ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मुक्त कमैया घोषणाको २३ वर्ष : सरकारी प्रतिबद्धता पूरा भएन

News Desk by News Desk
२:१७ मध्यान्ह, साउन ३, २०८०
मुक्त कमैया घोषणाको २३ वर्ष : सरकारी प्रतिबद्धता पूरा भएन
372
सेयर
371
VIEWS
ShareTweetSendShare

कञ्चनपुर साउन ३ गते ।
दुई दशकअघि लामो सङ्घर्ष पश्चातमुक्तिको घोषणा हुँदा सरकारले गरेको प्रतिबद्धता पूरा नगर्दा मुक्तकमैया परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । तत्कालीन सरकारले सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्यमा सहज पहुँचसँगै रोजागरीको सुनिश्चित गर्ने प्रतिबद्धता गरेको थियो ।

विगत सम्झदै मुक्तकमैया समाजका केन्द्रिय उपाध्यक्ष जगरनाथ चौधरीले भने, “सरकारले मालिकबाट लिएको सौकी बापतको ऋण मिनाहा गर्यो, सहज जीवनयापनका लागि गरेको प्रतिबद्धता सुनेर सिंहदरबारबाट बाहिरिँदा निकै उत्साह लिएर फर्केका थियौँ, मालिकको घरमा गरेको कष्ट सबै विर्षेका थियौँ त्यो बेला, दुःखका दिन अब अन्त्य भए, सहज जीवन चलाउन सकिने सपना बोकेर घर फर्केका थियौँ ।” मुक्तिको घोषणा भएको २३ वर्ष बितेपनि सरकारी प्रतिबद्धता पूरा नहुँदा निकै निराश भएको उनले उल्लेख गरे ।

“पुनः स्थापन गराएको पाँच कठ्ठा जग्गामा घर निर्माण गर्नकै लागि ठिक्क छे” उनले भने, “परिवारको भरणपोषणको कार्य गर्न मजदुरीमा जानुपर्ने अवस्था विद्यमान छ ।” “चुनावी एजेण्डामा मुक्तकमैयाका मुद्दालाई निकै प्राथमिकताका साथ उछालिन्छ” उनले भने, “चुनाव सकिएपछि सबै मुद्दा ओझेलमा पर्छन्, राजनीतिक दृढइच्छाशक्ति नहुँदा मुक्तकमैया परिवारले आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको छ ।”

मुक्तकमैया परिवारलाई नदी तटीय क्षेत्रको बलौटे जग्गा, वन क्षेत्र नजिकै, बजार भन्दा निकै टाढा पुनः स्थापन गराउदा समस्या उत्पन्न भएको मुक्तकमैया अगुवा रामबहादुर रानाले बताए । “नदीले जग्गा कटान गर्दा धेरै परिवार भूमिहीन अवस्थामा पुगेका छन्” उनले भने, “वन क्षेत्र नजिकैको जग्गामा पुनःस्थापन गराइएका परिवार जङ्गली जनावरबाट पीडित भएका छन, बजार क्षेत्र भन्दा टाढा पुनः स्थापन गराइएका परिवार मजदुरी गर्नबाट वञ्चित छन् ।” उनका अनुसार मुक्तकमैया श्रम ऐन २०५८ र नियमावली बनाइए पनि व्यवहारमा कार्यान्वयनमा नल्याईदा मुक्त कमैया परिवार अझै पनि पुनः स्थापन हुनबाट छुटेका छन । धेरै परिवारको हातमा लालपूर्जा भए पनि जग्गा चिन्न पाएका छैनन् ।

सम्बन्धित समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

मुक्तकमैयाका अधिकांस परिवार थारु समुदायसँग सम्बन्धित रहेका छन् । थारु समुदायसँग परम्परागत सीप छ । “सीपलाई निर्खानका लागि आधुनिक तालिमको आवश्यकता छ” मुक्तकमैंया अगुवा लाहुरे डगौराले भने, “सीपमा आधारित उद्योग सञ्चालन गरी मुक्तकमैयालाई व्यावसायिक बनाइनुपर्छ, यो कुरा धेरै पटक उठाएका छौँ, सुनवाइ हुने गरेको छैन ।”

