ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

News Desk by News Desk
१२:०३ मध्यान्ह, चैत्र ३, २०७८
नेपाली रेल अब एक दिन बिराएर गुडाइने
387
सेयर
386
VIEWS
ShareTweetSendShare

जनकपुरधाम चैत ३ गते ।
पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ ।

गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।

होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उनले बताए । रेल गुडिरहे पनि आम्दानी भएको छैन । महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताए ।

रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उनले बताए । ‘हामीले आफ्नो तर्फबाट सबै तयारी गरिसकेका छौं,’ उनले भने, ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन ।’

RELATED POSTS

नेपालगन्जमा बिष्ट र राइको अग्रता कायमै

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

उनले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने बताए । अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने उनले बताए ।

झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएपनि कानुनकै अभावमा हुन नसकेको बताए ।

जनकपुर–जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो ।

ADVERTISEMENT

भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

नेपाल रेल्बे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन छ । प्रतिघण्टा १ सय १० किलोमिटरको गतीमा गुड्नसक्ने क्षमताको यो रेलले एकपटकमा करीब १३ सय यात्रुहरु बोक्न सक्छ ।

Share155Tweet97SendShare
Previous Post

प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

Next Post

काठमाडौंको बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज−२३ मा काँग्रेसले खाता खोल्यो, जब्बार अली बेहना बिजयी
मुख्य समाचार

नेपालगन्जमा बिष्ट र राइको अग्रता कायमै

६:२८ मध्यान्ह, बैशाख ३१, २०७९
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?
समाचार

गरिव, दुखीको पीडा बुझ्ने उपमेयरका उम्मेदवार कमरुद्धिन राई

९:०७ मध्यान्ह, बैशाख २७, २०७९
राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’
मुख्य समाचार

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

५:०५ मध्यान्ह, बैशाख २७, २०७९
प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा
मुख्य समाचार

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

६:०८ मध्यान्ह, बैशाख २४, २०७९
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?
मुख्य समाचार

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

९:३२ बिहान, बैशाख १६, २०७९
मतदाता नामावलीमा दाबी विरोध आजदेखि
समाचार

उम्मेदवारहरुले आज मनोनयन फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन आजै

८:३८ बिहान, बैशाख १६, २०७९
स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता
समाचार

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

६:४७ मध्यान्ह, बैशाख १२, २०७९
१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता
समाचार

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता

३:२३ मध्यान्ह, बैशाख ११, २०७९
Next Post
वृद्धा हत्याको आरोपमा युवक पक्राउ

काठमाडौंको बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : नेपाल

३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : नेपाल

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

Discussion about this post

Currently Playing

Recommended Stories

बन्दै गरेको घरभित्र शव भेटियो

११:०२ बिहान, चैत्र ९, २०७७
कुखुराको मासु अभाव

कुखुराको मासु अभाव

१:४१ मध्यान्ह, चैत्र १, २०७८

विवाह मण्डपबाटै दुलाह र दुलहीका वावु पक्राउ

४:५७ मध्यान्ह, फाल्गुन २८, २०७६

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3639 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2274 shares
    Share 925 Tweet 562
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?