ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ गण्डक प्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेल खोरियाघाटमा

‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

News Desk by News Desk
१०:३६ बिहान, चैत्र ३, २०७८
गण्डकीका मुख्यमन्त्री पोखरेल खोरियाघाटमा

‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

424
सेयर
374
VIEWS
ShareTweetSendShare

स्याङ्जा चैत ३ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका छन् ।

रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’

विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उनको भनाइ थियो ।

कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ ।

RELATED POSTS

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो, जिल्लास्तरीय अनुगमन समितिलाई थप सक्रिय बनाउन पत्राचार

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

मधेसबाट फर्के मुख्यमन्त्री पोखरेल, संघीयता दरिलो पार्न र पर्यटन प्रर्वद्धनमा साथसाथ

प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए ।
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले यसमा धार्मिक पर्यटन महत्वपूर्ण पाटो रहेको भनाइ राखे । दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्ड सम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।

स्याङ्जाको चापाकोटमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाए । स्थानीयको माग सम्बोधन गर्दै उनले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुल, साथै ज्याग्दीखोलामा समेत पुलको योजना आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सचेतक भागवतप्रकाश मल्लले चापाकोट र आसपासका क्षेत्रको विकासका लागि आफूले हरसम्भव प्रयास गर्दै आएको बताए । आफ्नो निर्वाचन क्षेत्रका २६ वटै वडामा समानुपातिक रुपमा योजना परेको भन्दै चुनावमा प्रतिबद्धता जनाए अनुसारका वाचा पूरा गरेरै छाड्ने भनाइ राखे ।

ADVERTISEMENT

कार्यक्रममा चापाकोट नगरपालिकाका मेयर शिव गिरीले झण्डै ५ वर्षको अवधिमा स्थानीय सरकारले नगरपालिकको मुहार फेर्ने काम गरेको बताए । उक्त अवसरमा नगरपालिका उपमेयर विमला श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जा सचिव गुरुप्रसाद भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष भोजराज भण्डारी, स्थानीय रोहित विक, नवीन काफ्ले, गोकर्णप्रसाद भट्टराई लगायतले विकास निर्माणको आवश्यकताका बारेमा भनाइ राखेका थिए ।

Share200Tweet94SendShare
Previous Post

पिकअपको ठक्करबाट २ युवकको मृत्यु, दुई प्रहरी घाइते

Next Post

प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो, जिल्लास्तरीय अनुगमन समितिलाई थप सक्रिय बनाउन पत्राचार
गण्डक प्रदेश

महंगी नियन्त्रणमा प्रदेश सरकारको चासो, जिल्लास्तरीय अनुगमन समितिलाई थप सक्रिय बनाउन पत्राचार

१०:३१ मध्यान्ह, चैत्र ९, २०७८
बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल
गण्डक प्रदेश

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

९:५५ मध्यान्ह, फाल्गुन २४, २०७८
मुख्यमन्त्रीको मधेस भ्रमण
गण्डक प्रदेश

मधेसबाट फर्के मुख्यमन्त्री पोखरेल, संघीयता दरिलो पार्न र पर्यटन प्रर्वद्धनमा साथसाथ

६:०३ मध्यान्ह, फाल्गुन २३, २०७८
गण्डक प्रदेश

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

१:०५ मध्यान्ह, साउन ९, २०७७
गण्डक प्रदेश

गण्डकीमा थप १५ जना संक्रमित थपिए

११:४५ बिहान, असार २८, २०७७
गण्डक प्रदेश

गण्डकीमा थप ३ जनामा कोरोना भाइरस

११:२१ बिहान, असार २१, २०७७
गण्डक प्रदेश

गण्डकी प्रदेशमा थप ८ जना संक्रमित

१०:५१ बिहान, असार १८, २०७७
गण्डक प्रदेश

१२ महिने शिशुलाई पनि कोरोना

८:३५ बिहान, असार १३, २०७७
Next Post
प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

वृद्धा हत्याको आरोपमा युवक पक्राउ

काठमाडौंको बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

Discussion about this post

Currently Playing

Recommended Stories

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

३:४९ मध्यान्ह, जेष्ठ २६, २०७७

विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प

९:३७ बिहान, माघ २५, २०७८

बाँकेमा १३ संक्रमित थपिए

४:३० मध्यान्ह, भदौ ३, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3493 shares
    Share 1397 Tweet 873
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2826 shares
    Share 1138 Tweet 704
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?