ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

News Desk by News Desk
१२:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
428
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके चैत २३ गते।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ। यस निर्णयसँगै एक अस्पतालमा दरबन्दी भएर काजमा अन्यत्र कार्यरत चिकित्सकहरूले अब आफ्नै मूल दरबन्दी भएको अस्पतालमा फर्किएर सेवा दिनुपर्ने भएको छ।

सोही क्रममा पश्चिम नेपालको महत्त्वपूर्ण सरकारी अस्पताल भेरी अस्पतालमा दरबन्दी रहेका ६ जना विशेषज्ञ चिकित्सकको काज पनि मन्त्रालयले फिर्ता गरेको अस्पताल प्रशासनले जनाएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार काज फिर्ता गरिएका चिकित्सकहरूमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. वसन्त रेग्मी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. सुजन ढकाल, वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रविन्द्र बास्कोटा, कन्सल्टेन्ट पेडियाट्रिसियन डा. प्रकाश पुन, कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सविता विश्वकर्मा, कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा. निरज भट्टराई र वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेन्द्र बस्नेत रहेका छन्।

उनका अनुसार डा. रेग्मी लुम्बिनी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. ढकाल कोशी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, डा. बास्कोटा स्वास्थ्य सेवा विभाग, काठमाडौँ, डा. पुन लुम्बिनी प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा डा. विश्वकर्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा काजमा कार्यरत थिए।

सम्बन्धित समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

त्यसैगरी, डा. भट्टराई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तथा डा. सुरेन्द्र बस्नेत सुदूरपश्चिम प्रदेशअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा थिए। डा. बस्नेत भने यसअघि नै साविक दरबन्दी रहेको भेरी अस्पतालमा फर्किसकेका छन्।

मन्त्रालयले विभिन्न प्रदेश तथा निकायमा काजमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मूल दरबन्दीमा फर्काउने नीति अवलम्बन गरेको छ। सोहीअनुसार अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको काज फिर्ता गरिँदै आएको छ।

भेरी अस्पताल विकास समितिले लामो समयदेखि काजमा रहेका कर्मचारीलाई दरबन्दीमा फर्काउँदा सेवा प्रवाह थप प्रभावकारी हुने, जनशक्ति व्यवस्थापन सुदृढ हुने र संस्थागत जिम्मेवारी निर्वाह गर्न सहज हुने जनाएको छ।

ADVERTISEMENT

समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार काज फिर्ता गरिएका चिकित्सकहरूलाई मन्त्रालयले सम्बन्धित कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिएको छ। साथै, निर्णय कार्यान्वयनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई पनि मन्त्रालयले निर्देशन दिएको उनले बताए।

भेरी अस्पतालका प्रमुख डा. सुवेदीले सरकारको यस कदमले अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्। विशेषगरी विशेषज्ञ चिकित्सकको अभाव रहेको भेरी अस्पताललाई यस निर्णयबाट उल्लेखनीय लाभ पुग्ने विश्वास गरिएको छ।

Share171Tweet107SendShare
Previous Post

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

Next Post

किरण नालामा थप पुल निर्माण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता
मुख्य समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

१२:५४ मध्यान्ह, कार्तिक २२, २०८३
धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
Next Post
किरण नालामा थप पुल निर्माण सुरु

किरण नालामा थप पुल निर्माण सुरु

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:34 am5:29 pm +0545
Feels like: 23°C
Wind: 3km/h NNE
Humidity: 80%
Pressure: 1016.59mbar
UV index: 0
MonTueWed
30°C / 16°C
30°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?