ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

News Desk by News Desk
१०:३४ बिहान, असार २५, २०८०
वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण
369
सेयर
368
VIEWS
ShareTweetSendShare

चितवन असार २५ गते ।
वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो ।

कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो ।

पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ । केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए । वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए ।

भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताउनुभयो । यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुङ्गा सामुदायिक वन, कालिका–८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ ।

पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले रु ३१ लाख खर्च गरेको छ । यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ । नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उनले बताए ।

डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन् । यी वनमा साना ठूला वन्यजन्तु छन् । बाघ, गँैडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन् ।

ADVERTISEMENT

चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङ सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताउछन् । चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ । दुई प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ । उनले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताए । रासस

Share148Tweet92SendShare
Previous Post

अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

Next Post

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने
समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

१०:२२ बिहान, मंसिर १५, २०८०
जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल
समाचार

जीवनोपयोगी सीपः विद्यार्थीले च्याउखेतीका लागि बनाए टनेल

१०:१९ बिहान, मंसिर १५, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
समाचार

राप्तीसोनारीमा धमाधम वडा शिक्षा समिति बन्दै

१०:०३ बिहान, मंसिर १५, २०८०
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

आज देखि लागु हुने गरी घट्यो पेट्रोल र डिजेलको मूल्य

१०:०१ बिहान, मंसिर १५, २०८०
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

१०:२९ बिहान, मंसिर १४, २०८०
जाजरकोट भूकम्पः सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने
समाचार

घर बनाउने रकमको जोहो गर्न रोजगारी खोज्दै भूकम्प पीडित भारततिर

१०:२४ बिहान, मंसिर १४, २०८०
कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट
दुर्घटना

कोहलपुरमा आगलागीबाट चार पसल जलेर नष्ट

१०:१८ बिहान, मंसिर १४, २०८०
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
मुख्य समाचार

मापदण्ड विपरीत चलेका ३० वटा अटोलाई कारवाही

१०:१३ बिहान, मंसिर १४, २०८०
Next Post
मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु

चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु

महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ

महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
20°
Clear
6:52 am5:22 pm +0545
Feels like: 20°C
Wind: 5km/h NNW
Humidity: 79%
Pressure: 1015.24mbar
UV index: 0
SatSunMon
28/13°C
28/13°C
25/13°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?