ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सुराकमा मात्रै पक्राउ पर्छन् लागुऔषध कारोबारी

News Desk by News Desk
२:३७ मध्यान्ह, साउन १६, २०७९
पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ
646
सेयर
630
VIEWS
ShareTweetSendShare

काभ्रे साउन १६ गते ।
इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ ग–यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिबार बनेपा नपा–१० बाट पक्राउ गरिएको इप्रका बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

उहाँका अनुसार सोही आरोपमा बाराको कलैया उपमहानगरपालिका–१२ घर भई हाल वीरगञ्ज बस्ने पवनकुमार शाह र वीरगञ्ज महानगरपालिका–२४ का शेषनाथ शाहलाई शनिबार राति नै वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रहरीका अनुसार बनेपा नगरपालिका–१० मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बनेपामा पक्राउ परेकाबाट प्रहरीले तीन सय दुई एम्पुल डाइजेपाम, तीन सय दुई एम्पुल फेनेर्गन र तीन सय दुई थान नोफिन गरी कूल नौ सय छ थान लागुऔषध बरामद गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा छोराद्वारा बाबुको हत्या

डोल्पाका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

प्रारम्भिक अनुसन्धानबाट बनेपामा पक्राउ परेको सङ्गीताले वीरगञ्जबाट लागुऔषध ल्याई काठमाडौँमा मियाँसँग भेट भएको र मियाँले बनेपाका सविनलाई लागुऔषध दिन आएको खुलेको छ । शेषनाथले भारतबाट लागुऔषध वीरगञ्ज ल्याउने र वीरगञ्जमा शाहलाई दिने गरेको प्रहरी निरीक्षक थापाले बताए ।

उनका अनुसार पक्राउ परेका पाँचैलाई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । यो घटनामा प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको बताइन्छ ।

यसअघि गत वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका सात हजार एक सय ३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरिएको थियो ।

ADVERTISEMENT

यसअघि प्रहरीले विसं २०७६ फागुन दोस्रो साता पनौती नपा–६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया महिलाको कोठाबाट लुकाइछिपाइ बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । प्रहरीले सो घटनामा पनि सुरकाकै आधारमा महिलालाई पक्राउ गरेको जनाएको थियो ।

काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ । सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको घटनाक्रमले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रतिवेदनअनुसार विपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिवास०बाट अधिकांशरुपमा लागुऔषध ओसारपसार हुने गरेको घटनाक्रमले देखाएको हो । प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाएको पाइएको छ ।

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसारपसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गर्दछ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएका छन् । तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि एक हजार पाँचसयसम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । काभ्रेपलाञ्चोक प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच बर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३७ वटा मुद्दामा ७१ जना पक्राउ परेका छन् ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउछन् ।

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौंमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन् । रासस

Share268Tweet158SendShare
Previous Post

चार दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

Next Post

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बीस रुपैयाँको विवादमा महिलाको हत्या
अपराध

बाँकेमा छोराद्वारा बाबुको हत्या

२:२३ बिहान, असार २२, २०८२
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

डोल्पाका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२:११ बिहान, असार २०, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

१२:०० बिहान, असार १९, २०८२
१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद
अपराध

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

९:४७ बिहान, असार १७, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

५:०२ बिहान, असार १७, २०८२
बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान
अपराध

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

१:१२ बिहान, असार १६, २०८२
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

८:२५ बिहान, असार ११, २०८२
अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद
अपराध

अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद

१:२८ मध्यान्ह, असार १०, २०८२
Next Post
सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

नारायणीमा बढ्याे पानीकाे सतह, उच्च सतर्कता अपनाउन आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Mostly Cloudy
5:26 am7:20 pm +0545
Feels like: 37°C
Wind: 8km/h E
Humidity: 83%
Pressure: 998.31mbar
UV index: 0
TueWedThu
32/27°C
31/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?