ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रोल्पामा मयूर संरक्षण जुटे महिला, एउटै वनमा ५०० मयूर

News Desk by News Desk
४:१५ मध्यान्ह, साउन २१, २०७९
रोल्पामा मयूर संरक्षण जुटे महिला, एउटै वनमा ५०० मयूर
391
सेयर
390
VIEWS
ShareTweetSendShare

रोल्पा साउन २१ गते ।
रोल्पाको एक सामुदायिक वनमा मयूर संरक्षणका लागि महिलाहरू जुटेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा लागेका हुनु् ।

सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी सो सामुदायिक वनका महिलाहरूले संरक्षणको काम अघि बढाएका हुन ।

मयुरको वासस्थानको लागि त्यहाँको भू–बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयुरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।

किरा फट्यांग्रा, फल, बालीनाली र घाँससमेत हुनाले यो क्षेत्र मयुरका लागि उपयुक्त भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत डा. मोहन पौडेलले बताए । ‘पहाडका खोंचहरु, पानीका स्रोतहरु र खोल्सीहरूमा छेपारा, सर्पलगायत अन्य किरा फट्याङग्राहरु प्रसस्तै पाइने हुनाले यो ठाउँ मयूरको रोजाइमा परेको हुनसक्छ,’ डा. पौडेलले भने ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के.जी. सम्म हुने स्थानीयको भनाइ छ ।

सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ ।

‘मयुरको सिकार गर्न नहुने धार्मिक विश्वासका कारण पनि यसको संरक्षणमा सहजता भएको हो,’ मयुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिला विकले भनिन ।

ADVERTISEMENT

उनका अनुसार वन क्षेत्रमा अन्य वन्य जन्तुको सिकार गर्न आउने गरेको सुनिए पनि मयूर मारेको वा यसका अण्डाहरु चोरेको घटनाहरु सुनिएको छैन ।

मयूरले किसानलाई भने हैरानी हुने गरेको छ । अन्नबाली खाइदिने भएकोले किसानले हरेक वर्ष क्षति व्यहोर्नु पर्छ । आहाराका लागि खेत, बारी र घरगोठमा बिहान बेलुका मयूर आउने गर्दछन् ।

तोरी, झिलङ्गे, गहुँ, सागपात, खुर्सानी, धान, चना, केराउलगायतका बाली मयूरले मन पराउने हुनाले त्यस्ता बालीको धेरै क्षति हुने गरेको अध्यक्ष विकको भनाइ छ । ‘मयूर बढ्दै जाँदा मान्छेले लगाएको अन्नबाली खाइदिंदा मान्छे र मयूरबीच विस्तारै द्वन्द्व पनि बढ्न थालेको भान हुने गर्छ,’ अध्यक्ष विकले भनिन् ।

मयूर र मान्छेको द्वन्द्व व्यवस्थापनका लागि यसै वर्षदेखि केही कामको सुरुवात पनि गरिएको छ । बालीनालीको नोक्सानीवापत राहत लगायत कृषिबाली विविधीकरणमा दीर्घकालीन सहयोगका लागि सामुदायिक वन उपभोक्ता समूहको नाममा अक्षय कोष समेत स्थापना गरिएको छ ।

अक्षय कोषका लागि अघिल्लो वर्ष डिभिजन वन कार्यालय रोल्पाले तीन लाख बजेटसमेत उपलव्ध गराएको थियो । कोषबाट आउने वाषिर्क ब्याजले उन्नत बिऊ वितरण, मयूरले मन नपराउने बालीको विकास, मयूरले मन पराउने सागपात र गेडागुडी वन क्षेत्रमा रहेका खालीठाउँहरुमा लगाउने र क्षतिपूर्तिको अन्य उपायहरु गर्ने लगायतका कार्यहरु गर्न सहयोग पुग्ने सहायक वन अधिकृत शिवनन्दन साहले बताए ।

त्यस्तै डिभिजन वन कार्यालय रोल्पाले स्कूलहरुमा संरक्षण शिक्षा कार्यक्रम र मयूर अवलोकन टावर निर्माणमा सहयोग गरेको छ । ‘मयूर पर्यटनको थप विकास र प्रवर्द्धनका लागि प्रचार–प्रसारका कार्यहरु पनि गर्दै आएको छ,’ सहायक वन अधिकृत साहले भने ।

विगत केही वर्षदेखि चरा अबलोकन गर्न रुचाउने व्यक्तिहरु र अनुसन्धानकर्ताहरु मयूर सामुदायिक वनको भ्रमणमा आउन थालेको स्थानीयहरु बताउँछन् । रोल्पाको लिवाङ, सुलिचौर, खुंग्री र प्यूठानको भिंग्रीलगायतका ठाँउहरुबाट विद्यालयको शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक तथा अन्य क्षेत्रवाट युवा युवतीहरु आउने गरेको मयुर सामुदायिक वन उपभोक्ता समूहको भनाइ छ ।

आकर्षक र रङ्गीचङ्गी मयूरको प्वाख धार्मिक उपचार विधिमा प्रयोग गरिन्छ । घर सजावटका साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्न पनि यसको प्वाँख प्रयोग गर्ने धार्मिक विश्वास तथा प्रचलन रहेको छ ।

Share157Tweet98SendShare
Previous Post

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य

Next Post

खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल

खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल

नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर

कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?