ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

News Desk by News Desk
१०:५० बिहान, मंसिर १, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
444
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १ गते ।
प्रतिनिधि सभा तर्फ बाँके २ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्न प्रयासरत छन्। यसअघि २ पटक संसद र ३ पटक मन्त्री भइसकेका राई योपटक पनि आफू निर्वाचित हुने दाबी गरिरहेका छन्।

उनको यस्तो दाबीको आधार के हो ? उनलाई फेरि जिताउँदा बाँके २ लाई के लाभ मिल्छ ? उनको निर्वाचन गतिविधि कसरी अघि बढीरहेको छ ? यिनै विषयमा केन्द्रित भएर हामीले उनीसँग गरेका कुराकानीको सम्पादित अंश।

१। तपाईं नै यसपटक उम्मेदवार किन हुनुभयो ? यो चुनावको तयारी कस्तो छ ?
मलाई मेरो दल जनता समाजवादी पार्टी नेपालले उम्मेदवार बनाएको हो। बाँके(२ का जनताको विकासको चाहना पूरा गर्ने मेरो पनि गन्तब्य हो। मेरो गन्तब्यमा साथ दिँदै पार्टीको जिल्ला तहबाट मेरो एकल सिफारिस भयो र केन्द्रले पनि त्यसलाई अनुमोदन गर्योो। अब जनताले पनि मंसिर ४ मा मेरो उम्मेदवारीलाई अनुमोदन गर्दैछन्।
सुरुमा निर्वाचनमा त्यति खटनपटन गर्न पाइनँ। सरकारबाट हटेपछि भने पूर्णरुपमा निर्वाचनमा केन्द्रित छु। दिनदिनै जसपाका उम्म्देवारहरूप्रति मतदाताको आकर्षण बढिरहेको छ। पार्टी प्रवेश गर्न चाहने साथीहरूलाई समेत समय दिन नसकेको अवस्था छ। धेरैलाई त हामीले अहिले जो जहाँ हुनुहुन्छ त्यहीँबाट सहयोग गर्नुस्, निर्वाचनपछि औपचारिकरूपमा बृहत्तरूपमै पार्टी प्रवेशको कार्यक्रम गरौंला भन्नुपर्ने अवस्था आएको छ।

२। तपाईको प्रतिवद्धता के के हुन् ?
मैले जनतालाई जहिल्यै पनि सम्भव र गर्न सक्ने कामको मात्र प्रतिबद्धता जनाउँदै आएको छु। पदमा पुग्नकै लागि हावादरी प्रतिबद्धता मैले कहिल्यै गरिन। अहिले पनि मैले प्रतिबद्धता भन्दा पनि आफूले नीतिगतरूपमा गर्न सक्ने कामकुरा जनतामाझ राखिरहेको छु। मैले बाँके(२ का लागि राखेको भिजन ’१० दृष्टि’ मार्फत आफ्ना भावी योजनाहरू जनतामाझ प्रस्तुत गरिसकेको छु। यीनै दृष्टिको सेरोफेरोमा रहेर मैले भोलिका दिनमा काम गर्ने हो। भेरी अस्पतालमा दीर्घरोगीहरूका लागि विशेषज्ञसहितको छुट्टै युनिट, जमुनाहा(हिल्सा सडक योजनालाई कर्यान्वयनमा लैजान पहल गर्ने, कम्तीमा ५ विद्यालय र ५ स्वास्थ्य संस्थालाई नमूना बनाउननीतिगत सुधार ल्याउने, व्यवसायीक सुरक्षा, महेन्द्र बहुमुखी क्याम्पसको भवनका साथै शैक्षिक कार्यक्रममा सुधार लगायत मेरा प्राथमिकता हुन्। अन्य थुप्रै प्रभावकारी योजनाहरू पनि छन्, जसलाई मैले जनतामाझ पुर्याअइसकेको छु। यी मेरा प्रतिवद्धताहरू भन्दा पनि अठोटहरू हुन्। मैले मेरा अठोटहरू सबै मतदातालाई लेखेरै दिएको छु र त्यो दस्तावेज सुरक्षित राख्नुहोला भनेको छु। किनकि ती अठोट पूरा गर्न सकिनँ भने निर्धक्क भएर जनताले फेरि प्रश्न गर्न सकून् भन्ने मेरो चाहना हो।

