ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चाडपर्वलाई लक्षित बाँके प्रहरीका यस्ता छन सुरक्षा योजना

News Desk by News Desk
१०:०८ बिहान, अशोज १५, २०७९
फरार दुई जना प्रतिवादी पक्राउ
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असोज १५ गते ।
चाडपर्वलाई लक्षित गरेर बाँकेमा विशेष सुरक्षा योजना लागु गरिएको छ । चाडपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले सुरक्षालाई ध्यान राखेर थप प्रहरी परिचालन गरिएको जानकारी दिए ।‘चाडपर्व सुरु भएसँगै हामीले विशेष सुरक्षा योजना बनाएर लागु गरेका छौं,’ उनले भने, ‘सोहीअनुसार सहरदेखि गाउँसम्म प्रहरी परिचालन भइसकेका छन् ।’

खासगरी चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, अपराधलगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको बाँके प्रहरीले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजार ५९ जना प्रहरी परिचालन गरिएको एसपी अधिकारीले जानकारी दिए ।

विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । ‘यसअघि दैनिक ८ देखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइनेछ,’ उनले भने, ‘८ घण्टा रेस्टको समय दिएर अन्य समयमा प्रहरीलाई ड्युटीमा खटाउने योजना बनाएका छौं ।’ प्रहरीले चाडपर्व सुरक्षाका लागि आफूसँग भएका सवारी साधनलाई अधिकतम् रूपमा प्रयोगमा ल्याउने छ ।प्रहरी कार्यालयमा रहेका सवारीहरुलाई सुरक्षाका लागि सहर र गाउँ क्षेत्रमा गस्तीका लागि धेरैभन्दा धेरै प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

‘दसैंतिहारका मुख्य दिनमा जिल्ला प्रशासनमार्फत केही अपुग गाडी माग गर्ने भन्ने की कुरा छ,’ एसपी अधिकारीले भने, ‘अन्य बेलामा हामीसँगै भएका सवारीलाई प्रयोग गर्नेछौं ।’ सुरक्षाका लागि पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोसाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स र क्वीक रिस्पोन्स टिम परिचालन भएका छन् ।

‘मानिसहरुले ढुक्कसाथ चाडपर्व मनाउन सक्नुहुनेछ । हामीले त्यहीअनुसार सुरक्षाको व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसहरुको चहलपहल बढी हुने भएकोले गाउँमा समेत सुरक्षालाई बलियो बनाइएको छ ।’अन्य सुरक्षा निकायबीच समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा तत्काल पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना संकलन तथा प्रहरी परिचालन गरिनेछ ।कोहलपुर क्षेत्रमा दैनिकजसो चोरीका घटना हुन थालेपछि जिल्लाबाट थप प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अधिकारीले कोहलपुरमा थप प्रहरी पठाइएको जानकारी दिए ।‘चाडपर्व नजिकिएसँगै कोहलपुर क्षेत्रमा चोरीका घटना बढेपछि थप प्रहरी परिचालन गरेका हौं,’ उनले भने, ‘थप टोलीले चेकिङ, अप्रेसनलगायतका काम गरिरहेको छ ।’

ADVERTISEMENT

कोहलपुरमा कम प्रहरी जनशक्ति भएको फाइदा उठाउँदै चोरीमा संग्लनहरुले दैनिकजसो चोरी गरिरहेका थिए । शनिबार कोहलपुरका विभिन्न स्थानमा चेकिङ र खानतलासी गरिए पनि कुनै सुराक फेला नपरेको एसपी अधिकारीले बताए ।‘चोरीका घटना घटेपछि जिल्लाबाट थप प्रहरी परिचालन गरेर कोहलपुरका विभिन्न स्थानमा चेकिङ र खानतलासी गरेका थियौं,’ उनले भने । चोरीका घटना घटेसँगै कोहलपुर बजार क्षेत्रमा थप परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

न्यूरोड, साझा चोकलगायतका बजार क्षेत्रमा प्रहरी २४सैं घण्टा परिचालन गरिएको हो ।नागरिकको सहयोगका लागि जिल्लाका दिन स्थानमा नागरिक सहायकता कक्ष स्थापना गरिएको छ ।जमुनाहा नाका, नेपालगन्ज र कोहलपुर बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपालीहरुलाई ध्यान राखेर जमुनाहा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको उनलेबताए ।

‘भारतबाट कमाएर घर फर्किनेहरुलाई कुनै अठ्यारो नहोस् भनेर जमुनाहामा सहायता कक्ष स्थापना गरिसकेका छौं,’ उनले भने, ‘नेपालगन्ज र कोहलपुर बसपार्कमा स्थापना गरिएका कक्षबाट यात्रुलाई केही समस्या परे समाधान गरिनेछ ।’ तीनवटै स्थानमा रहेका नागरिक सहायता कक्षमा सुरक्षाकर्मी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।जिल्ला ट्राफिक प्रहरी बाँकेले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमतालगायतलाई चेकजाँच तिव्र पारेको छ ।

चाडपर्वमा हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर चेकजाँच तिव्र पारिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका इञ्चार्ज ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।लामो दूरीका सवारी साधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारीसाधनलाई विशेष चेकजाँच ट्राफिक प्रहरीले गरिरहेको छ ।

चाडपर्वको समयमा सवारी साधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ भइरहेको उनले बताए ।

नियमित चेकजाँच, मापसे जाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारी साधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने ट्राफिक प्रहरीले जनाएको छ ।

Share154Tweet96SendShare
Previous Post

आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

Next Post

चाडपर्वमै फुर्सदिला भए व्यवसायी, व्यापार चौपट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
Next Post
चाडपर्वमै फुर्सदिला भए व्यवसायी, व्यापार चौपट

चाडपर्वमै फुर्सदिला भए व्यवसायी, व्यापार चौपट

महँगीको मारमा दसैँ

महँगीको मारमा दसैँ

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

समानुपतिक बन्दसूची संशोधनको समय सीमा आज सकिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?