ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कास्की यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप, कर्मचारी अभाव

News Desk by News Desk
५:४० मध्यान्ह, साउन १८, २०८०
कास्की यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप, कर्मचारी अभाव
373
सेयर
372
VIEWS
ShareTweetSendShare

कास्की साउन १८ गते।
दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।

यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिए । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो ।

अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताए । उनका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ ।

“एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भने, “यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।” पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उनले गुनासो गरे ।

सम्बन्धित समाचार

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

थप पाँच÷छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गरे । “हामीले धेरै माग गरेका छैनौँ, पाँच÷छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, उनले भने ।

सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताए । “यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “अस्थायी÷करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।”

प्रमुख रिजालका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् । एक वर्षमा एक लाख ९० हजार बढीले सेवा लिएका कार्यालयले जनाएको छ । “चैत र असार मसान्तको समयमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारले सेवा दिएको तथ्याङ्क छ”, उनले भने ।

ADVERTISEMENT

बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताए । उनका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ती हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए ।

“चारपाङ्गे सवारी चालक अनुमतिपत्रको परीक्षा पनि बागलुङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ”, थापाले भने, “सेवा थप भएसँगै कर्मचारी पनि थप गर्नुपर्ने हुन्छ ।” उनका अनुसार अहिले दैनिक तीन सय सेवाग्राही आउने गरेका छन् ।

गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयमा कर्मचारी अभाव रहे पनि सेवा नरोकिएको बताए । “दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाई भएको छ । कर्मचारीको नियुक्ती र पदस्थापनको काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने हो”, उनले भने, “अस्थायी नियुक्ती पनि प्रक्रियामा छ, निर्णय भएर आइसकेको छैन ।”

प्रवक्ता पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालय र निकायमा दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार न्यून जनशक्ति हुँदा पनि कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) ले बिहानी सेवा पनि दिइरहेको छ ।

राजस्व, बायोमेट्रिक, लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बिहान ८ बजेदेखि सुरु हुने कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिए । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले बिहानैदेखि सेवा दिन थालेको उनको भनाइ थियो । उनका अनुसार करिब ३० प्रतिशत सेवाग्राहीले दस बजेअघि नै सेवा लिइसक्छन् । घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ ।

राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को प्रयोगात्मक परीक्षा ‘ट्रायल’ सम्मका सेवा बिहानैदेखि सुरु गरिएको सूचना अधिकारी अधिकारीले बताए । “बिहान ८ बजेदेखि सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढीसक्छ”, उनले भने, “पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे करिब ३० प्रतिशत काम भइसक्छ ।”

कार्यालयले लाइसेन्स नवीकरणका लागि अनलाइन भुक्तानी सेवा पनि सुरु जानकारी दिँदै प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताए । रासस

Share150Tweet93SendShare
Previous Post

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

Next Post

विभिन्न नाकाबाट बेचबिखनमा परेका २८८ महिलाको उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
विभिन्न नाकाबाट बेचबिखनमा परेका २८८ महिलाको उद्धार

विभिन्न नाकाबाट बेचबिखनमा परेका २८८ महिलाको उद्धार

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?