकोले सुचनाको दुबै पाना अध्ययन गरिदिन आग्रह गर्नु भएको छ ।
उपमहानगर प्रमुख धवल शमसेर राणाले आफ्नो गल्ती लुकाउन जे जति उपाय गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमार्फत को सही र को गलत भन्ने प्रष्ट भएको पाईन्छ ।

शुक्रवार मेयर राणाले पत्रकार भेटघाट गरेर आफ्नो कार्यक्षेत्रमा सांसदले हस्तक्षेप गरेको आरोप लगाउँदै क्रियाक्लाप तोकेर बजेट पठाएको निर्णय गर्न नमिल्ने जिकिर गरेका थिए ।
त्यसको जवाफ दिदै सांसद राईले आफुलाई कार्यक्षेत्रको राम्रो हेक्का रहेको भन्दै सम्झाउन आवश्यक नरहेको बताउनु भएको छ । सामाजिक संजाल फेसबुकमा आफ्नो भनाई सार्वजनिक गर्दै साँसद राईले अर्काको कार्य क्षेत्रमा हस्क्षेप गरेको टिप्पणी गरी ज्ञानी र अज्ञानीको प्रमाण पत्र बाडनु भन्दा आफनो सम्पर्क मन्त्रालयको पत्र अध्ययन गर्न नेपालगन्ज उपमहानगरका मेयरलाई सुझाव समेत दिनु भएको छ ।

ADVERTISEMENT

यसैविच अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बचत भएको रकमको बारेमा सांसद राईले योजना शंसोधन गरेर गरेको निर्णय विधिसम्मत रहेको सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ । विहिबार पनि उहाँले उपमहानगरको बेवास्ताले गर्दा डेढ कररोड फ्रिज भै भेन्टिलेटर खरिद बाट बन्चित भएको बताउनु भएको थियो ।
सांसद राईले फेसबुकमा लेखेको स्टाटस यस्तो छ –
नगरपालिकाको सम्पर्क मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नं। ५६८ मिति २०७७।०३।०७ गतेको बुंदा नम्बर १,३ र ४ ले नै सम्बधित स्थानिय तहले के गर्ने सयोजक साँसदले के गर्ने कसको के जिम्मेवारी हो प्रस्ट नै छ ।

अध्ययन नगरी निर्णय गरेको र अर्काको कार्य क्षेत्रमा हस्क्षेप गरेको टिप्पणी गरी ज्ञानी र अज्ञानीको प्रमाण पत्र बाडनु भन्दा आफनो सम्पर्क मन्त्रालयको पत्र अध्ययन गर्नु कस्ले कुन प्रमाण पत्र प्राप्त गर्छ तलको पत्रमा स्पट छ । साथै अहिले पनि म आफनो भनाईको पुष्ट्याईका लागि आम नागरिकको विचमा बहस गर्न तयार रहेको चुनौती समेत दिन चाहन्छु । यसको पुष्ट्याई गर्न नसकेमा राजनितिक जिवन बाट सन्यास लिन तयार छु ।’

Share147Tweet92SendShare
Previous Post

कोभिड–१९ को खर्च विवरण सार्वजनिक

Next Post

अख्तियारका कर्मचारीसहित १० कोरोना सन्क्रमित डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
Next Post

अख्तियारका कर्मचारीसहित १० कोरोना सन्क्रमित डिस्चार्ज

गणपति डेन्टल क्लिनिकद्धारा सडकमा हिड्ने सर्वसाधरणलाई मास्क तथा जलपान सामाग्री

आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?