ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नरभक्षी बाघ थुन्ने खोर निर्माण

News Desk by News Desk
१०:४२ बिहान, साउन ९, २०७९
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
391
सेयर
390
VIEWS
ShareTweetSendShare

चितवन साउन ९ गते ।
चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ थुन्नका लागि दुई वटा नयाँ खोर निर्माण गरिएको छ । देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बाघ राख्नका लागि सङ्घीय सरकारको वन मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज आयोजनाबाट रु २५ लाखको लागतमा खोर निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले देशका विभिन्न भागबाट नियन्त्रणमा लिएर आएका नरभक्षी बाघ राख्नका लागि कसरामा चार कोठे खोर निर्माण गरिएको जानकारी दिनुभयो । “वन मन्त्रालयबाट खोर निर्माणका लागि रु ४० लाख विनियोजन भएर आएको थियो, तर हामीले रु २५ लाखमा खोर निर्माण सम्पन्न गरेका छौँ”, तिवारीले भने, “चार कोठे खोर निर्माण गरिएको भए पनि त्यहाँ दुई वटा मात्रै बाघ राख्ने क्षमता छ ।” गत आर्थिक वर्षमा सुरू भएको खोर निर्माण कार्यले यही असारमा पूर्णता पाएको हो ।

निकुञ्जमा रहेका तीन वटा खोरमध्ये मुख्यालय कसरामा रहेको एउटा खोर पुरानो भएकाले जीर्ण भइसकेको छ । निकुञ्जको मुख्यालय कसरामा रहेको जीर्ण खोरमा समेत अहिले बाघ राख्नुपर्ने अवस्था रहेकाले नयाँ खोर निर्माण गरिएको हो । बाघ राख्न खोरको अभाव भएसँगै चितवन राष्ट्रिय निकुञ्जले नयाँ खोर निर्माण गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका जिल्लासहित अन्य बाघ पाइने जिल्लामा बाघले मान्छेमाथि आक्रमण गर्ने सिलसिला बढेसँगै नयाँ खोर निर्माण गर्नुपर्ने बाध्यता थियो । निकुञ्जमा खोरको अभाव थियो । यसअघि निकुञ्जको मुख्यालय कसरामा दुई वटा तथा निकुञ्जको पूर्वी सेक्टर कार्यालय कसरामा दुई वटा खोर थिए ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कसरामा रहेको एउटा खोरमा चितवनबाटै नियन्त्रणमा लिइएको नरभक्षी बाघ र अर्कोमा बाँकेबाट ल्याइएको नरभक्षी बाघ राखिएको छ भने सौराहाको खोरमा पनि चितवनमै नियन्त्रणमा लिइएको नरभक्षी बाघ राखिएको छ । विभिन्न स्थानमा मान्छेमाथि बाघले आक्रमण गरेपछि ल्याइएका तीन वटा नरभक्षी बाघ अहिले चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएका बाघलाई व्यवस्थापन गर्न खोरको अभावले कठिन हुने निकुञ्जले बताउँदै आएको थियो ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा नवलपुर र चितवनमा गरी बाघले आक्रमण गर्दा १६ जनाले ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए । बाघको गतिविधि र मान्छेमाथि हुने आक्रमणलाई अध्ययन गर्दा चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको हुनसक्ने निकुञ्जको अनुमान छ । केही महिनाअघि सम्पन्न राष्ट्रिय बाघ सर्वेक्षण, २०२२ को नतिजा अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर २९ जुलाई (साउन १३ गते)का दिन सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ पाइने गरेको छ । बाघको सङ्ख्या १२ वर्षको अवधिमा दोब्बर बनाउने लक्ष्यसहित नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा प्रतिबद्धता जनाएको थियो । सन् २००९ मा गरिएको बाघ गणनामा नेपालमा रहेको बाघको सङ्ख्या १२१ लाई आधार मानेर सन् २०२२ मा दोब्बर बनाउने प्रतिबद्धता नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको थियो ।

ADVERTISEMENT

नेपालले तोकिएको लक्ष्य सन् २०१८ मा नै भेटाउन लागेको थियो । त्यसबेला नेपालमा २३५ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । पछिल्लो गणनानुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ गरी जम्मा २३५ वटा बाघ भेटिएका छन् । रासस

Share157Tweet98SendShare
Previous Post

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

Next Post

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक बस्दै

नेपालगञ्जमा सामुदायिक विद्यालयमा बेथिती

नेपालगञ्जमा सामुदायिक विद्यालयमा बेथिती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?