ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता

News Desk by News Desk
१०:४३ मध्यान्ह, मंसिर १२, २०८३
बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर १२ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बालविवाहमुक्त समाज निर्माणका लागि एकजुट हुन आह्वान गरेका हुन् ।

बालविवाह बालअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता र भविष्यमा प्रत्यक्ष असर पार्ने बताए । बालबालिकालाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा र सम्मानजनक जीवन प्रदान गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

बालविवाह अन्त्यका लागि सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको उनले बताए । कानुनी व्यवस्था र सामाजिक जागरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाहलाई सामाजिक रूपमा अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्नुपर्ने उनले उल्लेख गरे ।

सम्बन्धित समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै आचार्यले चालु आर्थिक वर्षमा प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

यसैबीच, ‘बालविवाह जरैदेखि मेटाऔँ, बालबालिकाको सुनौलो भविष्य सजाऔँ’ भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

प्रदेश सभा परिसर, राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा विभिन्न जातजातिका वेशभूषा र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीमा बालबालिका, विद्यार्थी तथा बालअधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

ADVERTISEMENT

कार्यक्रममा प्रदेश सभामुख तुलाराम घर्तीले नेपाललाई बालविवाहमुक्त बनाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले सन् २०३० सम्म लुम्बिनी प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

प्रदेश सभाले निर्माण गरेका कानुन कार्यान्वयनमा अघि बढाइएको उल्लेख गर्दै उनले बालकल्याण र बालअधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाले संसद् र सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालविवाह अन्त्यका लागि सरकार, राजनीतिक दल, अभिभावक, शिक्षक, पत्रकार र समुदायको साझा प्रयास आवश्यक रहेको बताए । उनले प्रदेशका १०९ स्थानीय तहमा बालविवाहमुक्त अभियान सञ्चालनका लागि बजेट विनियोजन गरिएको उल्लेख गरे ।

अभियानलाई गाउँगाउँसम्म पु¥याउन धार्मिक अगुवा, बडघर, भलमन्सा र समुदायका सबै पक्षको सहभागिता आवश्यक रहेको उनले बताए ।

Share150Tweet94SendShare
Previous Post

हुम्लामा स्याउ बिक्रीबाट किसानले साढे आठ करोड आम्दानी गरे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

१२:१० बिहान, मंसिर १०, २०८३
घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार
समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

४:३९ बिहान, मंसिर ७, २०८३
भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी
समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

९:१४ बिहान, मंसिर २, २०८३
नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Fair
6:50 am5:22 pm +0545
Feels like: 19°C
Wind: 11km/h ESE
Humidity: 83%
Pressure: 1022.01mbar
UV index: 2
SunMonTue
27°C / 12°C
26°C / 12°C
25°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?