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

३। संसद त कानुन बनाउने थलो हो, तपाई विकासका आश्वासन मात्रै किन बाँड्नुहुन्छ ?
हो नि१ यो प्रश्न गर्नुभन्दा पहिले तपाईंले नै मलाई विकासतर्फ संकेत गर्दै तपाईंका प्रतिबद्धताहरू के(के हुन् भनेर सोध्नुभयो। संसद भनेका खासमा नीति(नियम बनाउने नै हुन्। सांसदहरूले बनाउने नीति(नियम कै आधारमा विकासको मार्ग कोरिने हो। राम्रो नीति भो भने राम्रो विकास हुन्छ। नीति गलत भयो भने गडबड हुन्छ। तर यसको मतलब सांसदले काम गर्ने सवालमा मुठ्ठी बाँधेर बस्ने भन्ने विल्कुल होइन। मैले गरेका अठोटहरू पनि नीति निर्माणसँगै सम्बन्धित छन्। नीति त विकासका लागि पनि चाहिन्छ नि१
विकासमा संसदको भूमिका अहम् हुन्छ। विकासका राम्रा योजनाहरू ल्याएर आफ्नो क्षेत्रमा बजेट सुनिश्चित गर्न सक्ने ल्याकत भएको सांसद भएमा त्यस क्षेत्रका जनताका लागि त राम्रो हुन्छ नै देशकै लागि पनि राम्रो हुन्छ।

अहिले संसद भएकै भरमा यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्दै कतिपय उम्मेदवारहरू हिँडिरहेका छन्। भोलिका दिनमा पूर्वाधार विकास साझेदारी कोष९संसदीय विकास कोष० नै निरन्तर हुन्छ वा हुँदैन भन्ने निश्चित छैन। ठूला(ठूला योजना पूरा गर्नलाई त सरकारमा पनि पहुँच हुनुपर्ला। ती सबैको सुनिश्चितता नहुँदै जनतालाई झुक्याउनु हुँदैन भन्नेमा म दृढ छु। मेरा भावि योजनाहरू हेर्नुभयो भने मैले आश्वासन बाँडेको हो वा यथार्थपरक हो भन्नेमा प्रष्ट भइहाल्नुहुन्छ।

४। यसअघि चुनाव जितेर आफ्नो क्षेत्रमा के के गर्नुभया?
मैले आफ्नो क्षेत्रका लागि उत्पातै गरें त भन्दिन। तर सम्भव भएसम्मका अनि जनताका लागि आवश्यक कामहरू गरेको छु र गर्दैछु। मुख्यरुपमा भेरी अस्पताल, सडक, नाला, हाइमास्ट लाईट, सभा हल, पुलहरूलाई केन्द्रमा राखेर म यहाँको प्रश्नबारे चर्चा गर्न चाहन्छु।
सहरी विकस मन्त्री हुँदा मैले भेरी अस्पतालमा आधा अर्बभन्दा बढी लागतमा वातानुकुलीत इन्डोर भवन बनाउन बजेटको जोहो गर्न सकें। जहाँ ५० रूपैयाँको पर्चा काटेर जुनसुकै हैसियतका विरामीले उपचार गराउन पाउने भएका छन्। त्यस्तै ३९ वटा हाइमास्ट लाइट बजार र आसपास क्षेत्रमा लगाइयो। एकैसाथ नगरभित्र २२ वटा सडकको शिलान्यास गरी निर्माण सम्पन्न गरियो। सायद कुनै गल्ली बचेको होला जहाँ पीसीसी बाटो निर्माण नभएको होस्। वडा नं १४ मा अन्तर्राष्ट्रिय स्तरको सभा हल बनाइएको छ।

ADVERTISEMENT

पछिल्लोपटक लगभग तीन महिना भौतिक मन्त्री हुँदा पनि मैले धमाधम काम गरें। जमुनाहा(राँझा सडकखण्डमा अस्फाल्ट ओभर ले को काम भइरहेको छ। यो सडक कालोपत्रे गर्ने विश्वकै उत्कृष्ट प्रविधि हो। पुष्पलाल चोकदेखि सिधनियासम्मको सडकको काम सुरु भएको छ। ट्राफिक लाइट जडान र ओभरहेड ब्रिजको काम १र२ दिनमै सुरु हुने भएको छ। वर्षौंदेखि विग्रिएको नेपालगन्ज(गुलरिया सडक पनि स्ट्रिटलाइटसहित फराकिलो र गुणस्तरीय बनाउने बजेट सुनिश्चित भइसकेको छ। यता राप्ती नदीमा एउटा डबललेन पुलसहित अन्य ७ वटा पुल निर्माण प्रक्रियामा गइसकेका छन्।

