बाँके, असोज १८ गते ।
बाँकेको खजुरा गाउँपालिका–२ स्थित खजुरा बाल संरक्षण गृहमा रहेका बालबालिकालाई शैक्षिक, खाद्यान्न तथा खेलकुद सामग्री वितरण गरिएको छ।
नेपाल युवा क्लब बाँकेको सहकार्यमा गणपति डेन्टल क्लिनिक र रोशन मेटल क्राफ्ट इन्डस्ट्रिजको संयुक्त आयोजनामा आइतबार सामग्री वितरण गरिएको हो।
आयोजकले बालबालिकालाई चामल, दाल, चकलेट, स्कुल ब्याग, फुटबल, ब्याडमिन्टन र लुडोलगायत सामग्री वितरण गरेको छ।
गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतीक श्रेष्ठ र रोशन मेटल क्राफ्ट इन्डस्ट्रिजका सञ्चालक रोशन मलिक जसगरले बालबालिकालाई सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा डा. श्रेष्ठ, जसगर, अनिल सिजापतिलगायत सहभागी थिए। नेपाल युवा क्लब बाँकेका अध्यक्ष मोहम्मद मोसिन हल्वाईलगायतको पनि उपस्थिति थियो।
डा. श्रेष्ठले बाल संरक्षण गृहमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकतामा सहयोग पु¥याउन सामग्री वितरण गरिएको बताए। उनले बालबालिकाको संरक्षण र विकासका लागि सामाजिक क्षेत्रबाट निरन्तर सहयोग आवश्यक रहेको बताए।
जसगरले बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताए।
नेपाल युवा क्लब बाँकेका अध्यक्ष हल्वाईले बाल संरक्षण गृहका बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा सहयोग पुग्ने बताए। उनले बालबालिकाको समग्र विकासका लागि सामाजिक संघसंस्था तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।










Discussion about this post