ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालमा किन बढ्दैछ मानसिक समस्या, के हो उपचार पद्धति ?

News Desk by News Desk
३:४२ मध्यान्ह, भदौ २३, २०८०
नेपालमा किन बढ्दैछ मानसिक समस्या, के हो उपचार पद्धति ?
375
सेयर
374
VIEWS
ShareTweetSendShare

उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ।

मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ।

कुनै देखिने रोग मात्र पूर्ण स्वस्थताको अवस्था होइन। कुनै व्यक्ति शारीरिक रूपमा स्वस्थ भईकन मन, विचार, सोच, व्यवहारमा तादाम्य राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्य कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्योसँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रूपमा चाल पाउँछ, त्यसलाई मनन गर्न सक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्न सक्छ भने त्यो अवस्थामा व्यक्तिको मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ।

मानसिक समस्याका कारण र समाधान लगायत विषयमा केन्द्रित रहेर ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग कुराकानी गरिएका छ। प्रस्तुत छ मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश।

सम्बन्धित समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

मानसिक रोग भनेको के हो?

उत्तरः मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन। कुनै व्यक्ति शारीरिक रूपमा स्वस्थ भइर्कन उसको मन, विचार, सोच, व्यवहारमा तादम्य राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्य कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्योसँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रूपमा चाल पाउँछ,त्यसलाई मनन गर्न सक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्न सक्छ भने यो अवस्थामा व्यक्तिको मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ।

मानसिक रोग भनेको यो अवस्थाबाट विचलित भएको अवस्था हो। व्यक्तिको मन, वचन, कर्म र व्यवहार आपसमा तादम्य राख्दैन। सोच अर्कै खालको छ, उसको सामान्य मानिसको भन्दा व्यवहार अर्कै खालको छ, जसले उसलाई, परिवार, समाजलाई अप्ठेरो पा¥यो। सामाजिक पेशागत काममा अप्ठ्यारो पर्न थाल्यो भने व्यक्ति मानसिक रूपमा स्वस्थ छैन भनेर बुझ्नुपर्छ।

ADVERTISEMENT

अस्पतालले कस्ताकस्ता खालका सेवाप्रवाह गर्दै आएको छ?

उत्तरः मानसिक स्वास्थ्यका समस्याहरू धेरै खालका हुन्छन्। मानसिक स्वास्थ्यको आयाम एकदमै बृहत छ। सामान्य अवस्थामा भोक, निन्द्रा गडबड हुनेदेखि लिएर कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगसम्म मानसिक समस्याले ओगट्छ।

ती धेरै समस्यामध्ये हाम्रो अस्पतालचाहिं केन्द्रिय मानसिक अस्पताल भएको हिसावले अलि कडा खालका मानसिक रोगीहरूको उपचारमा बढी केन्द्रित छ। मतलव अन्य अस्पतालहरूमा पनि मानसिक समस्याको उपचार त हुन्छ। ती अस्पतालहरूमा उपचार हुन नसकेर अथवा केन्द्रिय मानसिक अस्पतालको हिसावले यो समस्याको उपचार गर्न मानसिक अस्पतालमै लैजानुपर्छ भन्ने हिसावले सोचेर ल्याइएका बिरामी अलिक गम्भीर प्रकृतिका मानसिक रोगका बिरामीहरू आउनुहुन्छ।

मानसिक स्वास्थ्यका समस्याहरू धेरै खालका हुन्छन्। मानसिक स्वास्थ्यको आयाम एकदमै बृहत छ। सामान्य अवस्थामा भोक, निन्द्रा गडबड हुनेदेखि लिएर कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगसम्म मानसिक समस्याले ओगट्छ।

जस्तो डिप्रेसनमा पनि अलिक कडा खालका डिप्रेसनका समस्याहरु, एन्जाइटीमा पनि त्यस्तै खालका, विक्षिप्तता उत्पन्न गराउने रोगहरू डिसअर्डर, साइकोसी समूहमा पर्ने सिजोफ्रेनिया लगायतका रोगहरू, लागुपदार्थ दुव्र्यसनीले आएका कडा खालका मानसिक रोगहरू, छारे रोगहरू यी यस्ता खालका समस्याको उपचार यस अस्पतालमा हुन्छ।

मानसिक रोगको उपचार पद्धति कस्तो हुन्छ?