यी सबैकुरा भनिरहँदा मैले गरेका कामका सम्बन्धमा एउटा कुरा भन्नैपर्ने हुन्छ। मैले सहरी विकास मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका लागि धेरै आयोजना र बजेटको व्यवस्था गरेको थिएँ। जसको तत्कालीन सत्तारूढ दलकै सांसदहरू झपट बोहोरा लगायतले संसदमै विरोध गर्नुभयो। सबै बजेट आफ्नो क्षेत्रमा लग्यो भनेर मौन विरोध भयो। यो विरोध त मैले आफ्नो क्षेत्रका लागि गरेरै भएको हो नि रु मेरो पहिलो प्राथमिकता जहिल्यै पनि मेरो क्षेत्रका मतदाता नै हुन्।मेरा मतदातालाई केन्द्रमा राखेर नै मैले काम गर्दै आएको छु।

५। यसअघिका वाचाहरु पूरा भएकै छैनन् अब के भनेर मत माग्नुहुन्छ?
मैले गरेका के वाचा पूरा भएनन् तपाईं नै भन्नुस् न १ मलाई त त्यस्तो वाचा गरेर काम नगरेको जस्तो केही लाग्दैन। मैले पटक(पटक सांसद र मन्त्री हुँदा गरेका कामहरुको फेहरिस्त सबै मतदातालाई बुझाएको छु। तर पनि एकाध काम(कुराहरू भने छन्। राप्ती नदी छेउमा किरियापुत्री भवन र स्तरीय घाट बनाउने कुरा मैले भनेको हुँ। जुन त्यो ठाउँ पर्ने पालिकाका प्रमुखले असहयोग गरेपछि बन्न नसकेको हो। मैले आफ्नो संसदको कोषबाट त्यो बनाउन चाहेको थिएँ। तर राजनीतिक स्वार्थमा काम गर्न नै दिइएन। अरू त भनेका सबै काम मैले गरेकै छु।
सामाजिक(सांस्कृतिक पक्षमा पनि मैले सकेसम्मको गरेको छु। संसद विकास कोषबाट करिब ७० मन्दिर(मस्जिद सौन्दर्यकरणका लागि, सामाजिक संरचना निर्माणका लागि सहयोग गरेको छु।

६। तपाईविरुद्ध बलिया गठबन्धन छन्, कसरी प्रतिस्पर्धामा आउनुहुन्छ?
स्थानीय तहको निर्वाचन परिणामलाई आधार मानेर तपाईंले बलिया गठबन्धन भन्नुभएको होला। तर बलिया भइदिएको भए उनीहरू गठबन्धन नै गर्थेनन् होला नि१ फेरि हामीले अरुसँग गठबन्धन नगरे पनि जनतासँग गठबन्धन गरेका छौं। जनतासँगको गठबन्धनभन्दा बलियो अरू गठबन्धन कसरी हुनसक्छरु
यसअघिको संसदीय निर्वाचनमा पनि म एक्लै थिएँ। कांग्रेस(राप्रपा र एमाले(माओवादी गठबन्धनलाई फराकलो मतान्तरले हराउँदै मैले जित निकालेको हुँ।

मतदातामाथि विश्वास नहुनेले, कमजोर उम्मेदवार हुनेले र जसरी पनि आफैं हुनुपर्छ भन्ने मपाइँत्वको सोच भएकाहरूले यहाँ गठबन्धन गरेका हुन्। र अर्को कुरा, यहाँको गठबन्धन आफैमा कमजोर पनि छ। कोही पूर्व(कोही पश्चिम लागेका छन्। माथिबाट गठबन्धन गरिदिएकै भरमा मतदाता लतारिएर त जाँदैनन् नि। उनीहरूले पनि त आफ्नो विवेक प्रयोग गर्छन् होला नि। कसले काम गरेको छ, कसले काम गर्न सक्छ, को जनतामा लोकप्रिय छ, कसले जनताको सुखदुखमा साथ दिएको छ भन्ने कुरा मतदाताले मूल्यांकन त गरेका हुन्छन् नि१
यहाँका मतदाता जसले जे भन्यो त्यही गर्ने होइनन्। राम्रो र नराम्रो मूल्यांकन गरेर मताधिकारको सदुपयोग गर्छन्।