मुक्ति घोषणाको दुई दशक बित्दा सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्योपचार, रोजगारीको सुनिश्चित हुन नसकेको बिना चौधरीले बताए । उनका अनुसार कैलालीमा नौ सय ५३ र कञ्चनपुरमा एक सय २९ गरी एक हजार ८२ मुक्तकमैया परिवार पुनःस्थापन हुनबाट छुटेका छन ।

“भूमिसुधार कार्यालय हुँदा मुक्तकमैयाको वृत्ति विकासका लागि घुम्ती कोष सञ्चालन गरिने व्यवस्था थियो” उनी भन्छन्, “भूमिसुधार कार्यालय मालपोत कार्यालयमा गाभिएपछि कार्यक्रम आउन छाडेका छन् ।”

ADVERTISEMENT

“कोषको सोधिखोजी गर्दै मालपोत कार्यालयमा पुग्दा स्थानीय तहमा कार्यक्रम गएको छ भन्छन, स्थानीय तहमा जाँदा कार्यक्रमनै नभएको जफाब दिएर फर्काउन्छन्” उहाँ भन्नुहुन्छ, “स्थानीय तहले पनि मुक्तकमैया लक्षित गरी कार्यक्रमनै सञ्चालन नगर्दा अन्यौलमा छौँ ।” घर निर्माणका लागि १० हजार रुपैयाँबाट तत्कालीन जिल्ला वन कार्यालयबाट कटनी मुछानीका लागि कटौती गरेको रकमबापतको काठ उपलव्ध हुनुपर्ने मुक्तकमैया अगुवाको भनाइ छ । जनता आवास कार्यक्रम अन्तर्गत भूमिहीन सुकुम्वासीसँगै मुक्तकमैयालाई अनिवार्य पक्की घरको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

संवैधानिक व्यवस्था अनुसार उच्च तहसम्म गुणस्तरीय तथा अनिवार्य निःशुल्क शिक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भए पनि मुक्तकमैयाका बालबालिकाले अझैसम्म निःशुल्क शिक्षा पाउन नसकेको मुक्तकमैया समाज कञ्चनपुरका अध्यक्ष घाँसीराम रानाले बताए । “सरकारले मुक्तकमैयालाई बासका लागि उपलव्ध गराएको जग्गा चलभोगमा मात्रै अधिकार सीमित गरेको छ” उनले भने, “त्यस्तो जग्गाको पूर्ण प्रयोजनको अधिकार दिएको छैन, संविधानमा व्यवस्था भए अनुसारको सम्पतिको हकका आधारमा त्यस्तो जग्गामा मुक्त कमैयाको अधिकार स्थापित गरिनुपर्छ ।”

कञ्चनपुरमा विसं २०५७ को लगतमा समावेश भएका तीन हजार ४५ जना र विसं २०५९ को लगतमा समावेश भएका एक हजार चार सय ६१ गरी चार हजार ५०६ जनाले परिचयपत्र प्राप्त गरेका छन । परिचयपत्र प्राप्त गरेकामध्ये चार हजार दुई हजार ८९ले मात्रै जग्गा प्राप्त गरी पुनः स्थापन भएका छन । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो । रासस

Share149Tweet93SendShare
Previous Post

सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदधारण गरेकालाई राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

Next Post

सरकारले बनायो डेंगी रोकथाम र नियन्त्रणको कार्ययोजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

नेपालगन्जमा गर्मीयामभरि विद्युत् आपूर्ति नियमित रहने

१२:३७ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
Auto Draft
अपराध

लागूऔषधको ‘हटस्पट’ बन्दै नेपालगन्ज : १४४ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

९:४१ बिहान, चैत्र २१, २०८२
बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
मुख्य समाचार

बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

७:५९ बिहान, चैत्र २१, २०८२
Next Post
यस वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण, प्रकोप फैलिने जोखिम कायमै

सरकारले बनायो डेंगी रोकथाम र नियन्त्रणको कार्ययोजना

पर्खाल भत्किँदा पाकिस्तानमा आठ मजदुरको मृत्यु

पर्खाल भत्किँदा पाकिस्तानमा आठ मजदुरको मृत्यु

ग्यास बुलेटको टुलबक्समा ७० किलो गाँजा, चितवनबाट दुई जना पक्राउ

ग्यास बुलेटको टुलबक्समा ७० किलो गाँजा, चितवनबाट दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?