ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान

News Desk by News Desk
१०:०३ बिहान, भदौ १७, २०८०
देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान
392
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौ भदौ १७ गते ।
झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि जनतासँग माओवादी रूपान्तरण अभियान सुरु गरेको छ । सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट गर्नुभयो ।

यस्तै औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड आजै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुग्नुभयो । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो । माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै आज अभियानको उद्घाटन भएको जनाएको छ ।

जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् । अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन् । कतै सफाइ अभियान चलेको छ । कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ ।

सडक मर्मत गर्ने, स्थानीयसँग अन्तरक्रिया एवं पार्क सफाइ गर्ने काम समेत अभियानको क्रममा सुरु भएको छ । यस्तै सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बीचमा लैजाने माओवादीको ध्येय छ ।

सम्बन्धित समाचार

आजदेखि संसद् अधिवेशन

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ । त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ । माओवादीका हरेक जसो नेता अभियानमा खटिएका छन् । यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपरेको बताउनुभयो ।

घट्टेडाँडा पार्कमा अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेतालाई स्थानीयवासीले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । पार्कमा उहाँले बिरुवा समेत रोप्नुभएको थियो । गत केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार नै सात प्रदेशका सात वटा वडामा अध्यक्ष प्रचण्ड आफैँ अभियानमा सहभागी हुने कार्यक्रम छ ।

ADVERTISEMENT

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रतिक्रियावादीहरूले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूले सुरुआत गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने दाबी गर्नुभयो । अभियानकै क्रममा प्रधानमन्त्री प्रचण्डले नागढुङ्गा–सिस्नेरी सुरुङ मार्गका आयोजना प्रमुखलाई फोन गरी तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न निर्देशन दिनुभयो ।

स्थानीयले सुरुङ निर्माणको क्रममा घर तथा आवास चर्केको, पानीको मुहान सुकेको भन्दै समस्या समाधान गरिदिन प्रधानमन्त्री समक्ष माग गरेका थिए । स्थानीयको माग सम्बोधन गर्दै प्रधानमन्त्रीले सात दिनभित्र आवश्यक विवरण तयार पारेर आफूलाई भेट्न समेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

Share167Tweet94SendShare
Previous Post

टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल

Next Post

मधेसमा जसपाको विस्तारित बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र
मुख्य समाचार

ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र

७:१५ बिहान, चैत्र १५, २०८२
अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग
मुख्य समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

४:०२ बिहान, चैत्र १५, २०८२
ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै
राजनीति

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

१२:४३ बिहान, चैत्र १५, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन

१२:१७ मध्यान्ह, चैत्र १४, २०८२
Next Post
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

मधेसमा जसपाको विस्तारित बैठक बस्दै

जुम्लामा जीप दुर्घटना, दुई जनाको मृत्यु

जुम्लामा जीप दुर्घटना, दुई जनाको मृत्यु

बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?