ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

News Desk by News Desk
९:५५ बिहान, साउन १, २०८०
कञ्चनपुरमा युरिया मलको अभाव
396
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन १ गते ।
सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ ।

कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा अत्यन्त्य पीडादायी हुने गर्दथे । ‘मानो रोपेर मुरी उब्जाउने बेला’ अर्थात् असारे धान रोपाइँका समयमा मल प्राप्त गर्न पनि देशैभरका किसानले सधैँ धेरै पसिना बगाउनुपर्दथ्यो । वर्तमान सरकारको ‘रासायनिक मलको अभाव हुन नदिने’ नीतिलाई कार्यान्वयन गर्ने क्रममा गरेको दूरदृष्टि निर्णयले यसपटक कहीँकतै रासायनिक मलको हाहाकार नभएको हो ।

विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मलको अभाव हुन नदिन निरन्तर गर्नुभएको निगरानी, समन्वय, सहजीकरण र चासोले गर्दा वर्षौंदेखिको समस्या यसपटक दोहोरिन पाएन । विशेष गरी असारे धान रोपाइँका समयमा मल अभाव हुने नेपालका लागि दीर्घकालीन रोग हो ।

रासायनिक मल आयातका लागि स्वीकृति पाएका निकायले समयअगावै मल ल्याएका र किसानले भने जति पाएकाले पनि सङ्घीय सदनमा यससम्बन्धी आवाज उठ्नै पाएन । मल अभावसम्बन्धी कुरा जननिर्वाचित सर्वोच्च निकायमा उठान नभएको सम्भवतः पहिलोपटक हुनसक्छ । यसपटक कुरा उठान भयो त– “स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्नुप¥यो, किन बजेट विनियोजन गरिएन ?”

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

खण्डवृष्टि भएकाले अहिले आधाआधी रोपाइँ सकिएको छ । धमाधम रोपाइँ जारी रहँदा कहीँकतै मलको अभाव भएको किसानले गुनासो गरेका छैनन् । किसानले आफूलाई पायक पर्ने स्थानबाट आफूले चाहेको जति मल प्राप्त गरिरहेका छन् ।

उनीहरुका लागि समयमा मल, बीउ र तत्काल प्राविधिक सहयोग पाउनु नै खुसीका विषय हुन् । ती कुराहरु सहज उपलब्ध गराउनु सरकारको दायित्व नै हो । उसो त सरकारले यस वर्ष समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याएर वर्षौंदेखिको समस्यालाई अन्त्य गरेको थियो । विद्यार्थी र किसानबाट सरकारले प्राप्त गरेको ऐतिहासिक स्यावासीलाई जोगाइ राख्नु जरुरी देखिन्छ ।

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले भनिन्, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मल अभाव हुन नदिन निरन्तर राख्नुभएको चासो, अर्थ मन्त्रालयको सहयोग, कृषिमन्त्री, कृषिमन्त्रालयसका सचिव र सहसचिवको ताकेता र समन्वयले गर्दा यसपटक रासायनिक मलको समस्या हटेको हो ।”

ADVERTISEMENT

रासायनिक मल आयातका लागि स्वीकृति पाएका निकायमध्येको कर्पोरेशन पनि एक हो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले कर्पोरेशनलाई पहिलो पटक रासायनिक मल आयातको लागि स्वीकृति प्रदान गर्न सहयोग र समन्वय गरेका थिए । तत्कालीन समयमा कर्पोरेशनले पहिलोपटक ८५ हजार मेट्रिक टन मल समयअगावै ल्याई आफ्ना डिपोमार्फत वितरण गरेको थियो । यसबाट कर्पोरेशनले आफ्नो चुस्त व्यवस्थापनको क्षमता पुष्टि गरेको थियो ।

कर्पोरेशनको व्यवस्थापन अत्यन्त चुस्त र पारदर्शी भएकाले त्यसपछि हरेक वर्ष सरकारले उसलाई मल आयातका लागि कोटा निर्धारण गरी स्वीकृत दिँदै आएको छ । “हामीलाई सरकारले सहजीकरण गरिदिएमा सरकारले भनेका समयमा भने जति मल ल्याउन सक्छौँ, यसका लागि हाम्रो व्यवस्थापन समक्ष छ”, उनले भनिन्, “हामीले ल्याएका मलको सही प्रयोग कसरी गर्ने भन्ने बारेमा किसानलाई जानकारी पनि दिने गर्दछौँ । यसबाट किसान औधि खुसी छन् ।”

कार्यकारी अधिकृत श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा कर्पोरेशनलाई युरिया, डिएपी र पोटास गरी कूल एकलाख ९८ हजार मेट्रिक टन मल ल्याउन सरकारले स्वीकृति दिएको थियो । सो परिमाणमध्ये अधिकांश मल भित्रिसकेको छ । स्वदेश भित्रिन बाँकी २० हजार मेट्रिक टन युरिया, २६ हजार दुई सय ८५ मेट्रिक डिएपी र दुई हजार पाँचसय मेट्रिक टन पोटास मार्गस्थलमा रहेको र यही साउनभित्र आइसक्ने कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनको गोदाममा २३ हजार ५२ मेट्रिक टन युरिया, ३२ हजार पाँच सय ८५ मेट्रिक टन डिएपी र दुइहजार पाँच सय चार मेट्रिक टन पोटास गरी ५८ हजार एक सय ४१ मेट्रिक टन मौज्जाद रहेको बताइएको छ ।

आव २०८०÷०८१ को प्रथम चौमासिकका लागि सरकारले कर्पोरेशनलाई ४९ हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी ल्याउन स्वीकृृति दिएको छ । कर्पोरेशनको कार्यकारी अधिकृत श्रेष्ठले भनिन्, “सरकारले प्रथम चौमासिकका लागि स्वीकृति दिएको मल आयातका लागि बोलपत्र गरी सम्झौता गरिसकिएको छ । अब एलसी खोल्ने क्रममा छौँ ।”

कर्पोरेशनले ल्याएको मल प्रमुख जिल्ला अधिकारीको संयोजकमा रहने समितिले आवश्यकताका आधारमा प्रदेश र स्थानीय पालिकाका सिफारिसमा स्थानीय ‘डिलरले’ले बिक्री वितरण गर्ने गर्दछन् । एक अध्ययनका अनुसार नेपालमा कृषियोग्य जमिन खुम्चिदै जाँदा पनि चार लाख मेट्रिक टन युरिया, तीनलाख मेट्रिक टन डिएपी र ८० हजार मेट्रिक टन पोटास मल खपत हुने जनाइएको छ । चालु आवको लागि सरकारले मलका लागि रु ३० अर्ब अनुदान दिने जनाएको छ । रासस

Share167Tweet96SendShare
Previous Post

बिना अनुमति मेडिकल सञ्चालन गर्ने पक्राउ

Next Post

व्यावसायिक पशुपालनमा युवाको आकर्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
Next Post
व्यावसायिक पशुपालनमा युवाको आकर्षण

व्यावसायिक पशुपालनमा युवाको आकर्षण

नेपालगन्जमा आजदेखि नि:शुल्क एम्बुलेन्स सेवा

नेपालगन्जमा आजदेखि नि:शुल्क एम्बुलेन्स सेवा

आन्तरिक उडानको हवाई भाडा बढ्ने

आन्तरिक उडानको हवाई भाडा बढ्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?