ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल

News Desk by News Desk
१०:०० बिहान, भदौ १७, २०८०
टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव
374
सेयर
373
VIEWS
ShareTweetSendShare

कैलाली भदौ १७ गते ।
कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ । एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ ।

टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन् । विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो । यही कठिनाइलाई अस्पतालका बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेल लगायतको टोलीले ३० दिन लगाएर बच्चालाई बचाउन सफल भयो ।

बच्चा बचाउन सफल भएपछि चिकित्सकको टोली खुसी भएको छ । बालरोग विशेषज्ञ डा. ठाकुरले बच्चालाई जटिल समस्या भए पनि ३० दिनको उपचारपछि घर पठाएको बताए । ‘मलाई खुसी लागेको छ, बच्चा पटक–पटक श्वास फर्न बिर्सने, निलो भइहाल्थ्यो, सबैको प्रयासमा बचाउन सकियो’, उनले भने, ‘समय अगावैको बच्चा बचाउन निकै चुनौती हुन्छ ।’

डा. ठाकुरका अनुसार यसअघि ३२ हप्ता माथिका बच्चाको उपचार भए पनि ३१ हप्ताको बच्चा पहिलो पटक उपचार गरेको र उपचारमा लामो समय लागेको हो । बच्चा घर फर्कदा एक किलो सात सय ग्राम पुगेको थियो ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

समय अगावै जन्मेको बच्चालाई विभिन्न खाले सङ्क्रमणको जोखिम, कमलपित्त देखिने जस्ता समस्या हुन्छन् । टीकापुर अस्पतालमा एनआइसियु सुविधा नभएकाले बच्चालाई अक्सिजनले मात्र काम नगर्दा चिकित्सकले ३० दिनको प्रयासपछि बच्चाको स्वास्थ्यमा सुधार आयो ।

‘सिप्याप मेसिन हामीसँग छैन, सिप्याप मेसिन नभएकाले वाटर बबलको सहायतामा बच्चालाई श्वास लिन नबिर्सियोस् भनी सघायौँ’, उनी भन्छन्, ‘हामीले बोतलमा पानी भरेर ‘बबल सिप्याप’ बनाएर सास फेर्न सहज बनायौँ ।’

डा. ठाकुरले समय अगावैको बच्चा जोगाउन चुनौती धेरै हुने जनाउँदै बच्चाका अभिभावकले गरेको विश्वास र सहयोगले थप हौसला मिलेको बताए । उपचारका क्रममा बच्चालाई दुई पटक कृत्रिम श्वास दिनुपरेको र दुई पटक रगत चढाइएको थियो ।

ADVERTISEMENT

बच्चालाई २६ दिनसम्म अक्सिजनमा राखिएको थियो । बच्चालाई उपचारकै क्रममा कमलपित्तसमेत देखिएपछि फोटो थेरापी उपचारसमेत गरिएको बताइएको छ । यसका साथै ‘केएमसी’ (मायाको अंगालो) पद्धती आमालाई सिकाएर उपचार गरेको नर्सिङ अधिकृत मञ्जु पौडेलले बताइन् ।

‘अभिभावकले नआत्तिकन साथ दिए, उनीहरुको आर्थिक अवस्था पनि कमजोर थियो’, उनले भनिन्, ‘रगत पनि निःशुल्क उपलब्ध गराइयो, निकै मेहनतपछि बच्चा बचाउन सकियो ।’ एक महिनाको उपचारपछि बच्चाको स्वास्थ्यमा सुधार आउँदा सुत्केरी विनिता र उनको परिवार निकै खुसी भएको छ ।

‘एकातिर पहिलो सन्तान, त्यसैमाथि समय अगावै बच्चा तयारै नभएर जन्मियो’, विनिताले भनिन्, ‘चिकित्सक भगवान हुने रहेछन्, सास नै नफेर्ने मेरो बच्चा निकै मेहनत गरेर बचाइदिनुभयो, म उहाँहरुप्रति कृतज्ञ छु, मैले ३० दिन अस्पताल बस्दा बच्चाको स्याहारबारे धेरै कुरा सिकेकी छु ।’

टीकापुर अस्पतालमा दैनिक ५० बढी बच्चा उपचारमा आउने गरेका छन् । अस्पतालमा भौतिक पूर्वाधार शय्या अभावले भर्ना हुनका लागि पालो कुर्नुपर्ने बाध्यता छ । एकाउन्न शय्याको मात्र अनुमति पाएको टीकापुर अस्पतालमा अस्पताल आफैले थपेर ७८ शय्या सञ्चालनमा ल्याएको छ । अस्पतालमा २५ देखि ३० जनासम्म बच्चा मात्रै भर्ना भएर उपचार लिइरहेका हुन्छन् ।

अस्पतालमा कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया गाउँपालिकाका साथै बर्दियाको राजापुरका बिरामी पनि उपचारमा आउने गरेका छन् । अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीलाई राहत भएको छ । विशेषगरी बालरोग सेवाले बच्चाका अभिभावकलाई ठूलो राहत भएको स्थानीय बताउँछन् । रासस

Share150Tweet93SendShare
Previous Post

एक केजी सुनसहित महिला पक्राउ

Next Post

देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान

देशभर सुरु भयो माओवादीको रूपान्तरण अभियान

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

मधेसमा जसपाको विस्तारित बैठक बस्दै

जुम्लामा जीप दुर्घटना, दुई जनाको मृत्यु

जुम्लामा जीप दुर्घटना, दुई जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?