मानसिक रोग स्वास्थ्यका अन्य समस्या जस्तै हो। अलिकति केही फरक त छ। मुख्य रूपमा हाम्रो अस्पतालबाट प्रवाह हुने सेवा भनेको औषधि उपचारकै सेवा हो। कडा खालका मानसिक रोगहरू उपयुक्त समयमा उपचारको पहुँचमा आउनुभयो भने निको हुन्छ।

हामीले अपनाएको मुख्य उपचार पद्धति भनेको औषधि उपचार हो। त्योबाहेक केही मानसिक स्वास्थ्य समस्याहरू जसलाई मनोपरामर्श भनिन्छ। साइकोलोजिकल उपचार पद्धतिको उपचारले पनि केही हदसम्म फाइदा गर्न सक्छ। त्यो उपचार पद्धति पनि हामीसँग उपलब्ध छ अनि कतिपय अवस्थामा औषधि उपचारबाट त्यति प्रभावकारी नभएका रोगहरू हिजोआज विज्ञान प्रविधिको विकासले न्युरोमोडुलेसनमा आधारित उपचार पद्धति भित्र्याएका छौं। ती उपचार पद्धतिमा हामीले जस्तो पहिलेदेखि सुन्ने गरिएको विद्युतीय उपचार पद्धति, म्याग्नेटिक उपचार पद्धति पनि छ। औषधि उपचार, मनोवैज्ञानिक उपचार र न्युरोमोडुलेसन यो तीन मुख्य उपचार पद्धति हामीले अपनाएका छौं।

नेपालमा मानसिक रोगको अवस्था कस्तो पाउनुभएको छ?

उत्तरः पहिले पनि मानसिक स्वास्थ्यको समस्या थियो। अहिले पनि छ, पछि पनि रहन्छ। मानसिक स्वास्थ्यका समस्याहरू बढ्दै छन्। मान्छेको मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण पनि बिस्तारै परिवर्तन हुँदै स्वास्थ्यको ख्याल गर्ने हिसावले मेन्टल हेल्थको जगेर्ना गर्ने र उपचारमा आउने प्रवृत्ति पनि बढेको छ।

यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै छ। औषधि उपचारका लागि अस्पताल आउने क्रम पनि बढ्दै छ।

कस्ता खालका मानसिक समस्या भएका बिरामीहरू यस अस्पताल आउने गर्नुहुन्छ?

उत्तरः यस अस्पतालमा कडा खालका मानसिक रोगीहरू उपचारका लागि आउनुहुन्छ। समाजमा कस्ता खालका रोगहरु बढी छन् भन्ने कुरा गर्न जरुरी छ। हाम्रो समाजमा व्याप्त मानसिक समस्यामा धेरैमा एन्जाइटी डिस्अर्डर, डिप्रेसन, लागुपदार्थ दुर्व्यसनसँग सम्बन्धित स्वास्थ्य समस्या व्यापक रूपमा छ।

अहिले कडा खालको मानसिक रोग बढ्दो छ। जस्तोः साइकोसी समूहका, एपिलेप्सी, बालबालिकामा देखिने मानसिक स्वास्थ्यका समस्याहरू लगायत। अहिले हाम्रो औसत आयुु बढ्दै गएको अवस्थामा वृद्धवृद्धामा देखिने मानसिक स्वास्थ्यका समस्या पनि धेरै छन्।

अस्पतालमा आउने बिरामीको कुरा गर्नु पर्दा यी रोगहरूमा पनि अलिकति कडा खालका रोग। डिप्रेसनमा पनि सिभियर खालको डिप्रेसन, एन्जाइटीमा पनि एक्स्ट्रिम एन्जाइटी, प्यानिक डिस्अर्डर यस्ता खालका आउँछन्। यस्तै साइकोसी, एपीलेप्सीमा छारे,मिर्गी भएकाहरू पनि आउनुहुन्छ।

मानसिक समस्या भन्ने कि मानसिक रोग?

