ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

News Desk by News Desk
१०:३१ बिहान, साउन ९, २०७९
नागरिकता विधेयक आजै पारित हुने
625
सेयर
624
VIEWS
ShareTweetSendShare

काठमाडौँ साउन ९ गते ।
बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ।

निजगढ नगरपालिका–१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो।

उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी छिन्। वडा कार्यालयले स्थानीय श्यामराज गोले(बाबु) र जिरामाया गोले (आमा)की छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो।

यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो। वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भएपनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको छ।

सम्बन्धित समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भएपनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए।

‘कार्यालयको नाममा आएको पत्र सिधैँ अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ,’ निरीक्षक ओलीले भने,‘उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो।’ आफूले पत्र अध्ययन गर्न पाएको भए झुटो विवरणको आधारमा यसरी नागरिकता बनाउन रोक्ने पनि उनको बताए।

वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको र हाल वडा कार्यालयले नागरिकता रद्द गर्न अर्को पत्र पठाएपछि सो बारेमा छानबिन सुरु गरिएको इलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए।

ADVERTISEMENT

उनले नक्कली आमा र बुवा बनेका दुवैजना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको जानकारी दिए।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौँबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ। प्रहरी निरीक्षक ओलीले नक्कली आमा÷बुवा बन्नेहरू हाल फरार रहेको र खोजी कार्य भइरहेको बताए।

भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरेको भन्दै गाउँमा हल्ला चलेपछि वडा कार्यालयले खारेजीको लागि साउन ४ गते इलाका प्रशासन कार्यालयमा आवेदन गरेको हो।

आफूहरूलाई झुक्याएर नक्कली कागजपत्रको आधारमा नागरिकताको सिफारिस बनाएर लगेको वडा अध्यक्ष गोलेले बताए।

‘आमा–बुवा बन्नेहरूलाई चिनेको थिए, तर नक्कली छोरीलाई चिनेको थिएन,’ वडा अध्यक्ष ज्ञानबहादुर गोलेले भने,‘साथीहरूको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटी भयो।’ गाउँमा हल्ला चल्न थालेपछि मात्रै नागरिकता बनाउने मान्छे भारतीय नागरिक भएको आफूले पनि जानकारी पाएको उनले बताए।

राईको बुवाआमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेसको वडा पार्टी सभापति सोनामसिंह गोलेका भाइ र बुहारी हुन्। दार्जिलिङ्गमा रहेका नातेदारमार्फत नक्कली विवरण तयार पारेर राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन गोले परिवारले सहयोग गरेको बताइएको छ। –न्युज कारखाना

Share251Tweet156SendShare
Previous Post

पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु

Next Post

नरभक्षी बाघ थुन्ने खोर निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
Next Post
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

नरभक्षी बाघ थुन्ने खोर निर्माण

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?