ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्याः नेपाल नेत्रज्योति संघ

News Desk by News Desk
५:४० मध्यान्ह, साउन २३, २०८०
अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्याः नेपाल नेत्रज्योति संघ
385
सेयर
384
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन २३ गते ।
पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो ।

नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरुमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको बताउछन्् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र ।

‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ’ डा. मिश्रले भने ।

देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको बताउछन् नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द ।

सम्बन्धित समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, किर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन् ।

हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउछन् । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ ।

ADVERTISEMENT

देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले त बिद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी आषधीको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्रा.डा लामिछानेले भने ।

समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउछन् डा.लामिछाने । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने बताउछन् उनि ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न सुझाव दिन्छन् उनि ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या

जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तिब्र रुपमा फैलिएकोे छ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदि बन्दि रहेको घोराही कारागारमा गरिएको निशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको बताउछन् राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक, नेत्र अधिकृत सालीक राम गौतम ।

करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदि बन्दिको आँखा सामान्य रातो भएको देखिएको थियो त्यो आँखाको सङ्क्रमण रहेछ त्यो विस्तारै धेरैमा फैलिसकेको छ जिल्ला कारागार घोराहीका स्वास्थ्थकर्मी योगेन्द्र रिजालले बताए ।

सो आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लाल बहादुर चौधरि, नेत्र अधिकृत सालीक राम गौतम, टेक बहादुर चौधरी, पुर्ण बहादुर वली, किरण पौडेल, छेदुराम चौधरि र शसिकला चौधरीले आँखा जाँच गर्नुभयको थियो सो अवसरमा नेपाल नेत्रज्योति संघ, दाङका कोषाध्यक्ष श्माम प्रकाश आचार्यको सहभागिता रहेको थियो ।

Share155Tweet96SendShare
Previous Post

कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता

Next Post

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
Next Post
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै : कोशी प्रदेशमा सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै : कोशी प्रदेशमा सार्वजनिक बिदा

संसदमा दुई सचिव नियुक्त

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?