उत्तरः विश्व स्वास्थ्य संगठनले मेन्टल एण्ड बिहेभियर डिस्अर्डर भन्छ। अहिले आएर नयाँ माहोल पनि आएको छ, मेन्टल हेल्थ कन्डिसन भन्नुपर्छ भन्ने पनि आएको छ। मानसिक स्वास्थ्यको अवस्था वा अस्वस्थताको अवस्था भन्ने कुराहरू पनि अगाडि आइरहेको छ।

कुरा जे भए पनि मानसिक स्वास्थ्यको समस्या समस्या नै हो। जसका केही कारण पनि छन्। जसको निराकरण, समाधानका उपायहरू पनि छन्। यसको रोकथाम गर्न सकिन्छ। कारणलाई हामीले आइडेन्टीफिकेसन गर्नसक्यौं र त्योबाट टाढा रहन सके मानसिक स्वास्थ्यको समस्याबाट जोगिन सकिन्छ। स्वास्थ्यको समस्या आइसकेपछि उपचार पनि छ।

मानसिक समस्याका बिरामी बढ्दै गएका हुन्?

उत्तरः मानसिक स्वास्थ्यको समस्याका कारण के हो भनेर केलाउन जरुरी छ। स्वास्थ्यका अरू समस्याहरू जस्तैः व्याक्टेरिया, भाइरस पर्टिकुलर चिज हुँदैन यसमा। जैविक कारण भनौं न मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्यूरो केमिकल ब्यालेन्सको कुराहरू एउटा हुन्छन्, अनुवंशिकताका कुराहरू एउटा हुन्छन्।

सामाजिक कारणहरू पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागुपदार्थ दुर्व्यसनी, मानिसहरूको महत्त्वाकांक्षी सोच, त्यसको फुलफिल कम हुने, बेरोजगारी यी सबै कुरा सामाजिक कारणहरू हुन्।

त्यसै गरेर साइकोलोजिक कारण पनि हुन्छ, जस्तो व्यक्तिले समस्यालाई हेर्ने दृष्टिकोण, व्यक्तिको व्यक्तित्व यी कुराहरू पनि हुन्छन्। जसले गर्दा मानसिक रोग निम्तिन्छ। यसलाई चाहिं हाम्रै अस्पतालमा होस् या समुदायमा होस् जहाँसुकै पनि निराकरण गरेर उपचार गर्न बायोलोजिकल, साइकोलोजिकल र सोसल यी सबै कुराबाट अप्रोच गर्नुपर्छ।

सामाजिक कारणहरू पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागुपदार्थ दुर्व्यसनी, मानिसहरूको महत्त्वाकांक्षी सोच, त्यसको फुलफिल कम हुने, बेरोजगारी यी सबै कुरा सामाजिक कारणहरू हुन्।

यो मेजर हेल्थको इस्यु त हो। सँगसँगै यहाँ सोसोलोजिकल पनि जोडिन्छ। समाजको संरचना कस्तो छ? त्यहाँका नीतिनियम कस्तो छ? लागुपदार्थको दुर्व्यसनी कत्तिको हुन्छ? तनाव व्यवस्थापनको स्थिति के छ? राज्य कत्तिको कल्याणकारी छ? यी कुरामा पनि भर पर्छ। त्यसैले बायोलोजिकल कारण हेल्थ इस्युबाट एड्रेस गर्नुप¥यो। रोगका लक्षण देखिएपछि उपचार गर्नुप¥यो। कारण पत्ता लगाउनुप¥यो। निश्चित समयावधिसम्म औषधि सेवन गराउनुप¥यो। निको भएको छ कि छैन हेर्नुप¥यो भने सामाजिक कारणहरूमा त भूमिका सबैको छ नि। राज्यको पनि छ, समाजको पनि छ। यो कुरामा सबैजना लाग्नुपर्छ।

साइकोलोजिकलमा चाहिं व्यक्तिको सहन गर्ने क्षमता,व्यक्तित्व विकासका कुराहरू फेरि समाजसँगै जोडिएर आउँछ। कस्तो परिवारमा बच्चा हुर्केको छ? बुवाआमा बिचको सम्बन्ध कस्तो थियो?विद्यालयमा शिक्षकले कस्तो व्यवहार गर्नुहुन्छ? साथीसाथी बिचको सम्बन्ध। समग्रमा सबै कुरा हेर्नुपर्छ र राज्यको नीति पनि त्यतै जानुपर्छ जस्तो लाग्छ।