७। तपाईको विचारमा देशलाई सुशासनयुक्त र विकासको तीब्र गतिमा अघि बढाउन के कस्ता कानुनहरुको अभाव भएजस्तो लाग्छ?
सुशासन, पारदर्शिता र जवाफदेहिता जस्ता महत्वपूर्ण विषयमा राजनीतिक दलहरूबाट पर्याप्त चासो र चिन्ता नहुँदा नै अहिलेको अवस्था आएको हो। यी तीन क्षेत्रमा सुधार ल्याउने हो भने अहिले विकासमा व्याप्त अवरोधहरू आफै कम भएर जानेछन्। धेरैका लागि यो राजनीतिक पसल चलाउने हतियार बन्न पुगेको छ। हामीले यसमा गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ।
राज्यको सिस्टम डिजिटलाइज्ड गर्ने र प्रभावकारी डकुमेन्टेसनमा ध्यान दिने हो भने सुशासनका सवालमा हामी धेरै हदसम्म फड्को मार्न सक्छौं। त्यस्तै राजनीतिज्ञहरू जवाफदेही अनि कर्मचारीतन्त्र पारदर्शी हुने हो भने पनि सुशासनको लक्ष्य भेट्टाउन गाह्रो छैन।
विकास निर्माणका सवालमा भने अहिले सार्वजनिक खरिद ऐन लगायत विद्यमान थुप्रै कानुनहरू परिमार्जनको खाँचो छ। म यी कानुनहरू परिमार्जनका लागि विषेष पहल गरिरहेको छु।

८। तपाईको प्रतिस्पर्धा कुन दल वा उम्मेदवारसँग हुँदैछ? जित्ने आधारहरु के के छन?
मेरो प्रतिस्पर्धा कसैसँग छैन। तर अन्य उम्मेदवारहरू मसँग प्रतिस्पर्धामा आउन खोजिरहनुभएको छ। जनताको सुरुदेखिकै मुड हेर्दा अन्य उम्मेदवारहरूबीच दोस्रो को हुने भन्ने प्रतिस्पर्धा छ। मैले उठाएको मुद्दालाई जनताले विश्वास गर्नुभएको छ। म सुरुदेखि नै धार्मिक तथा सामाजिक सद्भाव, एकतालाई अनि जनसेवा र विकास निर्माणलाई आफ्नो कर्म बनाएर अघि बढेको मान्छे हुँ। म योभन्दा दायाँबायाँ लाग्दैन भन्नेमा जनता विश्वस्त छन्। फेरि अहिले मैले दिएको नारा अहिलेको परिप्रेक्षमा निकै सान्दर्भिक पनि छ। सामाजिक सद्भाव खल्बल्याउन खोज्ने, धार्मिकरूपमा जनताको कित्ताकाट गर्न खोज्ने, सामन्तवाद र निरंकुशताको पक्षपोषण गर्ने अनि विकासका काममा अवरोध गर्न खोज्नेहरूकाविरुद्ध मेरो उम्मेदवारी हो। जनता नकारात्मक सोच भएकाहरूका पछाडि लागेर प्रतिगमनलाई प्रोत्साहन पक्कै गर्दैनन्।

अर्को कुरा, संसद भएपछि नै आफ्नो निर्वाचन क्षेत्रमा एक खर्बभन्दा बढी लगानीको रासायनिक मल कारखाना खोल्ने जस्ता हावादारी आश्वासन मैले बाँडेको छैन। मैले विगतमा गरेका कामहरू जनताले देखेकै छन्। निर्वाचनमा जित्न यिनै आधारहरू काफी छैनन् र१ तपाईं लेखेर राख्नुस्, यो पटक बाँके(२ मा नयाँ इतिहास रचिन्छ। यो क्षेत्रबाट लगातार दुईपटक प्रतिनिधि सभा सदस्य चुनिने व्यक्ति इश्तियाक राई हुँदैछ।

Share191Tweet105SendShare
Previous Post

नेपालगन्जको जमुनाह नाका आज राती १२ बजेदेखि बन्द हुने

Next Post

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन्- ‘रोजगारी सिर्जना गर्नेलाई मत’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
भारतबाट स्वेदश फर्किने नेपाली भन्छन्- ‘रोजगारी सिर्जना गर्नेलाई मत’

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन्- ‘रोजगारी सिर्जना गर्नेलाई मत’

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिए

पोखराबाट प्याराग्लाइडिङ विस्थापन नगर्न व्यवसायीको माग

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:57 am5:24 pm +0545
Feels like: 18°C
Wind: 6km/h SSE
Humidity: 72%
Pressure: 1018.96mbar
UV index: 4
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?