यो मेजर हेल्थको इस्यु त हो। सँगसँगै यहाँ सोसोलोजिकल पनि जोडिन्छ। समाजको संरचना कस्तो छ? त्यहाँका नीतिनियम कस्तो छ? लागुपदार्थको दुर्व्यसनी कत्तिको हुन्छ? तनाव व्यवस्थापनको स्थिति के छ? राज्य कत्तिको कल्याणकारी छ? यी कुरामा पनि भर पर्छ।

समाजमा अमनचयनको स्थिति कायम हुने, बेरोजगारीको स्थिति नहुने, पारिवारिक विखण्डन नहुने स्थिति, यी कुराले पनि मानसिक स्वास्थ्यको जगेर्नामा भूमिका खेल्छन्।

सोसल मिडियाको अत्यधिक प्रयोगले केही कुरा फाइदा पनि ल्यायो। बेफाइदा पनि सँगसँगै भइरहेको छ। यसले पनि मान्छेलाई मानसिक रूपमा अस्वस्थ बनाउने कुरा भएको छ। सोसल मिडियाको प्रयोग होसियारीपूर्वक गर्नुपर्छ। रिलायबल कुराहरू मात्र हेर्ने गर्नुपर्छ। लामो समय लागुपदार्थ दुर्व्यसनी हुने हिसाबले सोसल मिडियामा लत पर्ने हिसावले प्रयोग गर्नु हुँदैन।

कुनै पनि व्यक्तिले पनि रचनात्मक काममा भाग लिने, तनाव व्यवस्थापन गर्ने कुराहरू पर्याप्त मात्रामा सुत्ने, पोषिला खानेकुराहरू खाने, आफन्तहरूसँग टचमा रहने, मनका कुराहरू शेयर गर्ने, गफ गर्ने, यी कुराहरूको पनि त्यत्तिकै महत्त्व हुन्छ।

सामाजिक कारणहरू पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागुपदार्थ दुर्व्यसनी, मानिसहरूको महत्त्वाकांक्षी सोच, त्यसको फुलफिल कम हुने, बेरोजगारी यी सबै कुरा सामाजिक कारणहरू हुन्।

कडा खालको मानसिक रोग लाग्यो भने आफूलाई याद हुँदैन। परिवारले उहाँहरूलाई तुरुन्तै स्वास्थ्य संस्थामा लिएर जानुपर्छ। र, आफूलाई पनि मन, व्यवहार र वचनमा तादम्य छैन, केही असहज महसुस हुन लाग्यो, दिक्दारीले छाउन लाग्यो, बिनाकारण डर लाग्न थाल्यो, निराशाजनक सोच आउन थाल्यो, जीवनप्रतिको मोह हराउँदै गयो भने कतै म मानसिक रोग डिप्रेसनको सिकार त भएको होइन भनेर परामर्श लिन जानुपर्छ, हच्किनु हुँदैन।

परामर्शले मानसिक रोगको समाधान हुन्छ?

उत्तरः बायोलोजिकल उपचार, साइकोलोजिकल उपचार र सोसल एप्रोच सबै मिल्यो भने अधिकांश मानसिक रोगहरू निको हुन्छन् अथवा नियन्त्रणमा आउँछन्। र, मान्छेले आफ्नो जीवन सहज रूपमा बनाउन र पेशाव्यवसाय गरेर जीवनलाई इन्ज्वय गर्न सक्छ। विभेद गर्न जरुरी छैन। उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाए मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव छ।

हरेक व्यक्तिको जीवनमा सधैं खुशी मात्र आउँछ भन्ने छैन। कहिले तनाव हुन्छ, कहिले निराशा हुन्छ, त्यो भन्दैमा व्यक्तिमा मानसिक रोग लाग्यो भन्न मिल्दैन। मनोरोगका लक्षणहरू केही आउँदा पनि डिस्अर्डर वा रोग हो भन्नलाई केही क्राइटेरिया फुलफिल हुनुपर्छ। जसलाई डायग्नोसिस गर्ने काम फिजिसियनहरूले गर्नुहुन्छ।

कतिपय अवस्थामा दैनिक रूपमा हुने तनाव व्यवस्थापन गर्न व्यक्ति आफैं सक्षम हुन्छ। जस्तो कुनै उपलब्धिमा हामी धेरै खुशी हुन्छौं, आफन्तहरू गुमायौं भने तनावमा हुन्छौं, पीर पर्छ त्यो मानसिक रोग होइन। त्यो नर्मल इमोस्नल रियाक्शन भयो। योबाट व्यक्तिबाट अगाडि बढ्यो र उसको सोसियल, अकुपेसन, फङ्सनिङमा समस्या पर्न थाल्यो भने अलिकति सामान्य जीवनबाट फरक देखिन थाल्यो भने मानसिक रोग भनेर जान्नुप¥यो। आफूले वा आफन्तले पहिचान गर्नुप¥यो। छिट्टै उपचारको दायरमामा, मनोपरामर्शको दायरामा आउनुप¥यो। हरेक कुराको समाधान छ।

अस्पतालको आगामी योजना छ, कसरी बिरामीहरूले सेवा पाइरहेका छन्?

उत्तरः यो अस्पताल केन्द्रीय अस्पताल हो। नेपालको जनसंख्याको अनुपातमा शय्या संख्या अपुग छ। यसलाई स्तरोन्नति गर्न ढिला भइसकेको छ। हाम्रो ५० शय्याको अस्पताल हो। ओपिडीमार्फत हामीले यथेस्ट सेवा दिएका छौं। अस्पतालमा आउने बिरामीलाई मनोचिकित्सकले हेरेर जाँचपड्ताल गर्नुहुन्छ र उपचार प्रक्रिया अघि बढाउनुहुन्छ।

भर्ना हुन जति भर्ना हुनुपर्ने बिरामी आउनुुहुन्छ, सबैलाई एकैचोटि भर्ना गर्न सक्ने स्थिति छैन। ओपिडीको हिसावले १३ साइक्याट्रिक्स, दुई साइकोलोजिस्स्ट हुनुहुन्छ र काउन्सिलर हुनुहुन्छ। दैनिक एक सय ५० देखि दुई सय जनाले ओपीडी सेवा लिनुहुन्छ।

लागु पदार्थ दुर्व्यसनीहरूलाई पनि सब्स्टीच्युस्नल उपचार पद्धतिबाट पनि सेवाप्रवाह गरेका छौं। इमर्जेन्सी सेवामा ६ शय्या रहेको छ। एउटै केन्द्रीय अस्पताल भएका कारण हाम्रो अस्पताललाई स्तरोन्नति गरेर राष्ट्रिय स्तरको मानसिक स्वास्थ्य प्रतिष्ठानको रूपमा विकास गर्ने योजना छ। त्यसका लागि मानसिक अस्पतालको अहिलेको संरचना अपुग हुन्छ।

यो अस्पताल हाता भित्रै १५० शय्या पु¥याउने लक्ष्य छ। सायद यो वर्ष काम शुरू हुन सक्छ। प्रतिष्ठान बनाउन जग्गाको खोजी गरिरहेका पनि छौं। मानसिक रोगको पनि उपचार छ। उपचार गरेपछि राम्रो जीवनयापन बिताउन सकिन्छ। खुलेर आफ्नो समस्या बताउने र उपचार लिने गर्नुपर्छ। वार्षिक रूपमा ओपिडीमार्फत ३० हजार जनाले सेवा लिनुहुन्छ। एक वर्षको अवधिमा ७ सय जनाको भर्ना गरेर उपचार गर्छौं। मानसिक रोगले उमेर र लिङ्ग कसैलाई छोड्दैन। रोगमा देखिने लक्षण फरक पर्न सक्छन्। हाम्रो अस्पतालमा आउने अधिकांश बिरामी निको भएर घर जानुभएको छ। नेपाल न्यूज एजेन्सी

Share151Tweet94SendShare
Previous Post

भारतको दिल्लीमा जि-२० सम्मेलन सुरु

Next Post

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
Next Post
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

लागुऔषध खैरो हेरोइनसहित युवक पक्राउ

बाइस वर्षदेखि मिसन अस्पताल बन्द

बाइस वर्षदेखि मिसन अस्पताल बन्द

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Mostly Cloudy
5:26 am7:20 pm +0545
Feels like: 37°C
Wind: 8km/h E
Humidity: 83%
Pressure: 998.31mbar
UV index: 0
TueWedThu
32/27°C
31/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?